Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • बसिरलाई अन्तरराष्ट्रिय फौजदारी अदालत समक्ष बुझाउने सरकारको निर्णय
बसिरलाई अन्तरराष्ट्रिय फौजदारी अदालत समक्ष बुझाउने सरकारको निर्णय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०७६
Hardik health
खार्तुम–सुडान सरकारले डार्फर नरसंहारको आरोप खेपिरहेका पूर्वराष्ट्रपति ओमार अल–बसिरलाई अन्तरराष्ट्रिय फौजदार अदालतसमक्ष बुझाउन सहमति जनाएको छ । सुडानको सत्तारुढ परिषदका एक सदस्यले बसिरमाथि डार्फर घटनामा युद्ध अपराधको आरोप लागेको जानकारी दिए । हेगस्थित अदालत (आइसिसी)ले बसिर र उनका अरु तीन जना सहयोगमाथि आमहत्या, मानवता विरुद्धको अपराध र युद्ध अपराधको आरोप लगाएको छ । ‘आइसिसीले दोषी ठहर गरेका व्यक्तिहरू सबैलाई हेग पठाइनेछ,’ परिषद्का सदस्य मोहम्मद हस्सन अल–टाइसेले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिए । ‘सिफारिस गरिएकामा एक जना अल–बसिर र अरु तीन जना छन् ।’ उनले यी चारै व्यक्तिलाई कहिले आइसिसी समक्ष हस्तान्तरण गरिन्छ भन्ने स्पष्ट गर्नुभएन । टाइसेले डार्फरका विद्रोही समूह समक्ष डार्फर क्षेत्रमा शान्ति कायम गर्न सरकारले वार्ता गरिरहेको जानकारी दिए । डार्फरमा सन् २००३ मा भड्किएको हिंसामा करिब तीन लाख मानिस मारिनुका साथै लाखौँ मानिस विस्थापित भएका छन् । टाइसेले डार्फरमा शान्ति स्थापना गर्ने सन्दर्भमा युद्ध अपराधको छानबिन गर्न एउटा विशेष अदालत गठन गर्ने बारेमा पनि विचार विमर्श भइरहेको बताए । जुबामा जारी वार्तामा सहभागी विद्रोही समूहका एक सदस्यले पनि सरकारी तयारीका बारेमा जानकारी दिएको छ । वार्तापछि संवाददातासँग कुरा गर्दै विद्रोही प्रतिनिधिमण्डलका सदस्य निमिर मोहमद अब्दुरहमानले युद्ध अपराधका मुख्य दोषीलाई आइसिसी समक्ष हस्तान्तरण गर्ने सरकारी प्रयत्न सराहनीय रहेको बताउँदै अबका दिन शान्ति र न्यायका लागि सरकारले उचित कार्य गर्ने विश्वास व्यक्त गरे । डार्फरमा अल्पसङ्ख्यक अफ्रिकी समुदायले तत्कालीन अरब–समर्थित अल–बसिरको सरकार विरुद्ध सशस्त्र विद्रोह गरेका थिए । उनीहरूले अफ्रिकी अल्पसङ्ख्यक समुदायमाथि बसिरको सरकारले आर्थिक र राजनीतिकरूपमा विभेद गरेको आरोप लगाउँदै आएका थिए । सुडान सरकारका प्रवक्ता फैजल मोहम्मद सलिहले पनि पूर्वराष्ट्रपति अल–बसिर र उनका तीन सहयोगीलाई आइसिसी समक्ष हस्तान्तरण गर्न लागिएको एएफपीलाई जानकारी दिए । बसिरको शासन विरुद्ध जनताले महिनौँ प्रदर्शन गरेपछि गत वर्ष अप्रिलमा सेनाले बसिरलाई पदच्यूत गरेको थियो । करिब तीन दशक शासन गरेका बसिरलाई हाल भ्रष्टाचारको अभियोगमा दुई वर्षको सजाय सहित हिरासतमा राखिएको छ । बसिर विरोधी प्रदर्शनकारी, डार्फरका बासिन्दा तथा विद्रोही समूहले बसिरलाई आइसिसी समक्ष हस्तान्तरण गर्न माग गरिरहेका छन् । आइसिसीले दोषी ठहर गरी पक्राउ पूर्जी जारी गरे पनि बसिरले आफू सत्तामा रहँदा रसिया र चीनसमेतका कतिपय देशको औपचारिक भ्रमण गरेका थिए । (रासस÷एएफपी)
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP