Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • आठविसकोटमा रहेको कर्णाली बेभरेजले शुद्ध खानेपानी बजारमा
आठविसकोटमा रहेको कर्णाली बेभरेजले शुद्ध खानेपानी बजारमा
सम्झना राई
सम्झना राई बुधबार, जेठ १७, २०८०
350660041_644456810443434_6211510224754367277_n
रुकुमपश्चिम – जंगलको बीच भागस्थित चट्टान छिचोल्दै निस्केको शुद्ध पानीलाई सदुपयोग गर्दै यहाँको कर्णाली वेभरेज प्रालिले व्यावसायिक पानी उद्योग सञ्चालन गरेको छ । आठबिसकोट नगरपालिका–१२ मा रहेको वेभरेजले ‘रुकुमको’ नामक स्थानीयस्तरबाट शुद्ध पिउने पानी बजारमा ल्याएको हो । वन संरक्षणको अभावमा कतिपय स्थानमा पानीको स्रोत सुक्दै गएको बेला यहाँ भने बनको संरक्षणका कारण पानीको स्रोतबढ्दै गएपछि पानी उद्योग सञ्चालन गर्ने जमर्को गरिएको वेभरेजका अध्यक्ष दलबहादुर शाहले बताए । उनका अनुसार बनको बीच भाग आठबिसकोट–१० खापेको माथिल्लो भाग र झारमारेबाट जंगल, पहरा हुँदै झरेको स्रोतबाट धेरै पानी बगेर गयो, केही भाग मात्र घरायसी प्रयोगका लागि उपयोग गरिएको थियो, यतिखेर भने त्यही मूलको पानी बजारमा बिक्री गरेर थप आम्दानी गर्ने लक्ष्य वभरेजले लिएको छ । जंगलदेखि बग्दै खेर गएको पानी उपयोगमा नआएपछी मुहानलाई संरक्षित गरिँदै आएको र पानी उद्योग सञ्चालनसँगै बजारमा बिक्री गरी आम्दानीको स्रोतमा परिणत गरिने उनले सुनाए । पानी बिक्रीबाट राम्रो आम्दानी गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको उक्त पानी उद्योगमा दैनिक पन्ध्र हजार लिटर पानी उत्पादन हुने भएको हो । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले पछिल्लो समय उपभोक्तामा बोतल र जारको पानी उपयोग गर्ने बानी परिसकेको अवस्थामा पिउने पानी उत्पादन गरेको मूलको पानी बजारको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पानी उद्योगमा एक लिटरको बोतल एवं २० लिटरको जार निर्माण गरेर बजारमा पठाएको छ ।’ प्रयोगशालामा पानीको नमूना परीक्षण गरी पिउन उपयुक्त भएको प्रमाणपत्र प्राप्त गरेको बताउँदै अध्यक्ष शाहले भने, ‘हामीले उत्पादन गरेको पानी मंगलबारदेखि बजारमा पु¥याएका छौँ । वार्षिक एक करोड बराबरको रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको सो वेभरेजले सञ्चालन गरेको पानी उद्योगबाट बजारमा प्राकृतिक स्रोतको शुद्ध पानी उपलब्ध गराउनुका साथै ३० जनाले प्रत्यक्षरूपमा रोजगार प्राप्त गर्ने अध्यक्ष शाहको जिकिर छ । पछिल्लो समय लहरकै रुपमा खुलेका अधिकांश उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेर जमिन मुनिदेखि झरनाबाट बगेको पानीलाई समेत आधुनिक प्रविधिबाट प्रशोधन गर्दै आएका छन् । उद्योगले सयौँ स्थानीयवासीलाई रोजगारीसमेत दिएको छ । स्थानीय स्रोतमा आधारित उद्योग जीविको पार्जनसँगै मुलुकको समृद्धिसँग जोड्नु अपरिहार्य बनेको छ । आठबिसकोटको झिनचौरमा रहेको कर्णाली वेभरेजले शुद्ध पानी उत्पादन गरेसँगै किसानले फलाएको किबि, सुन्तला खरिद गरिएको अन्य फलफूलको वाइन र जुस उत्पादन गर्ने कर्णाली वेभरेजका अध्यक्ष शाहले जानकारी दिए । ‘कर्णाली बेभरेजले शुद्ध खानेपानीको उत्पादन वृद्धि गरी आयस्रोत बढाउने, बाहिरबाट आयातित पानी घटाउने र स्थानीय स्तरमै रोजगार सिर्जना गर्न नगरले पिउँने पानी उद्योग तथा किसानको मागको आधारमा किवि, सुन्तला उत्पादन तथा प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ,’ नगरप्रमुख रवि केसीले भने । उनका अनुसार यस कार्यक्रममा करिब दुई सय किसान आबद्ध छन् । यस अघि आठबिसकोटमा उत्पादन भएको कृषि उपजसो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै किवि र सुन्तला खेति गरेका छन् । पछिल्लो समय आठबिसकोटमा किवि र अन्य फलफुलको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको दरिलो माध्यम बनेको छ । उक्त उद्योगले मंगलबारदेखि शुद्ध खानेपानी बजारमा ल्याएको हो । शुद्ध पानीले रुकुम, जाजरकोट, सल्यान, डोल्पालगाएतका जनता ‘रुकुमको’ पिउने पानीबाट लावान्भित हुने बताइएको छ । स्थानीय युवाहरुको संयुक्त शेर लगानीको करिव १८ करोडमा बनेको कर्णाली वेभरेजमा नगरपालिकाले चालिस प्रतिशत लगानी गरेको छ । होटल, हस्पिटलदेखि पैदलयात्रीसम्मका लागि दैनिक पिउन मिनरल वाटर भन्दै बोतल र जारको पानी यस्तै उद्योगबाट आपूर्ति हुँदै आएको छ । बोतल र जारको पानीको बजार फराकिलो बन्दै गएको देखेपछि उद्योगी यतातिर लगानी गर्न तम्सिएका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते सोमबार, साउन २६, २०८२
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै सोमबार, साउन २६, २०८२
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै आइतबार, साउन २५, २०८२
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
पर्साको ठोरीमा पाटे बाघ मृत 
पर्साको ठोरीमा पाटे बाघ मृत  आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP