Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • कोरोना भाइरसविरुद्ध चीनलाई विश्वको साथ, तर संक्रमण अझै घटेन
कोरोना भाइरसविरुद्ध चीनलाई विश्वको साथ, तर संक्रमण अझै घटेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०७६
Hardik health
काठमाडौं– चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म कम्तीमा पनि एक हजार ५०० जनाको ज्यान लिइसकेको छ । चीनले यो भाइरसको नियन्त्रणका लागि सक्दो प्रयास गरेको छ, तर पनि यो प्रकोप घट्ने सङ्केत कतैबाट पनि देखिएको छैन । वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार यस भाइरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीलाई थप सुरक्षित गर्न र उनीहरूको अवस्था सुधार गर्न बिहीबारसम्म २६ अर्ब युआन (करिब तीन अर्ब ७१ करोड अमेरिकी डलर) विनियोजन गरिएका छन् । चिनियाँ अर्थ मन्त्रालयका सहायकमन्त्री ओउ वेनहानले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा पत्रकार सम्मेलन गरी सो जानकारी दिनुभएको हो । यस रकमबाट स्वास्थ्यसम्बन्धी उपकरण र सुरक्षा सामग्री खरिद गरी चिकित्सा संस्थामा आवश्यकताअनुसार सुविधा बढाइनेछ । सरकारले महामारी नियन्त्रणमा विरुद्धको लडाइँमा उल्लेखनीय योगदान पु¥याउने चिकित्सा टोली र व्यक्तिहरूलाई प्रोत्साहन गर्ने काम गरिरहेको जनाएको छ । सोही पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनमा यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि एक हजार ७१६ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले पनि शुक्रबार यसबारे जानकारी गराएको थियो । उक्त आयोगले यो सङ्ख्या यहाँ यस सङ्क्रमण पुष्टि भएका चिनियाँ बिरामीको सङ्ख्याको करिब ३.८ प्रतिशत हो । यसबाट सङ्क्रमण भएर छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्युसमेत भइसकेको छ । कोभिड–१९ बाट सङ्क्रमण भएका स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ जना त भाइरसको उद्गमस्थल हुबेई प्रान्तकै रहेका चीनले जानकारी गराएको छ । हुबेईको प्रान्तीय राजधानी उहान शहरमा सबैभन्दा धेरै एक हजार १०२ जना स्वास्थ्यकर्मी सङ्क्रमित रहेका बताइएको छ । यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वले चीनलाई साथ दिने बताइरहेको छ । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनमात्र नभएर विश्वका नेताहरूले पनि यो सङ्क्रमणको नियन्त्रणमा सघाउने प्रतिबद्धता चीनलाई दिएका छन् तर पनि यो सहयोग एवं आश्वासनसँगै उता सङ्क्रमण झनै फैलिएको छ । चीनलाई विश्वका कैयौँ देशले यात्रामा प्रतिबन्धदेखि चीन हुँदै यात्रा गर्ने क्रम पनि रोकेका सूचना जारी गरिरहेका छन् । यससँगै यसबाट ज्यान जानेको तथ्याङ्क हरदिन बढ्दै आएको चीनबाटै प्राप्त समाचारहरूमा जनाइएको छ । चीनलाई यसै हप्तामात्र पनि ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राज्य अमेरिकाले सहयोग गर्ने जनाएका थिए । संयुक्त राष्ट्रसङ्घले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिँदै यस भाइरसको प्रकोप रोक्न चीनको साथमा रहने बताएका थिए । उनीहरूले यस प्रकोप नियन्त्रणका लागि चीनले गरेका प्रयासको सराहना पनि गरेका थिए । हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना उनीहरूले गरेका छन् । यसका साथै उनीहरूले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । चिनियाँ नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार चीन सरकारले हरेक समुदायका लागि औसतमा आठजना सामुदायिक कार्यकर्ता परिचालित गरेको छ । उसले कतै पनि कुनै जनशक्ति, स्वास्थ्य स्वयंसेवक, चिकित्सक तथा अन्य आवश्यक औषधि र सामग्रीहरूको खाँचो हुन दिएको छैन । उहाँले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३०० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै स्थानीय नागरिकलाई प्रत्यक्ष रूपमा हेर्न यो सङ्ख्या हालसम्मका लागि पर्याप्त नै रहेको बताउनुभयो । यो प्रकोप नियन्त्रणका कार्यको निरीक्षण हरेक समुदायमा त्यसको माथिल्लो निकायबाट भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरूको सङ्ख्या बढाइने गरेको जानकारी पनि दिनुभयो । चीनलाई यो सङ्कटका बेलामा आवश्यक सबै सहयोग गर्ने भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले शुक्रबार जनाउनुभएको छ । उहाँले चीन यतिखेर निकै अप्ठेरो अवस्थाबाट गुज्रिएको भन्दै तर केही छोटो समयमै चीनले यो समस्याबाट मुक्ति पाउने उहाँले बताउनुभएको छ । साथै चीनले यस कार्यमा जारी राखेको प्रयासको उहाँले प्रशंसा गर्नुभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमण विरुद्धको लडाइँमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ । उहाँले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरूको प्रशंसा गर्नुभएको पनि समाचारमा जनाइएको छ । चीनले यस भाइरसको प्रकोप रोक्न हालसम्म ५० हजारभन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ । चीनका विभिन्न प्रदेशमा रहेका छ लाख ५० हजार समुदायमा उनीहरू परिचालित भएको नागरिक मामिला अधिकारीहरूले जानकारी दिएका थिए । त्यसैगरी बोत्सवानाका राष्ट्रपति मोकवित्सी मेसीले आफ्नो देश र नागरिक चीनको पक्षमा रहेको बताउनुभएको छ । उहाँले चीनले अहिले यो सङ्क्रमण रोक्न जारी राखेको प्रयासले उसका नागरिकलाई मात्र होइन कि अन्य विदेशी तथा चीनका छिमेकीहरूलाई पनि सहयोग पु¥याउने अपेक्षा गरिएको धारणा राखे । यसैगरी तान्जानियाका राष्ट्रपति जोन माग्फुलीले पनि चीनले अहिलेको अवस्थामा धैर्यता र रक्षात्मक उपायहरूका साथ हालको सङ्कटपूर्ण घडीको सामना गर्नुपर्ने बताउनुभएको छ । उहाँले आफू र आफ्नो देशका तर्फबाट जेजस्तो प्रकारको सहयोग आवश्यक परे पनि आफू तयार रहेको बताउनुभएको छ । त्यस्तै नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले चीनको सरकार र यहाँका नागरिकसँग ठूलो साहस र धैर्यताका साथै काम गर्नसक्ने क्षमता रहेको भन्दै प्रशंसा गर्नुभएको छ । हाल चीनले यो सङ्क्रमणको नियन्त्रणमा जारी राखेका प्रयासहरू उसले आफ्नो देशका नागरिकका लागिमात्र नभएर सबैको हितमा हो भन्नुभएको छ । यस्तो चिनियाँ अभियानमा हामी सबैले सहयोग गर्ने बताउनुभएको छ । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सोउसाले पनि चीनलाई सान्त्वना दिनुभएको छ । उहाँले पनि चिनियाँ प्रयासको सराहना गर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने पनि बताउनुभएको छ । ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गर्दै महामारी नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको समाचारमा जनाइएको छ । यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीहरूले पनि चीनलाई सान्त्वता दिँदै यस प्रकोपको नियन्त्रण एवं निवारणका लागि आफ्नोतर्फबाट सबै प्रकारका सहयोग गर्ने बताउनुभएको छ । उहाँहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताउनुभएको छ । हाल चीनले यो प्रकोप रोक्न निकै कडा मेहनत गरेर काम गरिरहेको सबैको भनाइ छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएपछि चिनियाँ भूमिमै एक हजार ४०० जनाको मृत्यु भइसकेको छ । शनिबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा करीब ६० हजार व्यक्ति सङ्क्रमित भएका छन् । भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । (रासस÷सिन्ह्वा÷एएफपी)
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०६:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP