Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • परम्परागत पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय
परम्परागत पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय
सम्झना राई
सम्झना राई शुक्रबार, जेठ १९, २०८०
panche baja
बागलुङ– परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेका छन । बाग्लुङको बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण गर्न लागेका हुन । केही वर्षअघिसम्म यहाँ पञ्चेबाजा निकै लोकप्रिय थियो । परियार समुदायका पुराना व्यक्ति घटदै जाने र नयाँ पुस्ताले सीप नसिक्दा बाजा लोप हुने अवस्थामा पुगेकाले मगर समुदायले बाजा संरक्षणमा ध्यान दिएको हो । साविकको गदातुम्डाँडा गाविसभित्रका हरेक सार्वजनिक कार्यक्रमदेखि विवाह र विभिन्न धार्मिक कार्यमा पनि यहाँका बाजा लोकप्रिय थिए । बडिगाड गाउँपालिका(१ दगातुम्डाँडामा पञ्चेबाजाका लागि अन्य पञ्चेबाजा समूहजस्तै लोकबहादुर दर्जीको समूह पनि सक्रिय थियो । पञ्चेबाजाका नाइके लोकबहादुरको दुई वर्ष अगाडि मृत्यु भएपछि उक्त समूह नै निष्कृय जस्तै भएको छ । बाजा समूहका प्रमुख नै नभएपछि उक्त समूह नै गुमनाम जस्तै भयो । युवा वैदेशिक रोजगारीमा गएका र वृद्धले बजा बजाउन नसक्ने भएपछि गाउँमा बाजा बजाउन जान्ने खासै कोही भएनन् । दलित र जनजाति समुदायको बसोबास रहेको बडिगाड(१ मा फेरि अहिले पञ्चेबाजा पहिलेजस्तै घन्किन थालेको छ । बडिगाड(१ तुम्डाँडाका यमबहादुर भुजेल मगरको नेतृत्वमा रहेको पञ्चेबाजा समूहले अहिले पञ्चेबाजा बजाउने गरेको छ । नैमती मगर बाजा समूह गठन गरेर उनीहरूले २०७९ असोज १ गतेदेखि बाजा बजाउन सुरु गरेका हुन । समूहबाट संकलित सहयोग रकमबाट दुई लाखको लागतमा बाजाको सेट खरिद गरेर बाजा बजाउन सुरु गरिएको नेतृत्वकर्ता मगरले बताए । ‘बाजा बजाउन त जानेको हैन किनौँ, सिकौँ र बजाउ भनेर ऋण गरेर भए पनि दुई लाखमा बाजा किनियो अझै ३० हजार जति क्रण बाँकी छ’, मगरले भने, ‘अझै पनि सिक्ने क्रममै चलिरहेको छ । बाजा बजाउन पनि हिँडिन्छ । रकम जम्मा गर्न कोष पनि खडा गरेका छौँ ।’ तुम्डाँडाको पञ्चेबाजको अर्को राम्रो पक्ष भनेको समूहमा ३५ देखि ५५ वर्ष उमेरका युवा छन । उनीहरू विदेशमा दुःख गरेर नेपालमै केही गर्ने उद्देश्यले आएकाहरू भएकाले सो समूहले निरन्तरता दिन सक्ने स्थानीयवासीको भनाइ थियो । अहिलेसम्म आफूहरूले ज्याला तोकेर हिँड्ने नगरेको तर बोलाएका ठाउँमा आठ÷दश हजारमा नघटाई पाउने गरेको यमबहादुरले बताए । ‘म आफैँ पनि २०५३ सालमा २७ वर्षको उमेरमा कतार गएको थिएँ । तीन महिनामा मेडिकल फेल भएपछि नेपाल आएर पनि धेरै काम गरे । अहिले पनि म २०६६ सालमा स्थापित हर्वल साबुन उद्योगको मालिक हुँ तर कला संस्कृतिको संरक्षण गर्ने हेतुले बाजा समूहमा पनि आबद्ध छु’, मगरले भने । विशेषगरी बाजा समूहमा स्थानीयस्तरमै ज्यालामजदुरी गर्ने युवा भएकाले समूहलाई बाजा बजाउने सदस्य नपुग्ने समस्या छैन । बरु बाजा बजाएर आएको रकमबाट सामाजिक कामसमेत समूहले गर्ने गरेको छ । बाजा समूहका सदस्य तोरन मगरका अनुसार समूहका सदस्यले बाजा बजाउन जाँदा आउने रकम सबै कोषमा राख्ने र अलि कति मात्रै बाढ्ने गरेका छन । अन्य रकम बाजा किन्दाको ऋण तिर्न र सामाजिक कामको लागि कोषमा राख्ने गरिएको छ । प्रायः तोरनजस्तै अन्य सदस्य ज्याला मजदुरीमै रमाउँछन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते सोमबार, साउन २६, २०८२
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै सोमबार, साउन २६, २०८२
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै आइतबार, साउन २५, २०८२
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
पर्साको ठोरीमा पाटे बाघ मृत 
पर्साको ठोरीमा पाटे बाघ मृत  आइतबार, साउन २५, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP