Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु
सम्झना राई
सम्झना राई आइतबार, जेठ १४, २०८०
accident
Hardik health
काठमाडौं– सुनसरी, ईनरुवा नगरपालिका–४ स्थित सडकमा को ७ प ७५३५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(४ बस्ने ६० वर्षीय लिलाकान्त पण्डितको मृत्यु भएको छ । बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पण्डितको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, बुद्धशान्ति गाउँपालिका– ४ जोर लावरस्थित सडकमा ना ४ ख १३१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री पाँचथर हिलिहाङ गाउँपालिका–६ घर भई झापा बुद्धशान्ति गाउँपालिका– ४ स्थित ठुलीआमाको घरमा बस्ने आशिष तामाङकी छोरी ८ वर्षीया सोमिया तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोल्पा, सुनिलस्मृति गाउँपालिका– २ चतुर्भुज मोडमा लु ८७ प २०६८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा चालक प्युठान स्वर्गद्वारी नगरपालिका– ८ धनचौर बस्ने १६ वर्षीय सागर सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर  घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
सिरहा, गोलबजार नगरपालिका(७ स्थित सडकमा स।७ प २६१२ नम्बरको मोटरसाइकल र प्र २– ०१– ००३ प ६३२१ नम्बरको स्कुटर एक– आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक नरहा गाउँपालिका– ३ बस्ने २४ वर्षीय रन्जित साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जनामध्ये २ जनालाई थप उपचारको विराटनगरतर्फ रिफर गरिएको छ भने १ जनाको मिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।
यसैगरी सिरहा, कर्जन्हा नगरपालिका(३ स्थित सडकमा स ९ प १४६३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक गोलबजार नगरपालिका–६ बस्ने ३० वर्षीय जनक बिकको मृत्यु भएको छ । उक्त स्थानमा स।९ प १४६३ नम्बरको मोटरसाइकल र बागमती प्र ०६–०१ प ८८२० नम्बरको मोटरसाइकल एक(आपसमा ठक्कर खादा स ९ प १४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई टिपरमा ठक्कर खाई दुर्घटना भएको थियो ।
 दुर्घटनामा गम्भीर घाइते भएका बिकको फुलकुमारी महतो मिमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका स ९ प १४६३ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ ।
प्रहरीले बागमती प्र ०६– ०१ प ८८२० नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर चालकको खोजी गरिरहेको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका– १ कंकालिनी मन्दिर नजिक सडकमा प्र २– ०१–००१प ३०२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री  भारत घर भई हाल सप्तरी हनुमाननगर कंकालिनीस्थित मामा घरमा बस्दै आएकी बिशेश्वर सिंहकी छोरी ९ वर्षीया निकी कुमारी सिंहको मृत्यु भएको छ । बुधबार दिउँसो मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका–२५ हेम्जास्थित सडकमा बागलुङबाट पोखरातर्फ जाँदै गरेको लु।३ च ५१२ नम्बरको जिपको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । ठककरबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, गणेशमान चारनाथ गाउँपालिका–३ स्थित भित्री सडकमा वीरेन्द्र बजारबाट जुरीतर्फ जाँदै गरेको ज।६ प ४७९० नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक धनुषाधाम नगरपालिका(७ बस्ने ४० वर्षीय राजकुमार शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका– १० बुलबुलेस्थित सडकमा तिनकुनेचोकबाट मंगलगढी चोकतर्फ जाँदै गरेको क प्र ०२००१ ज।०५७३ नम्बरको जिपमा क प्र ०२००१ प ७८७४ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हुम्ला ताजाकोट गाउँपालिका– १ घर भई सुर्खेत वीरेन्द्नगर नगरपालिका–१२ पिपिरा डेरा गरी बस्ने ३५ वर्षीय अकबिर खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया नर्सिङ होम सुर्खेत हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, चन्द्रनगर गाउँपालिका(७ स्थित शिवशक्ति इँटा उद्योगमा को १ त ४७०४ नम्बरको ट्याक्टरमा इँटा लोड गरी  अगाडि बढाउने क्रममा ट्याक्टरको चक्काले किच्चिएर सोही उद्योगमा काम गर्ने भारत घर भएका ३० वर्षीय श्याम बर्माको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP