Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो
रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ४, २०८०
bhedi_Jeth
Hardik health
गलकोट- सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् ।  सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिनुभएका उनले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आएका छन्  । पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेको भेडीगोठमा एक महिनादेखि रहेका छन् । अहिले उक्त भेडी गोठमा गुरुङसहित चार भेडी गोठालाका  एक हजार १०० भेडा छन् । “सानै उमेरदेखि बाबुबाजेसँगै भेडा चराउन जङ्गलमा आइयो, यही पेसालाई निरन्तरता दिनुपर्दछ भन्ने सोच पलाएकाले चार वर्ष विदशी सहर बजारको रमाइलो भन्दा भेडीगोठमै आनन्द आउँदो रहेछ”, भेडी गोठाला गुरुङले भने, “आफ्नै परम्परागत भेडापालनमै सन्तुष्ट बन्न सकेँ, अहिले भेडा चराउँदै बागलुङको सिमानामा आएका छौँ, असारसम्म बागलुङको ढोरपाटनस्थित बुकी पुग्नेछौँ ।  बागलुङ, रोल्पा, रुकुम, प्यूठान लगायतबाट हजारौँ भेडाको जमघट बुकीमा हुनेछ ।” अहिले भेडा खरिदका लागि रोल्पा, रुकुम र बागलुङबाट भेडीगोठमै खरिदकर्ता आइपुगेका र थुम्बोलाई  रु ३० हजारमा गोठबाटै बिक्री हुँदै आएको छ । “भेडा पालनमा निकै दुःख छ तर जति दुःख भए पनि पुर्खाले गरेको पेसामा रमाउने बानी पर्‍यो, भेडा बिक्री हुँदा आनन्द आउँछ,” गुरुङले भने ,“लुकुमबाट सुरु भएको भेडा चराउने यात्रा बागलुङको बुकीमा पुगेपछि पुन: फर्किने क्रम सुरु हुन्छ, लुकुममा मात्रै सयजनाभन्दा बढीको भेडाका बथान छन्, हामीलाई सहर बजारभन्दा जङ्गलकै भेडीगोठ प्यारो लाग्छ ।” भेडा चराउन जङ्गल आउँदा फुर्सद नभएर भेडा फार्म दर्ता गर्न कठिन भएकाले सरकारले गोठमै आएर भेडा फार्म दर्ताको अभियान चलाउनुपर्ने उनको  माग थियो ।भेडामा रोग लाग्दासमेत जङ्गलकै जडीबुटी खुवाएर उपचार गराउने गरिएको  तर फार्म दर्ता गर्ने, अनुदान ल्याउने तथा उपचारका लागि प्राविधिक बोलाउन फुर्सदै नभएको गुरुङको भनाइ थियो । आम्दानीका हिसाबले भेडापालन राम्रो भए पनि लामो झरी र  हिउँ पर्दा भेडा मर्ने भएकाले नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्छ । राम्रो घाँस पाइने भएकाले बर्खामा सबै भेडा बुकीमा लैजाने गरिएको अर्का भेडापालक ३४ वषीय जोरप्रसाद घर्तीले जानकारी दिए । चार सय भेडा पाल्दै आउनुभएका उनी पनि बुबालाई पछ्याउँदै  भेडा पालनमा रमाउँदै आएका छन् । “पानी पर्दा र हिउँ पर्दा निकै समस्या हुन्छ, बेमौसमी वर्षाका कारण चिसोले ६० भेडा गत वैशाख दोस्रो साता मरेका थिए, भेडा चराउँदै लैजाँदा दाङसम्म पुगिन्थ्यो, त्यहाँ छेरुवा रोग लागेपछि अहिले चार/पाँच वर्षभयो बुकीतर्फ लान थालेका छौँ” भेडापालक जोरप्रसादले भने , “बाबुबाजेले गरेको पेसाप्रति गर्व लाग्छ, भेडापालनमा धेरै दुःख कष्ट छ  तर सन्तुष्टी भने विदेशमा भन्दा भेडीगोठमै हुन्छ भेडापालनको आम्दानीले परिवार पाल्न पुगेकै छ । अर्काको देशमा गएर ज्याला मजदुरी गर्नुभन्दा आफ्नै देशमा भेडा गोठालो हुनु मलाई राम्रो लाग्छ।” भेडापालक किसनालाई सरकारले कुनै सहयोग गुनासो गर्दै उनले लगातार पानी परे भोकै भेडा मर्ने र जङ्गली जनावारको आक्रमणले पनि चुनौती भइरहेको बताए ।  “बुकीतर्फ जाँदै छौँ अहिले, भेडा चराउँदै असारसम्म बुकी पुगिन्छ, बुकीको घाँसमा चरेका भेडा स्वस्थकर हुन्छन् र मूल्य पनि बढी पर्दछ जब बुकीमा हिउँ पर्न थाल्छ तब हामी पुनः भेडा लिएर बुकीबाट झर्ने गर्दछौँँ, भरियालाई बोकाएर गोठालो खर्च लगिन्छ” जोरप्रसादले भने “भेडा गोठालाको छुट्टै संसार छ, लेकमा मोबाइलसमेत चल्दैन, अत्यावश्यक परे खबर पठाउने हो, नभए दुई महिना भूमिगत जस्तै भइन्छ, हामी गोठमै रमाउनेलाई सहर बजारको त्यति चासो छैन ।” भेडापालन छोडेर वैदेशिक रोजगारीमा गए पनि राम्रो कमाइ नभएकाले पुनः भेडापालनमै फर्किएको र अब विदेश नजाने उहाँले  बताए । अस्थायी भेडीगोठ निर्माण गर्दै भेडा चराउँदै हिँड्दा निकै दुःखकष्ट भए पनि यही परम्परागत पेसामै सन्तुष्ट हुँदै आएको अर्का भेडी गोठाला सत गुरुङले बताउनुभयो । “पातीहाल्नेमा अहिले एक हजार १०० भेडा एउटै गोठमा छन् । चरनका लागि बाहिर ल्याउँदा आ–आफ्नो छुट्टाइन्छ, अब हिमलतर्फ लाग्ने दिन आयो” गुरुङले भने “यस पटक बेमौसमी वर्षाका कारण यही गोठमा ६० भेडा मरे, अहिले घाटा भयोे ।” भेठीगोठको कष्टकर दिनचर्याबाट बचत भएको आम्दानीले परिवार पाल्दै छोराछोरीलाई अध्ययनका लागि पुग्ने गरेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP