काठमाडौं - नेपाल सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाह को अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
अग्रवाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन हुन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्व अग्रवालको नियुक्तिले राष्ट्रिय स्वास्थ्य नीति निर्माण र सेवा सुधारमा महत्वपूर्ण प्राविधिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आइओएमजस्तो प्रतिष्ठित संस्थाको नेतृत्व गरिसकेका अग्रवालले अब आफ्नो अनुभव र दक्षता राज्यका लागि उपयोग गर्ने विश्वास गरिएको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार अग्रवालले कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई पूर्णतः अवैतनिक रूपमा स्वास्थ्य सल्लाहकारको जिम्मेवारी सम्हाल्नेछन्।