Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
समाचार
  • Home
  • समाचार
  • बोर्ड तथा समिति पनि खारेज गर्ने अर्थमन्त्रीकाे तयारी
बोर्ड तथा समिति पनि खारेज गर्ने अर्थमन्त्रीकाे तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १४, २०८०
prakash sharan mahat
काठमाडाैं -  प्रशासनिक खर्च घटाउने तयारी स्वरूप अर्थमन्त्रीले दुई दर्जन बोर्ड तथा समिति पनि खारेजी गर्ने तयारी गरेको अर्थ मन्त्रालयको स्रोतले बताएको छ। अर्थमन्त्री प्रकाशशरण महतले स्रोतको चाप झेलिरहेका बेला बजेटको आकार पोहोरको भन्दा केही घटाउने भएकाे स्रोतले बताएको हाे। अर्थ मन्त्रालय स्रोतका अनुसार दुई दर्जन यस्ता बोर्ड तथा समिति खारेजीको तयारी भएको छ।सार्वजनिक खर्च पुनरावलोकन आयोगका अनुसार विकास ऐन तथा विशेष ऐनबाट सञ्चालित समिति, परिषद, आयोग, बोर्ड र केन्द्र गरी २१५ वटा निकाय छन्। दसवटा निकाय यसअघि खारेज भइसकेका छन् भने २०५ वटा चालु अवस्थामा छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा टिम बनाएर सरकारले तत्काल खारेज गर्न सकिने समिति तथा बोर्डको अध्ययन गरी सरकारलाई सुझाव दिन भनेको थियो। अर्याल नेतृत्वको टिमले त्यस्तो सुझाव दिइसकेको छ। यसपालि बजटेमा पुँजीगत खर्च भने केही बढाउने तयारी छ।अर्थशास्त्रमा विद्यावारिधि गरेका र पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय महतका लागि अर्थतन्त्र संकटमा पर्न लागेका बेला यसलाई चलायमान बनाउन बजेट ल्याउने चुनौती छ। त्यस्तै सशर्त, समपूरक र विशेष अनुदान पनि चालु वर्षको तुलनामा घट्ने भएको छ।यसपालिको बजेटमा चालु खर्च पनि घटाउने तयारी छ। त्यस्तै प्रदेश सरकार र स्थानीय सरकारलाई जाने अनुदान पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा घट्ने भएको छ।सरकारले वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋण गरेर थप साढे ४ खर्ब उठाउने गरी बजेटको तयारी गरेको छ ।यो वर्ष १४ खर्ब ३ अर्ब रूपैयाँ (प्रदेश र स्थानीय तहको विभाज्य कोषमा जाने रकमसहित) राजस्व अनुमान गरेको थियो। आर्थिक वर्ष सक्किन डेढ महिना मात्रै समय रहँदा ७ खर्ब ८३ अर्ब रूपैयाँ राजस्व उठेको छ। राजस्वका अधिकारीहरूले यो वर्ष अधिकतम १० खर्बको राजस्व उठ्ने जानकारी अर्थलाई गराएका छन्।यो वर्ष ३२ प्रतिशत राजस्व बढ्ने अनुमान गरिएको थियो। वर्षको अन्यसम्ममा १२ प्रतिशतले घट्ने आकलन गरिएको छ। विगत दस वर्षमा भने राजश्व औसत १८ प्रतिशतले बढेको छ। सरकारले लक्ष्यअनुसार आन्तरिक ऋण उठाए पनि वैदेशिक सहयता भने अनुमानको तुलनामा निकै कम आउने गरेको छ। आगामी वर्ष करिब दुई खर्ब रूपैयाँ वैदेशिक सहायता उठाउने तयारी छ। यो वर्ष वैदेशिक सहायता दुई खर्ब ९७ अर्ब अनुमान गरिएकामा अहिलेसम्म जम्मा ८० अर्ब रूपैयाँ मात्रै आएको छ। यसरी स्रोतको चरम दबाबमा परेका अर्थमन्त्रीले प्रदेश तथा स्थानीय तहमा जाने अनुदान घटाउने भएका छन्।यसअघि नै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान १५ अर्ब रूपैयाँले घटाएर सिफारिस गरेको छ। चालु वर्षमा एक खर्ब ६१ अर्बको यस्तो अनुदान दिएकामा आगामी वर्षका लागि एक खर्ब ४६ अर्ब रूपैयाँ सिफारिस गरिएको छ। अर्थमन्त्री महतले पनि यसै आर्थिक वर्षबाट दोस्रो चरणको सुधारको आरम्भ हुने प्रतिक्रिया दिएका छन्।    
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै मंगलबार, जेठ २७, २०८२
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा आइतबार, जेठ ४, २०८२
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत आइतबार, जेठ ४, २०८२
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड शनिबार, जेठ ३, २०८२
भारतको मुख्य शेयर सूचकांक खुल्दा ३% भन्दा बढीले गिरावट
भारतको मुख्य शेयर सूचकांक खुल्दा ३% भन्दा बढीले गिरावट सोमबार, चैत २५, २०८१
चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर
चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर बिहीबार, चैत १४, २०८१
कृषिको विकासका लागि एकिकृत कृषि नीति ल्याउने सरकारको तयारी
कृषिको विकासका लागि एकिकृत कृषि नीति ल्याउने सरकारको तयारी मंगलबार, चैत १२, २०८१
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP