Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
शनिबार, असोज १३, २०८०
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पाल्दोर_आरोहण
  • #शुभप्रवा_सेभिङ
  • #मनाङ_भ्याली_वाइन
  • #बाइक_राइडर
  • #गोल्डेन ट्रायांगल बाइक टुर
  • #सांकेतिक_भाषा_दिवस
  • #केएफसी रेष्टुरेन्ट
  • #विश्‍व_मुटु_दिवस
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘बाजाको सन्तुलनले नै संगीतमा ज्यान भर्छ’
‘बाजाको सन्तुलनले नै संगीतमा ज्यान भर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ५, २०८०
Yogendra_1
RBB RBB
काठमाडाैं- संगीतकार योगेन्द्र उपाध्यायलाई कहिले देखि संगीतको चस्को पस्यो थाहै छैन । योगेन्द्रले सानैदेखि जानेर नजानेरै मादल बजाउथे । त्यही मादलको धुन सँगै झाङ्गिएको योगेन्द्रको संगीत मोहले उनलाई देशकै सफल संगीतकार बनाएको छ । संगीतकारका लागि बाजाको ज्ञान अनिवार्य ठान्ने उपाध्यायले संगीतको औपचारिक अध्ययन हार्मोनियमको साथमा सुरु गरेका थिए । हार्मोनियममा सुर खोज्दै, धुन निकाल्दै संगीतको सिकाई सुरु गरेका उनले संगीतमै मास्टर गरेका छन् । सुरुमा विभिन्न संगीत शिक्षालयहरूमा संगीतको ज्ञान लिन सुरु गरेका योगेन्द्रले त्रिभुवन विश्वविद्यालयबाट संगीतमै स्नाकोत्तर गरे । त्यसो त योगेन्द्र रेडियो नेपालको वर्गीकरणमा ‘ए’ ग्रेडका संगीतकार हुन् । नेपालमा गायक, गायिका, गीतकार, संगीतकार तथा बाद्यवादकहरूको बर्गीकरण सरकारी स्वामित्वको रेडियो नेपालले गर्ने भएकालाई यसलाई आधिकारिक पनि मान्न सकिन्छ । ‘ए’ ग्रेडको संगीतकार हुनुका साथै योगेन्द्र विभिन्न संगीत प्रतियोगितामा प्रथम भएका छन् भने उत्कृष्ट संगीत सिर्जनाका लागि राष्ट्रियस्तरका अवार्डहरू समेत प्राप्त गरेका छन् । चर्चित गीतहरूका सफल संगीतकारका रूपमा स्थापित योगेन्द्रले संगीत सिर्जना गर्दा बाजाको तालमेल, उपयुक्त बाजाको प्रयोग र सन्तुलन अत्यन्त आवश्यक ठान्दछन् । आफ्नै संगीतमा चारवटा गीति एल्वम तथा झण्डै सयको हाराहारीमा गीत बजारमा ल्याइसकेका योगेन्द्र मौलिक नेपाली संगीतलाई नै आफुले प्राथमिकतामा राखेको बताउँछन् । प्रस्तुत छ उनै संगीतकार उपाध्यायसँग बाजाको नजिक रहेर गरिएको कुराकानीः
  • संगीतकारका लागि बाजाको ज्ञान कत्तिको आवश्यक हुन्छ ? संगीतकारका लागि बाजाको ज्ञान अनिवार्य आवश्यकता हो भन्दा फरक पर्दैन । यसको अर्थ एउटै संगीतकार हरेक बाजा बजाउन सक्षम हुनुपर्छ भन्ने होइन । समान्यतया कुनै न कुनै बाध्ययन्त्र प्रयोग गरेरै शब्दमा संगीत सृजना गर्ने गरिन्छ । उक्त सृजनामाथी संगीत संयोजन गर्दा पनि कुन–कुन बाजाको प्रयोग कति मात्रामा उचित हुन्छ र कुन स्थानमा कुन बाजा बजाउँदा त्यसले संगीतमा मिठास भर्छ भन्ने कुरामा संगीतकार जानाकार रहनु पर्छ । यसका लागि पनि बाजाको ज्ञान आवश्यक हुन्छ ।
  • यहाँले संगीतमै मास्टर गर्नुभयो, नेपालमा बाजाको औपचारिक अध्ययन÷अध्यापन हुन्छ कि हुँदैन ? हालसम्म एकेडेमिक रूपमा चाहीँ त्रिभुवन विश्वविद्यालयमा गायन, सितार अनि तबला को मात्र औपचारिक अध्ययन हुन्छ । अन्य बाजाहरू जस्तै गीतार, बाँसुरी, भ्वाइलिन मादल, हार्मोनियम आदी एकेडेमिक रूपमा नभई बिभिन्न संगीत विद्यालयहरूमा अध्ययन/अध्यापन हुने गर्छ ।
  •  तपाईलाई चाँहि कतिवटा बाजा बजाउन आउँछ ? लगभग ७÷८ वटा बाजाहरू बजाउन आउछ । मादल, हर्मोनियम, तबला,गीतार, कि–बोर्ड, जिम्बे, कंगोलगायतका बाजाहरू म आफै बजाउँछु ।
  • गीत कम्पोज गर्दा कुन बाजाको साथमा मेलोडी तयार गर्नुहुन्छ ? संगीत सिर्जना गर्दा मैले प्रयोग गर्ने बाजा गीतको प्रकृति अनुसार फरक फरक हुछ । जस्तै नेपाली परम्परागत आधुनिक वा शास्त्रीय संगीत सिर्जना गर्नु छ भने हार्मोनियम वा तानपुराको प्रयोग गर्छु । लोकलयका गीतहरू तयार गर्दा मादल र बाँसुरीको प्रयोग गर्छु भने पप, लोकपप, रक वा डान्सिङ गीतहरू बनाउनु पर्दा सामन्यत याः गीतारको प्रयोग गर्ने गर्छु ।
  •  यहाँलाई मनपर्ने बाजा कुन हो ? बजाउन हैन सुन्न मात्र मन पर्ने बाजा चाहिं बाँसुरी र भ्वाइलिन हो । आफुले बजाउनेमा चाहीं गितार, हार्मोनियम, तबला र मादल बजाउन मनपर्र्छ ।
  •  यहाँले आफ्ना सिर्जनामा सबैभन्दा बढी प्रयोग गरेको बाजा कुन हो ? शब्द, लय तथा तालका आधारमा प्रयोग गर्ने बाजाहरू फरक फरक छन् । यद्यपी कम्पोज गर्दा चाहीँ गितार, हार्मोनियम, तबला र मादल प्रयोग गर्छु भने संगीत संयोजनमा आवश्यक्ताका आधारमा अन्य बाजाहरूको पनि प्रयोग गर्ने गरेको छु ।
  • उत्कृष्ट संगीत सृजनामा बाजाको सन्तुलन कत्तिको महत्त्वपूर्ण हुन्छ ? शरिरमा अंगहरू जस्तै हुन् संगीत सिर्जनामा बाजाहरू । जसरी एउटा स्वस्थ्य शरिरका लागि हरेक अंग सही स्थानमा रहेर सही तरिकाले काम गर्नुपर्छ त्यसैगरि उत्कृष्ट संगीत सिर्जनाका लागि बाजाहरूको सन्तुलन उत्तिकै सही हुनुपर्छ । बाजाको सन्तुलन हुन नसके कुनै पनि संगीत अपुरो र खल्लो बन्दछ । समग्रमा भन्नु पर्दा संगीतमा ज्यान भर्ने भनेकै बाजाको सन्तुलनले हुने हो ।
  • पछिल्लो समय नेपाली मौलिक बाजाको प्रयोग कम हुँदै गएको हो ? मौलिक बाजाहरूको प्रयोगमा कमी आएको कुरालाई नकार्न सकिन्न । त्यसको प्रमुख कारण भनेको मौलिक गीत संगीतको सिर्जना नै कम हुन थाल्नु हो । पहिले जसरी मौलिक गीतसंगीतको लहर थियो, त्यो लहरमा धेरै ह्रास आएको सत्य हो । मैले संगीत गरेका गीतहरूमा भने सम्भव भएसम्म नेपाली मौलिक बाजाहरू प्रयोग गरिरहेको छु । कतिपय अवस्थामा हामीलाई प्रबिधिले पनि सघाएको छ । अचेल कम्प्युटर प्रोग्रामिंगका माध्यमबाट पनि बाजाको प्रयोग हुन थालेकोले लाइभ बाजाको प्रयोग केही कम भएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १५:२०
Adv Space Adv Space
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री डा महतो
वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री डा महतो शुक्रबार, असोज ५, २०८०
संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ
संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ बुधबार, असोज ३, २०८०
संविधान पवित्र दस्तावेज हो तर कार्यान्वयनमा ध्यान दिनुपर्छ– प्रधानन्यायाधीश श्रेष्ठ
संविधान पवित्र दस्तावेज हो तर कार्यान्वयनमा ध्यान दिनुपर्छ– प्रधानन्यायाधीश श्रेष्ठ बुधबार, असोज ३, २०८०
लोकतन्त्रको विकल्प सदृढ लोकतन्त्र नै हो : सूचना प्रविधिमन्त्री
लोकतन्त्रको विकल्प सदृढ लोकतन्त्र नै हो : सूचना प्रविधिमन्त्री मंगलबार, असोज २, २०८०
संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्‍नुपर्छ
संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्‍नुपर्छ सोमबार, असोज १, २०८०
निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ
निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ सोमबार, असोज १, २०८०
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ: कानुनमन्त्री गुरुङ
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ: कानुनमन्त्री गुरुङ सोमबार, असोज १, २०८०
लोकप्रिय
  • Week
  • Month
बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ ! 
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
मैतीदेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मैतीदेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ ! 
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - सम्झना राई
- आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
- राजेन्द्र राना
- सुरज शाक्य
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2023 Prabhab Online. All Rights Reserved.