Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १८, २०८०
dahalvisitindia
Hardik health
- भारतका विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले गरिन् स्वागत - भोलि प्रधानमन्त्री दाहालले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने - प्रधानमन्त्री दाहाललाई राज्यमन्त्री तहबाट स्वागत भएको भन्दै कतिपयले भने यसको आलोचना गरेका छन्
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘मिनी क्याबिनेट’सहित बुधबार दिउँसो भारतको नयाँदिल्ली पुगेका छन् । पाँच मन्त्रीसहित सयभन्दा बढीको टोलीसहित नयाँदिल्ली पुगेका प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरिन् । त्यसक्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिति थियो । प्रधानमन्त्री दाहाललाई राज्यमन्त्री तहबाट स्वागत भएको भन्दै कतिपयले भने यसको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा नेपालको प्रधानमन्त्रीलाई यो स्तरबाट स्वागत गरिनु ठीक नहुने तर्कसहितको बहस भएको छ । यद्यपि, मित्रराष्ट्रका कार्यकारी प्रमुख आइपुग्दा भारतीय प्रधानमन्त्री विमानस्थलमा स्वागत गर्न नपुग्ने परम्परा रहेको बताइएको छ । २०७४ वैशाख ५ गते राष्ट्रपतिका रुपमा भारत पुगेकी विद्यादेवी भण्डारीलाई विमानस्थलमा महिला राज्यमन्त्री कृष्ण राजले स्वागत गरेकी थिइन् । तर, २०६२/६३ को आन्दोलनपछि प्रधानमन्त्रीका रुपमा भारत भ्रमणमा पुगेका गिरिजाप्रसाद कोइरालालाई भने प्रधानमन्त्री मनमोहन सिंहले स्वागत गरेका थिए । दाहालसँग भ्रमणको पहिलो दिन भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले होटल मौर्यमा शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार अपराह्न भएको भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको बताइएको छ । यसैबीच पहिलो दिनै प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गरेका छन् । दोस्रो दिन आज प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् । कसलाई कसको स्वागत ? स्वागतस्थल– इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल - विद्यादेवी भण्डारी राष्ट्रपतिका रुपमा २०७४ वैशाख ५ गते भारत पुग्दा भारतकी महिला राज्यमन्त्री कृष्ण राजद्वारा स्वागत -माधव नेपाल प्रधानमन्त्रीका रुपमा पुग्दा राज्यमन्त्रीको स्वागत - डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका रुपमा २०६८ कात्तिकमा पुग्दा चिफ अफ प्रोटोकल रुचिरा कम्बोजको स्वागत - सुशील कोइराला प्रधानमन्त्रीका रुपमा २०७१ जेठ १२ पुग्दा विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरको नेतृत्वमा स्वागत - केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएपछि २०७२ मा पुग्दा भारतका विदेशमन्त्री सुष्मा स्वराजद्वारा स्वागत - पुष्पकमल दाहाल २०७३ भदौ ३० मा प्रधानमन्त्रीका रुपमा पुग्दा विदेशमन्त्री सुष्मा स्बारजको स्वागत - शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा २०७४ भदौ ७ गते पुग्दा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको स्वागत - केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा २०७४ चैतमा पुग्दा तत्कालीन गृहमन्त्री राजनाथ सिंहको स्वागत - शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा २०७८ चैत १८ पुग्दा रक्षा राज्यमन्त्री अजय भटको स्वागत - २०६२/६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइराला पुग्दा भारतीय प्रधानमन्त्री मनमोहन सिंहको स्वागत यस्तो छ तालिका बिहीबार -बिहान १०ः ३० बजे: राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने । - बिहान ११ः०५ बजे: भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता । - बिहान ११ः४५ बजे: प्रतिनिधिमण्डलस्तरको बैठकमा सहभागी हुने । - माध्याह्न १२ बजे: केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन । - दिउँसो ४ बजे: भारतका उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता । - दिउँसो ४ः३० बजे: भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता । - साँझ ५ः ३० बजे: नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन । -सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री दाहालसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुने । - बिहीबार साँझ भने भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुने र भारतमा रहेका नेपाली समुदायसँग भेटघाट । शुक्रबार प्रधानमन्त्री दाहालले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने । त्यसपछि इन्दोर प्रस्थान गर्ने कार्यसूची । सोही दिन उनले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्ने । शनिबारः प्रधानमन्त्री दाहाल इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे नयाँदिल्ली फर्किने । सोही दिन अपराह्न ४ः२० बजे नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको उडानबाट उनी काठमाडौं फर्कने ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP