रौतहट - रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ ।
साइकलमा राखि अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय २० कार्टुन मदिरा नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

यसैगरी सोही जिल्लाको राजपुर नगरपालिका ६ कुडिया स्थित पानी ट्याङ्की नजिकबाट जेठ ४ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको मलखाद बरामद गरेको छ ।
सोही ठाउँको स्थानीयले संचालन गरेको पसलमा अबैध रुपले भण्डारण गरी राखेको उल्लेखित मुल्यको ४ सय ६६ बोरा मलखाद नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।