Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी चुनाव – बर्नी स्यान्डर्सको जित, दुईले उम्मेदवारी फिर्ता लिए
अमेरिकी चुनाव – बर्नी स्यान्डर्सको जित, दुईले उम्मेदवारी फिर्ता लिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०७६
Valerie Biden Owens
Hardik health
म्यान्चेस्टर, संयुक्तराज्य अमेरिका–अमेरिकी नेटवर्कको मतसर्वेक्षण अनुमानअनुसार मङ्गलबार न्यू ह्याम्पसायरको डेमोक्रेटिक पार्टीको प्राथमिक (प्राइमरी) चुनावमा बर्नी स्यान्डर्स विजयी हुनुभएको छ । पछिल्लो नतिजाले पार्टीका वरिष्ट सदस्य एवम् पूर्वउपराष्ट्रपति जो बाइडेनलगायतका उम्मेदवारसामु आगामी प्रतिस्पर्धामा सहभागी हुने वा नहुने भन्नेमा अन्यौल खडा भएको छ । अधिकांश मतगणना भइसक्दा पार्टीमा प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सले २६ प्रतिशत मत प्राप्त गरेका छन् । यही राज्यमा स्यान्डर्सले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पनि पराजित गरेको थियो । एनबीसी र एबीसीले आफ्नो पक्षमा नतिजा आएको बताएलगत्तै स्यान्डर्सले उत्साहित समर्थकलाई सम्बोधन गर्दै भने, ‘न्यू ह्याम्पसायरका जनतालाई ठूलो जितका लागि धन्यवाद दिन चाहन्छु ।’ ‘यो विजय डोनाल्ड ट्रम्पको अन्त्यको शुरुवात हो,’ छिमेकी राज्य भर्मोन्टका सिनेटर स्यान्डर्सले भने । उनले न्यायपूर्ण कर प्रणाली र स्वास्थ्य सेवा सुधारका कार्यलाई अब कसैले रोक्न नसक्ने बताए । दोस्रो स्थानमा रहनु भएका इण्डियाना राज्यका पूर्वमेयर पीट बुटिगीगले २४ प्रतिशत मत पाउने अनुमान गरिएको छ । उहाँ आगामी अझ कठिन राज्यमा पनि चुनावी मैदानमा स्यान्डर्ससँग भिड्ने योजनामा छन् । ‘अब हाम्रो अभियान नेभाडा, दक्षिण क्यारोलिना हुँदै देशका कुनाकाप्चासम्म विस्तार हुनेछ र हामी हरेक चरणमा नयाँ सहयोगीलाई स्वागत गर्नेछौं,’ स्यान्डर्सले भने । उदारवादी सोचकी सिनेटर एमी क्लोबुचर २० प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । सिनेटर एलिजाबेथ वारेन करिब नौ प्रतिशत मतका साथ चौथो स्थानमा छन् । ट्रम्पले व्यङ्ग्य मिश्रित ट्वीट गर्दै भने, ‘बुटिगीगले आज राति राम्रै नतिजा ल्याए । बर्नीको पागलपनलाई बुटिगीगले चुनौती दिँदैछन् । धेरै चाखलाग्दो !’ बाइडेनलाई न्यु ह्याम्पसायरबाट पर्याप्त मत प्राप्त नहुने पहिल्यै अनुमान गरिएको थियो । आयोवामा पनि उनको हालत यस्तै थियो । पूर्वउपराष्ट्रपति बाइडेनका लागि आठ प्रतिशतको हाराहारीमा मात्र मत प्राप्त हुनु निकै निराशाजनक स्थिति हो । चन्दा संकलनसमेतमा निकैपछि परेका बाइडेनका लागि चुनाव परिचालन अहिले फलामको च्यूरा सरह भएको छ । राष्ट्रपतिको उम्मेदवारको टिकट प्राप्त गर्नेतर्फ उहाँको प्रयास निकै कमजोर हुनुका साथै समर्थकमा उत्साह सिर्जना गर्न असफल देखिएको छ । प्रविधि उद्यमी एन्ड्र्यू याङ र कोलोराडो सिनेटका माइकल बेनेटले राष्ट्रपतिको दौड परित्याग गरेको घोषणा गरेका छन् । ‘तपाईंलाई थाहा छ म गणितको विद्यार्थी हुँ, र ह्याम्पसायरको मतसङ्ख्याबाट यो स्पष्ट छ कि हामी यो दौड जित्न सक्दैनौँ,’ आफ्ना समर्थकलाई सम्बोधन गर्दै याङले भने । सतहत्तर वर्षीय स्यान्डर्सले न्यु ह्याम्पसायरको प्राथमिक चुनाव जित्ने पहिल्यै अड्कलबाजी गरिएको थियो, तर बुटिगीगले यति कडा चुनौती देलान् भन्ने अनुमान गरिएको थिएन । बुटिगीगको चुनावी अभियान दलका सदस्य न्यु ह्याम्पसायरको नतिजाबाट निकै उत्साहित भएका छन् । आयोवामा बुटिगीगले झिनो मतान्तरमा स्यान्डर्सलाई पराजित भएको थियो । राष्ट्रिय सर्वेक्षणमा स्यान्डर्सको तुलनामा बुटिगीग १० प्रतिशतले पछि रहेको देखिएको छ । आगामी दिनमा विविधतापूर्ण जनसङ्ख्या रहेका राज्य रहेका र त्यहाँ अफ्रिकी–अमेरिकीको जनसङ्ख्या पनि कम छ । पूर्वउपराष्ट्रपति बाइडेनको समूहमा रहेका अर्बपति व्यापारी एवम् न्यूयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्ग पनि मार्च ३ मा हुने अर्को प्राथमिक चुनावमा सहभागी हुने तयारीमा छन् । पहिलो चारवटा राज्यमा चुनावी प्रतिस्पर्धामा नरहेका ब्लुमबर्ग मार्च ३ को ‘सुपर ट्युज्डे’को मतदानमा सहभागी हुनुहुनेछ । यो दिन देशका १४ वटा राज्यमा एकै दिन प्राथमिक चुनाव हुँदैछ । यस दिन ब्लुमबर्गले चुनावी प्रचारका लागि व्यक्तिगत करिब २६ करोड अमेरिकी डलर खर्च गर्ने योजना रहेको छ । (रासस÷एएफपी)
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP