Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • औपचारिकतामा सीमित दाहालको भ्रमण
औपचारिकतामा सीमित दाहालको भ्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २१, २०८०
editorial
Hardik health
प्रधानमन्त्री पुष्पकमल दाहाल दक्षिणी छिमेकी देश भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । उनको भ्रमण कति उपलब्धिपूर्ण भए भन्नेबारे पक्ष र विपक्षमा बहस चलिरहेको छ । ऊर्जा व्यापार, पारवहनसहित द्विपक्षीय हितका केही महत्वपूर्ण सम्झौता भएका छन् । ती सम्झौताहरूको पूर्ण कार्यान्वयन हुँदा नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने निश्चित छ । अर्कोतर्फ नेपाल–भारतबीचको सम्बन्धलाई सुमधुर बनाइराख्न भ्रमणले विशेष महत्व राखेको छ । यस हिसाबले प्रधानमन्त्री दाहालको भ्रमणलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर, उनको भ्रमणका क्रममा सीमा विवादलगायत महत्वपूर्ण विषयहरु उठाउने अपेक्षा गरिएको थियो । ती विषय दाहालको यो भ्रमणमा एजेण्डा नै बन्न सकेन । नेपाल–भारत सीमासँगै असमान सन्धिहरूको पुनरवलोकन गर्नेबारे अध्ययन गर्न गठित प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदन बुझ्नेबारे भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेनन् । हालै भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को चित्रमा नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई समेटिएको विषय पनि यो भ्रमणका क्रममा राख्न सकेनन् । राष्ट्रियतासँग सम्बन्धित यो विषय उठाउनबाट प्रधानमन्त्री दाहाल चुकेका छन् । भारत भ्रमणबाट फर्किनेक्रममा शनिबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसमक्ष उनले इपिजीको कुरा उठाएर वातावरण बिगार्न नचाहेको भन्दै पन्छिए । यसबाट उनी विवादित हुने बहानामा राष्ट्रहितका मुद्दाहरूलाई उठाउनै चाहँदैनन् भन्ने देखिएको छ जुन ठीक होइन । उनले ‘वान टु वान’ भेटवार्तामा यो विषय उठाएको भए इपिजी प्रतिवेदन बुझेर कार्यान्वयन गर्न मोदीमाथि थप नैतिक दबाब पर्ने थियो । तर, प्रधानमन्त्रीकै बेवास्तामा इपिजी प्रतिवेदनको मुद्दा पर्‍यो । इपिजी प्रतिवेदन कार्यान्वयनमा नेपाल पहिलेदेखि नै सकारात्मक हो । भारतले भने चासो देखाएको छैन । प्रधानमन्त्री मोदीले यसमा आनाकानी गरिरहेका छन् । अझैसम्म प्रतिवेदनसमेत बुझेका छैनन् । उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले इपिजी प्रतिवेदन बुझेर कार्यान्वयन गरिए ‘भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूलता’ हुन सक्ने सुझाव दिएको विवरण यसअघि नै सार्वजनिक भइसकेको छ । डोभलको सल्लाहले पनि मोदी इपिजी प्रतिवेदनबारे सकारात्मक नभएको भन्ने बुझ्न सकिन्छ । प्रतिवेदन यदि कार्यान्वयन भए नेपाल–भारतबीच विभिन्न समयमा भएका असमान सन्धिहरूको पुनरवलोकनसँगै सीमा समस्या समाधान हुने जानकारहरु बताउँछन् । यति महत्पूर्ण विषय प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँगको भेटवार्तामा नउठाउनु गम्भीर चासोको विषय बनेको छ । प्रधानमन्त्री दाहालले भने आफ्नो भ्रमण ऐतिहासिक भएको दाबी गरेका छन् । उनको दाबी स्वाभाविक भए पनि समग्रमा यसपटकको भ्रमण पनि बढी औपचारिकतामै सीमित भएको देखिन्छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP