Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • अल्पसङख्यका अधिकार अझै ओझेलमा परेका छन् : मन्त्री आचार्य
अल्पसङख्यका अधिकार अझै ओझेलमा परेका छन् : मन्त्री आचार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ३, २०८०
acharya
Hardik health
काठमाडाैं -  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेको बताएका छन्  । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालद्वारा आज आयोजित कार्यक्रममा मन्त्री आचार्यले अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशक बित्दा पनि उनीहरूका अधिकार अझै ओझेलमा परेको बताए । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति समाजमा विभिन्न लान्छना, भेद्भावपूर्ण व्यवहारसहित बस्नुपर्ने अवस्था छ । अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सुनिश्चितताका निमित्त मन्त्रालय प्रतिबद्ध छ” मन्त्री आचार्यले भने। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अल्पसङ्ख्यक समुदायको मर्यादित जीवनका लागि आयोग प्रतिबद्ध रहेको बताए  । “आयोग अल्पसङ्ख्यक समुदायको संरक्षण र संवर्द्धन गर्नका लागि प्रयासरत छ । समलिङ्गीको विवाहलाई कानुनी मान्यता दिन सरकारलाई सिफारिस गरेलगायत उनीहरुको अधिकार र आवश्यकतालाई उच्च प्राथमिकतामा राखिएको छ” उनले भने । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउन आयोगले पहल गरिरहेको बताए । अल्पसङ्ख्यकको पहिचान, नागरिकता, बिहेबारी लगायतका समस्यालाई कानूनी प्रावधानबमोजिम निकास दिन जरुरी रहेको उनको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अल्पसङ्ख्यकको अधिकारको संरक्षणमा राज्यको भूमिकालाई सुदृढ बनाउन मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “अल्पसङ्ख्यकको भूमिका एउटा व्यक्तिको मात्र नभई सिङ्गो समाजको हो । तसर्थ यस मुद्दाको सामाजिकीकरणमा मिडियासहित सबै पक्ष एकताबद्ध हुन जरुरी छ”, उनले भने । संस्थाका अध्यक्ष लक्ष्मी घलानले अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्न आवाज उठिरहेको उल्लेख गर्दै यसलाई अझ सार्थकता दिन सबै पक्ष एकताबद्ध हुन आवश्यक रहेको बताए  । कार्यक्रममा मन्त्री आचार्यले अल्पसङ्ख्यकको वास्तविक कथा समेटिएको “सधैँ सँगै: विविधतामा एकता” पुस्तक विमोचन गर्नुभएको थियो । कार्यक्रममा अल्पसङ्ख्यक समुदायको एक जोडी र समुदायको एक सदस्यको रूपमा स्वीकार गरेका एक उदाहरणीय परिवारलाई सम्मान गरिएको थियो । यो दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउँदै आएको पाइन्छ । सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले समलैङ्गिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैङ्गिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै “सधैँ सँगै: विविधतामा एकता” भन्ने नाराका साथ विश्वव्यापी रूपमा आज मनाइएको छ । मितिनी नेपाल महिला समलिङ्गी, द्वयलिङ्गी र ट्रान्सजेन्डर व्यक्तिको सहयोगको लागि काम गरिरहेको एक गैरसरकारी संस्था हो । नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मानव अधिकारको संरक्षण तथा संवर्द्धन गर्ने तथा उनीहरूलाई सम्मानित जीवन जिउन सामाजिक, सांस्कृतिक, आर्थिक, कानूनी तथा राजनीतिक अधिकारसहित समतामूलक समाज निर्माण गर्ने उद्देश्यले सन् २००५ मा स्थापित भएको संस्था हो ।  
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:०२
#यौनिक_तथा_लैङ्गिक_अल्पसङ्ख्यक
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP