Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ‘गरिबसँग विश्वेश्वर, धनीसँग चोरैचोर’
‘गरिबसँग विश्वेश्वर, धनीसँग चोरैचोर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १६, २०८०
matyangra
Hardik health
पिएचडीधारी अर्थमन्त्री प्रकाशशरण महतले अर्को सालका लागि संसद्मा बजेट ल्याए । गरिनेछ, ल्याइने, हुनेछ कुन्नि के–के पनि भने । लाग्दै थियो यो बजेट उनले हजुरबाको सम्पत्ति बेचेर बाँडिरहेका छन् । हुन त विगतदेखि नै अर्थ मन्त्रीहरुले बजेट भाषण गर्दा उनकै अंश काटेर बाँढेजस्तो गर्ने चलन भएरै होला । जे होस् एकाघरका दुई भाइमध्ये दुवैले देशको ढुकुटीबाट बजेट बाँड्न भाषण गर्ने मौका पाए त्यो पनि ऐतिहासिक कदम नै हो । तर, लोकतान्त्रिक पार्टीका रुपमा रहेको कांग्रेसबाट अर्थमन्त्री महतले नयाँ कुरा भने केही पनि ल्याउन सकेनन् ।बरु कम्युनिस्टका अर्थमन्त्रीले विष्णु पौडेलले काटेको संसद् विकास कोषका नामबाट सांसदहरुलाई पाँच करोडको ठेकेदार बनाइदिएका छन् । हरेक सांसदले पाँच करोड रुपैयाँको ठेक्का लगाउने मौका महतले दिएका छन् । गरिबसँग विश्वेश्वरसँग कार्यक्रमलाई निरन्तरता दिँदै हटाइसकेको सांसद विकास कोष भन्ने शीर्षकमा सांसदलाई पैसा बाँड्ने र ठेकेदार बनाउनेगरी धनीसँग चोरैचोर जस्तै बनाइदिएका छन् । हुन पनि सांसदहरुलाई ठेकेदार बनाउने प्रचलन प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म पनि मौलाएको थियो । अर्थमन्त्री विष्णु पौडेल हुँदा बालुवाटारको जग्गाले पुगेछ कि क्या हो, सांसद विकास कोष हटाइदिएका थिए । तर, अहिले फेरि महतले फिर्ता गरेका छन् सांसद विकास कोष । अहिलेसम्मको सांसद विकास कोषको प्रयोग कसरी गरिएको छ भन्ने हेर्ने हो भने सांसद जनप्रतिनिधि नभएर ठेकेदार बनेका छन् । त्यसकारण पनि सांसद विकास कोष भन्ने जिनिस राख्नु नै हुँदैनथ्यो । तर महतले राखिदिए । कसले भनेर राखे त्यसले राज्य कोषको रकम दुरुपयोग कसरी हुन्छ भन्‍ने थाहा हुँदाहुँदै पनि राखे । नराखुन् पनि किन ? कुनै व्यवसाय नै गरी अर्बपति बन्न सफल भएका अर्थमन्त्रीले सांसद विकास कोष नराखेर कसले राख्छ त ? त्यसका पनि पिएचडी गरेका मान्छे पो हुन् त ? अरुलेभन्दा फरक काम त गर्ने प¥यो नि । बामेले ल्याएको बजेटभन्दा हामेले ल्याएको बजेट ख्वामख्वाम त पार्ने पर्‍यो नि । त्यही भएर विश्वेश्वरलाई गरिब राखिदिए । आफू भने धनी भएकाले होला चोरै चोर जोड्ने काम गरेका छन् महतले पनि । आखिर कांग्रेस भनेकै पुँजीपतिहरुको दल । पुँजीपतिहरुसँग उठबस गर्न जान्ने, त्यसमाथि पनि बेलायततिर पिएचडी हासिल गरेर आएका महतले बेलायती शैलीलाई त अपनाउनु नै पर्‍यो नि, परेन र ? प्रत्यक्ष निर्वाचनमा ‘शिवखुलित’ हुन्छु भनेर देउवाको दाहिने कोटबाट सांसद हुन पनि भाउजुको फरियाको साइनो त लगाकै हुन् । त्यसमा पनि आर्जु भाउजुसँग धर्मपत्नी बिनासँगको सम्बन्धले पनि दाहिने कोटबाट समानुपातिक सांसद भएर अर्थमन्त्री नै हान्न पाइसकेपछि जाबो गरिबको विश्वेश्वरलाई बोकेर पनि हुन्छ त ! चौधरीहरुलाई बोकेपो कार्जेकर्ता पनि खुसी, भाउजु पनि खुसी । अहिले सत्तामा बसिरहने हो भने त भाउजुलाई खुशी नपारी सुखै छैन । त्यही भएर पनि बन्दुक पड्काउन सिपालु भाउजुले भनेजस्तै बजेट त आउनु नै पर्‍यो । आठ अर्ब २५ करोड रुपैयाँको सांसद विकास कोष गरिबसँग विश्वेश्वरमा पर्दैन । त्यो त धनीसँग चोरैचोरमा पर्ने बजेट हो ।बजेट भाषणका लागि हो त्यसले हामीलाई कुनै असर गर्दै भन्दै हुनुहुन्थ्यो साइँला काका । अनि मैले भनेँ– होइन हो काका त्यस्तो कुरा गर्नु हुँदैन । हेर्नूस् त देश बनाउने सपना बोकेर आएका विश्वेश्वर गरिबसँग बाँचिरहेका छन् । कम्तीमा ऊ बेला गरिब, किसानसँग उठबस गरेका कारण विश्वेश्वरलाई गरिबसँग जोड्ने मौका त पाएका छन् । अब त त्यस्तो हुँदैनन नि ! भविष्यमा जलहरीसँग जोडिन्छ, शरणार्थीसँग जोडिन्छ अमेरिका भारत चीन कहाँ–कहाँ छ त्यही जोडिन्छ । त्यसकारण विरोध गर्नुहुन्न भन्देको मात्र के थिएँ । सरकारी टेलिभिजनमा पिएचडीधारी महतको १४२ पेजे भाषण सुनिरहेका काकामले झण्डै कम्मर भाँचिदिएका । काका भन्छन् ! यस्तो पनि बजेट हुन्छ उसैको बाउको पेवा जस्तो गरेर यो गरिदिएको छु त्यो गरिदिएको छु अरे । सरकारले यस्तो योजना बनाएको छ । बजेट यति छुट्याएको छ भनेको भए के हुन्थ्यो । त्यसका बाजे दाजुले पनि त्यसै गरे भाइले पनि त्यसै गरे । गणतन्त्र दिवस भन्दै मोबाइलमा बिहानदेखि ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ भन्ने गीत कि सुनाको हँ ? हो । खास कुरो जेठ १५ गते बजेट भाषण आउँछ त्यो भाषण जनताका लागि केही पनि हुँदैन ८० प्रतिशतत यता उता कता गर्दै सकिने भएकाले अब भएन फेरि ‘उठ ठोक’ भनेर मोबाइलमा भनेको भनै छ, काकाको कुरा सुनेर म त झसंग !यसो दुईचार ठाउँमा फोन ठटाको गाउँबाटै उठ भन्छ । अब गाउँबाट उठेर आएको १७ वर्ष भइसक्यो । गाउँ पाखा पखेरा सल्लेरीको भीर के–के गर्दै आएको मान्छेलाई अझै गाउँगाउँबाट उठ भन्दै लाखौं खर्च गरेर सन्देश प्रसारणसमेत गर्न भ्याउनेलाई के भन्ने ? धन्न गरिबसँग भएपनि विश्वेश्वरलाई राखिदिएका छन् । चोरैचोरसँग राखिदिएको भए त तिनकोसमेत बेइज्जत हुन्थ्यो नि ? खाइ नपाई छालाको टोपीलाई भनेजस्तै हुन्थ्यो नि त काकाले मलाई सम्झाउनु सम्झाउनु भो । हेर केटा कता भाग्नु पर्ने छ भाग । फेरि तँलाई पनि गरिबसँग विश्वेश्वर भन्दै कुदाउलान् फ्रिमा । कुरा ठीकै पनि हो पिएचडीधारी विद्धानहरु भएको ठाउँमा हाम्रो बोली कसले सुन्छ र ? जे होस् ज्यानमारालाई छुटाउनका लागि हिँडेका मान्छेहरुलाई गर्न न गरिहाल्छन् नि । यो वर्षको आमूल परिवर्तन गर्नु पर्दछ भन्ने कुरा प्रस्ट भएको छ । अब गरिबसँग विश्वेश्वरलाई छाडेर चोरै चोरको संगति गरिन्छ । त्यो यसै गरिन्छ, त्यसै गरिन्छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP