Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
अर्थ
  • Home
  • अर्थ
  • स्याङ्जाका छ हजार करदाताले बुझाएनन् आयकर विवरण
स्याङ्जाका छ हजार करदाताले बुझाएनन् आयकर विवरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ११, २०८०
tax
स्याङ्जा -  गत वैशाख २५ गतेसम्म स्याङ्जाका छ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा छ हजार एक सय १० करदाताले आयकर विवरण नबुझाएका हुन् । गत वैशाख मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण नबुझाउने छ हजार एक सय १० करदातालाई आय विवरण बुझाउन पत्राचार तथा सूचना जारी गरिएको कार्यालय प्रमुख कर अधिकृत शोभाकान्त पङ्गेनीले बताए  । गत चैत २५ गतेसम्म छ हजार पाँच सय १५ जनाले आय विवरण बुझाउन बाँकी रहेकामध्ये वैशाख मसान्तसम्म चार सय पाँच जनाले आय विवरण बुझाएको उनले बताए  । प्रत्येक आर्थिक वर्ष सकिएपछि असोज मसान्तभित्र आय विवरण बुझाउनुपर्नेमा करदाताले आय विवरण नुबझाएपछि पत्राचार तथा फोन सम्पर्क भइरहेको उहाँले जानकारी दिए । “कतिपयले व्यापार व्यवसाय छाड्नुभयो तर स्थायी लेखा नम्बर बन्द गर्नुभएको छैन”, उनले भने , “व्यापार व्यवसाय छाडेको भए समयमै स्थायी लेखा नम्बर स्थगन गर्न करदातालाई पत्राचार गरिएको छ ।”  व्यापार व्यवसाय सञ्चालन गर्न छाडे पनि थाहा नभएकै कारण यी समस्या देखिएका हुनसक्ने भएकाले वस्तुगत सङ्घसंस्था, जिल्लास्थित उद्योग वाणिज्य सङ्घमार्फत र स्वयं करदातालाई टेलिफोन वा म्यासेजमार्फत आयकर विवरण बुझाउन ताकेता गरिएको उनले बताए  । समयमै आयकर नबुझाउने करदातालाई आन्तरिक राजस्व कार्यालयबाट आयकर ऐन २०५८ अनुसार अन्य कानुनी कारबाही तथा विलम्ब शुल्क लिने व्यवस्था रहेको छ । जिल्लाका ११ पालिकामध्ये करदाता सेवा कार्यालयले पत्राचार गरेसँगै विवरण बुझाउने सम्पर्कमा आई विवरण बुझाउन थालेकाले सङ्ख्या घट्दै गएको छ । उनका अनुसार वैशाख मसान्तसम्म वालिङ नगरपालिकाभित्रका एक हजार आठ सय ८९, पुतलीबजार नगरपालिकाका एक हजार तीन सय २०, भिरकोट नगरपालिकाका तीन सय ९०, चापाकोट नगरपालिकाका पाँच सय ७९, गल्याङ नगरपालिकाका छ सय ९६ करदाताले आयकर विवरण बुझाएका छैनन् । आँधीखोला गाउँपालिकाका दुई सय २६, फेदीखोला गाउँपालिकाका दुई सय ५८, बिरुवा गाउँपालिकाका एक सय ३५, अर्जुनचौपारी गाउँपालिकाका एक सय ७४, कालीगण्डकी गाउँपालिकाका दुई सय एक र हरिनाश गाउँपालिकाका दुई सय ४२ करदाताले आयकर विवरण बुझाउन बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अर्थ
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै मंगलबार, जेठ २७, २०८२
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा आइतबार, जेठ ४, २०८२
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत आइतबार, जेठ ४, २०८२
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड शनिबार, जेठ ३, २०८२
भारतको मुख्य शेयर सूचकांक खुल्दा ३% भन्दा बढीले गिरावट
भारतको मुख्य शेयर सूचकांक खुल्दा ३% भन्दा बढीले गिरावट सोमबार, चैत २५, २०८१
चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर
चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर बिहीबार, चैत १४, २०८१
कृषिको विकासका लागि एकिकृत कृषि नीति ल्याउने सरकारको तयारी
कृषिको विकासका लागि एकिकृत कृषि नीति ल्याउने सरकारको तयारी मंगलबार, चैत १२, २०८१
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP