Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
समाचार
  • Home
  • समाचार
  • कोशी सरकार ‘लचक’ ,आन्दोलनकारीलाई वार्तामा डाक्यो
कोशी सरकार ‘लचक’ ,आन्दोलनकारीलाई वार्तामा डाक्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १७, २०८०
koshi-pradesh
Hardik health
संविधानअनुसार टुंग्याइएको नाम संविधानभन्दा पर गएर फेरि छलफल गर्दै अर्को राख्न सकिँदैन ।- भक्तिप्रसाद सिटौला, प्रवक्ता, कोशी प्रदेश सरकार
काठमाडौं -  पहिचानको आधारमा प्रदेशको नामकरण नभएपछि तीन महिनादेखि आन्दोलनरत पहिचान पक्षधरहरूसँग कोशी प्रदेश सरकार केही लचक भएको छ । सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । शान्तिपूर्णरुपमा माग राखेर वार्ता र संवादको माध्यमबाट निकास खोज्नुपर्नेमा सरकारको जोड छ । कोशी प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले सोमबार विज्ञप्ति जारी गर्दै पूर्वघोषित आन्दोलनका कार्यक्रमहरूलाई स्थगित गरेर आन्दोलनरत पहिचान पक्षधरहरूलाई वार्ता र संवादको माध्यमबाट निकास खोज्न आह्वान गरेका हुन् । तर, आन्दोलनरत पक्षले वार्तामा बस्ने कि नबस्ने ? निश्चित नगरेकोे सिटौला बताउँछन् । ‘नाममा भएको असन्तुष्टिलाई लिएर प्रदेश अशान्त छ । यो राम्रो होइन । त्यही भएर हामीले आन्दोलनकारी साथीहरूलाई वार्तामा बोलाएका हौं,’ उनले प्रभावसँग भने, ‘तर, अहिलेसम्म वार्तामा बस्नेबारे जानकारी दिएको छैन । फेसबुकमा त केही नेताले खेलेका छन् । त्यसरी हुँदैन ।’ आन्दोलनरत पक्षलाई वार्तामा आउने वातावरण बनाउन शनिबार पक्राउ परेका नेता अशोक चेम्जोङसहित २६ जनालाई प्रहरीले रिहाइ गरेको छ । यसअघि आइतबार उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूरलगायतमा जाहेरी दर्ता गर्ने प्रहरीको तयारी थियो । यसविरुद्ध आन्दोलनकारी आज प्रदेश राजधानी विराटनगर केन्द्रित भएर सरकारविरुद्ध प्रदर्शन गर्ने तयारीमा जुट्दै गर्दा सरकारले वार्ताको कार्ड फ्याँकेको हो ।
हामी माग सम्बोधन हुने वार्तामामात्रै बस्छौं र संविधान संशोधन गरेर भए पनि राजनीतिक सहमति जुटाएर किरात–लिम्बुवान बनाइनुपर्छ ।- प्रेम एक्तेन, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ
जबकि, पहिचानवादीहरू झन्झन् ठूला प्रदर्शन गरिरहेका छन् । स्थानीय तहसम्मै पुगेर पहिचानको पक्षमा राजनीतिक माहोल बनाइरहेका छन् । प्रदेशको नाम ‘कोशी’ राख्ने मुख्यमन्त्री हिक्मतकुमार कार्की, उक्त नामका प्रस्तावक, समर्थकसँगै मतदान गरेर टुंगोमा पु¥याउने सांसदहरूलाई आन्दोलनकारीहरूले लगातार प्रतिरोध गरिरहेका छन् । शनिबार प्रदेश संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नै सरकारलाई हम्मेहम्मे प¥यो । परिस्थिति यसरी जटिल बन्दै गएपछि बोलाइएको वार्ता के आन्दोलनकारीको माग सम्बोधन गर्नेगरी हो ? जवाफमा सरकारका प्रवक्ता सिटौलाले माग सम्बोधन गर्नेगरी भने नबोलाइएको स्पष्ट पारे । ‘९३ मध्ये ८२ जना सांसदले मतदान गरेर टुंग्याइएको नाम हो । जुन दुई तिहाइभन्दा बढी हो,’ सिटौलाले भने, ‘संविधानअनुसार टुंग्याइएको नाम संविधानभन्दा पर गएर फेरि छलफल गर्दै अर्को नाम राख्न सकिँदैन ।’ पहिचान पक्षधरहरूले प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘किरात–लिम्बुवान’ हुनुपर्ने भन्दै आएका छन् । जुन राजनीतिक सहमतिका आधारमा राख्न सकिने उनीहरूको तर्क छ । तर, उक्त नामको सन्दर्भमा राजनीतिक सहमति हुने सम्भावना तत्काल देखिँदैन ।
संवैधानिक प्रक्रियाबाट नाम राख्ने हो, राख्यौं । तर, त्यो प्रक्रियाबाट राखिएको नाम हामी संविधान मिचेर परिवर्तन गर्न सक्दैनौं ।- उद्धव थापा,नेता, कांग्रेस संसदीय दल
सोही मागसहित पहिचानवादीहरू गत १७ फागुनदेखि लगातार आन्दोलनमा छन् । यसबीचमा आन्दोलनकारीहरूले लिम्बुवान भोलेन्टियर्सको सहकमाण्डर लाजेहाङ भनिने पदम सुक्वाबा लिम्बूलाई गुमाएका छन् । थुप्रै घाइते छन् । जनधनको क्षति भएको पहिचानवादी आन्दोलनका मुख्य जातीय घटक किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्नेतले सरकारको तर्फबाट आधिकारिकरूपमा वार्ताका लागि गरिएको आह्वानपत्र नपाइएको बताए । यदि, पाइए पनि माग सम्बोधन हुने छाँट नभए वार्तामा नबस्ने उनको भनाइ छ । ‘वार्तामा बोलाउनु राम्रो हो । सकारात्मक नै मान्छौं । तर, वार्ता के माग सम्बोधन हुनेगरी हुन्छ कि हामीलाई भुलाउनेगरी ?,’ उनले भने, ‘हामी माग सम्बोधन हुने वार्तामा मात्रै बस्छौं । यदि, सरकारले चाहने हो भने संविधान संशोधन गरेर भए पनि राजनीतिक सहमति जुटाएर किरात–लिम्बुवान बनाइनुपर्छ ।’ आन्दोलनको अग्रमोर्चामै रहेका नेता गोपाल किरातीका अनुसार सरकारले गरेको वार्ता आह्वानबारे आज बिहान छलफल हुँदै छ । छलफलपछि वार्तामा बस्ने कि नबस्ने ? टुंगो लाग्ने किरातीले बताए । यदि, बैठकले वार्तामा बस्ने निर्णय गरे सोहीअनुसार वार्ता समिति बनाउने उनी बताउँछन् । तर, सरकारले वार्ताको नाममा नाटक मञ्चन गर्न खोजेको बुझाइ उनको छ । ‘वार्ता समस्या समाधानमा केन्द्रित हुनुपर्छ । तर, नाटक मञ्चन गर्न वार्तामा बोलाइएको बुझाइ हाम्रो छ,’ उनले भने, ‘यदि, सरकार हाम्रो माग सम्बोधन साँचो अर्थमा गर्न चाहन्छ भने त ठीक छ, बसौंला ।’प्रदेश संसद्मा पहिचानवादीहरूको संख्या निकै कम छ । उनीहरू कम संख्यामा भएकै कारण प्रदेश संसद् बैठकबाट प्रदेशको नाम दुईतिहाइभन्दा बढी बहुमतले टुंग्याइएको हो । यसलाई लिएर नै पहिचानवादीहरू लगातार सडकमा छन् । सरकारमाथि दबाब बढाइरहेका छन् । यस्तोबेला उनीहरूलाई वार्तामा बोलाइएपछि समस्या समाधानको बिन्दु पहिल्याउन सहज हुने प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए । तर, उनले पनि सरकारका प्रवक्ता सिटौलाले जसरी कोशी नाम परिवर्तन गरेर ‘किरात–लिम्बुवान’ राख्न भने नसकिने उल्लेख गरे ।‘संवैधानिक प्रक्रियाबाट नाम राख्ने हो, राख्यौं । तर, त्यो प्रक्रियाबाट राखिएको नाम हामी संविधान मिचेर परिवर्तन गर्न सक्दैनौं,’ थापाले भने । हालको कोशी प्रदेशमा तत्कालीन पल्लो किरात लिम्बुवान र माझ किरात खम्बुवानको भूगोल छ । पहिलो संविधानसभामा डा. मदन परियारको संयोजकत्वमा गठित राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगले यहाँका भूगोलमा लिम्बुवान, कोच, अवध र खम्बुवान राज्य सिफारिस गरेको थियो । तर, हाल राज्य पुनःसंरचनाको क्रममा बहसमै नआएको महेन्द्रकालीन एउटा अञ्चलको नाम प्रदेशले पाएको हो । जसले गर्दा पहिचान पक्षधरहरू असन्तुष्ट छन् । उनीहरूले सडक आन्दोलनबाट असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १०:२०
#कोशी_प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने मंगलबार, भदौ २, २०८३
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना मंगलबार, भदौ २, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP