Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ? - मन्त्री शर्मा
सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ? - मन्त्री शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ३, २०८०
rekha-sharma
Hardik health
काठमाडाैं  - विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको आयोजना गरेको छ । सम्मेलनका क्रममा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो मोबाइल प्रविधि’ र ‘इन्टरनेटको वर्तमान अवस्था र भविष्यको आवश्यकता’लगायत तीन सत्रका विभिन्‍न विषयमा विज्ञसँग अन्तरक्रिया गरिने प्राधिकरणका निर्देशक दीपेश आचार्यले जानकारी दिए । सम्मेलनमा ‘अतिकम विकसित मुलुकमा दूरसञ्चारको बजारः चुनौती र आगामी बाटो’, ‘नेपालको सूचना प्रविधि बजारको वर्तमान अवस्था’, ‘नेपालको दूरसञ्चार बजारको विश्लेषण र डिजिटल अर्थतन्त्रमा यसको भूमिका’, ‘नेपालमा फाइभ–जीको बाटो’, ‘विकसित मुलुकमा फाइभ–जीको अभ्यास’, ‘नेपालमा फाइभ–जीको बजार’लगायत विषयमा वक्ताहरुले प्रस्तुति दिनेछन्  । सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । उद्घाटनका क्रममा उनले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पु¥याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताइन्  । सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको जानकारी दिँदै उनले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले सोच्‍नुपर्ने बताइन् । सूचना प्रविधिमा पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने भन्‍ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको जनाउँदै उनले विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धामा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दूरदराजमा रहेका जनताले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् भन्‍नेतर्फ ध्यान दिनुपर्ने बताइन्  । “दूरसञ्चार क्षेत्रमा देखिएका समस्या, कमीकमजोरी, सुधार्नुपर्ने विषय, सूचना प्रविधि क्षेत्रबाट राजस्व सङ्कलन गर्ने, ‘डिजिटल डिभाइड’ कम गर्ने, दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नेलगायत विषयमा सम्मेलनमा घनिभूत छलफल हुनुपर्छ, विगतमा के–के भए त्यसको समीक्षा हुनुपर्छ”, उनले भनिन् । उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताइन्  । “दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहेको छ, तर राजस्व घट्दै आउने देखिएका छ, यसको कहाँनेर समस्या हो ? यसलाई कताबाट हल गर्नुपर्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ”, मन्त्री शर्माले भनिन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सूचना प्रविधिको आविष्कारलाई मुलुकको आर्थिक समृद्धि, सामाजिक जीवनको उन्नतिका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए  । डिजिटल विभेद न्यून तथा डिजिटल समावेशिता कायम गर्ने गरी पूर्वाधार निर्माण गर्न सरकार जुटेको उनको भनाइ थियो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको आर्थिक विकासमा डिजिटल रुपान्तरणले सहयोग पुर्‍याएको जनाउँदै दीर्घकालीन पूर्वाधार निर्माणमा प्राधिरकण जुटेको बताए ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP