Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सिमेन्ट उद्योगमा राजनीति नगर
सिमेन्ट उद्योगमा राजनीति नगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ४, २०८०
Editorial_Prabhab
Hardik health
उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट उत्पादन हुने गैंडा सिमेन्टको व्यापार कुनै बेला आक्रामक थियो । गुणस्तरको हिसाबले दक्षिण एसियाकै उत्कृष्ट सिमेन्टको रुपमा चिनिएको गैंडा सिमेन्ट यसकारण पनि चर्चामा रह्यो कि– यो सरकारी उद्योग हो । सरकारी सिमेन्टले चर्चा पाएसँगै निजी उद्योगका सिमेन्ट पनि प्रतिस्पर्धामा उत्रिनु स्वाभाविक हो । तर, अहिले विभिन्न कारण देखाउँदै गैंडा सिमेन्ट उत्पादन हुने उद्योग धराशायी बनाउने खेल हुँदै छ ।उद्योगका महाप्रबन्धक आफूविरुद्ध सबै लागिपरेको भन्दै काठमाडौं छन् भने त्यहाँका मजदुर आन्दोलित भएका छन् । शनिबार धुमधामका साथ ३५औं साधारणसभा मनाएयता उद्योगमा बत्ती छैन । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै आइतबारबाट विद्युत् रोकिदिएको हो । प्राधिकरणको उदयपुर वितरण केन्द्रले ३६ करोड रुपैयाँ बक्यौता रकम बाँकी रहेकोले बत्ती काटिएको जनाएको छ । उद्योगले भने २४ करोड रुपैयाँमात्र तिर्न बाँकी रहेको दाबी गरेको छ । अझ उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले निजी कम्पनीले अर्बौं नतिर्दा बत्ती नकाटिने तर सरकारी उद्योगको बत्ती काटिनु रहस्यमयी भएको दाबी गरेका छन् । उनी सरकारको एउटा खल्तीबाट अर्को खल्तीमा जाने पैसामा यस्तो अवरोध गर्नु ठीक नहुने तर्क गर्छन् । यता उद्योगमन्त्री रमेश रिजालको आफ्नै दाबी छ– महाप्रबन्धकको बदमासीका कारण यस्तो भएको हो । बत्ती प्रवाह नियमित गरेर सरकारी उद्योग बचाउन आफू लागिपरेको उनको दाबी छ । अर्कोतर्फ उद्योगका कर्मचारीदेखि मजदुर महाप्रबन्धकविरुद्ध आन्दोलनमा उत्रिएका छन् । घटनाक्रमहरु हेर्दा महाप्रबन्धनलाई हटाउने चलखेल देखिन्छ । यद्यपि, यो चलखेलको मारमा सरकारी उद्योग परेको देखिन्छ । जे जति घटना भएका छन्, यसले प्रस्ट देखिन्छ । कसैको नियत सफा छैन । निजीलाई पोस्ने, सरकारीलाई सोस्ने काममा अध्यक्षदेखि महाप्रबन्धनको आरोपप्रत्यारोपले प्रस्ट पार्छ । महाप्रबन्धकजस्तो व्यक्ति उद्योगमा परेका समस्या छाडेर भाग्नु नीतिसंगत देखिँदैन । आपत्कालबाट जोगाउने काम महाप्रबन्धकको हो । आफैं कुर्सी छाडेर हिँड्नुपर्ने वातावरण कसरी तयार भयो, यसमा उनले सबैलाई खुलस्त पार्न सक्नुपर्छ । अर्कोतर्फ सरकारले पनि यस्तो समस्यको समाधानका लागि समन्वयकारी भूमिका खेलिदिनुपर्छ । कमिसनको चक्करमा लागेर कान थुनेर आँखा चिम्लेर बस्दा सरकारी उद्योग धराशायी हुन जान्छ । यस्ता विषयमा तत्कालै राजनीति रोकेर कसरी हुन्छ चाँडो विद्युत् नियमित गरी सरकारी उद्योग बचाउनेतर्फ सबै लाग्नुपर्छ । यसमा उद्योगमन्त्रीले छिटो कदम चालोस् ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP