Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
समाचार
  • Home
  • समाचार
  • उदयपुर सिमेन्ट डुबाउन चलखेल, बत्ती काटियो, उत्पादन ठप्प
उदयपुर सिमेन्ट डुबाउन चलखेल, बत्ती काटियो, उत्पादन ठप्प
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ३, २०८०
gopikrishna neupane
Hardik health
- उद्योगमन्त्री रमेश रिजालले उद्योगको ३५औं साधारणसभा उद्घाटन गरेकै भोलिपल्टबाट बत्ती काटिएपछि सिमेन्ट उत्पादन ठप्प -भ्रष्टाचारको आरोप लाग्दै नाराबाजी सुरु भएपछि महाप्रबन्धक गोपीकृष्ण न्यौपाने काठमाडौंतिर - सरकारदेखि निजी क्षेत्र निजी सिमेन्ट उद्योगलाई पोस्न लागेको कर्मचारीको आरोप
काठमाडौं– दक्षिण एसियाकै उत्कृष्ट सिमेन्ट गैंडा सिमेन्ट उत्पादन गर्ने उदयपुर सिमेन्ट उद्योग लिमिटेड पछिल्लो समय धराशायी बन्दै गएको छ । उद्योगले बत्तीको महसुल बुझाउनसमेत सकेको छैन । फलस्वरुप नेपाल विद्युत् प्रधिकरणले उद्योगको विद्युत् प्रवाह रोकिदिएको छ ।उदयपुरको त्रियुगा नगरपालिकास्थित जलजलेमा रहेको उद्योगका कर्मचारी बत्ती काटिँदा अहिले अन्धकारमा बस्न बाध्य छन् । ‘विद्युत् अवरुद्ध हुँदा पानी पिउनसमेत पाएका छैनौं । मोबाइल चार्ज गर्न गाउँतिर निस्कनुपर्छ । चर्को गर्मीमा फ्यान नचलाई अफिसमा काम गर्नुपरेको छ,’ जलजलेमा रहेको उद्योगका एक कर्मचारीले भने । पछिल्लोपटक उद्योग नचल्दा पैसा तिर्न नसकेपछि बत्ती काटिएको ती कर्मचारीले बताए । बत्ती काटिएको ठीक एक दिनअघि शनिबार संघीय उद्योगमन्त्री रमेश रिजाल उद्योगपरिसरमा पुगेका थिए । मन्त्री रिजालले सिमेन्ट उद्योगको ३५औं साधारणसभा उद्घाटन गर्दै उद्योग राम्रोसँग चलाउन सक्नेगरी आगामी बजेटमा व्यवस्था गर्ने बताएका थिए । त्यसको ठीक भोलिपल्ट आइतबारबाट उद्योगको विद्युत् अवरुद्ध भएको कर्मचारीको भनाइ छ । ‘मन्त्रीज्यू दिनभर घुम्नुभयो । साधारणसभा पनि भयो,’ ती कर्मचारीले भने, ‘मन्त्रीजी जानसाथ भोलिपल्टबाट बत्ती काटियो ।’ अहिले उद्योग नै ठप्प छ । मन्त्री आएकै समयमा महाप्रबन्धक गोपीकृष्ण न्यौपाने भने काठमाडौं आएका छन् । महाप्रबन्धक नहुँदा व्यवस्थापनको काम सबै रोकिएका छन् । जसले गर्दा कर्मचारी के गर्ने÷के नगर्ने भन्ने अन्योलमा परेका छन् ।बत्ती काटिएकै दिन निमित्त नायब महाप्रबन्धक महेशप्रसाद शाहले नेपाल विद्युत् प्रधिकरण उदयपुर वितरण केन्द्रलाई अनुरोधपत्र लेख्दै विद्युत् प्रवाह खोलिदिन आग्रह गरेका थिए । ‘प्राधिकरणलाई हाम्रो के अनुरोध छ भने दुवै सरकारी संस्था भएकोले उक्त रकम तत्काल हिसाब मिलान गरी फरफारक गरिदिनुहुन तथा आजैका मितिदेखि विद्युत् लाइन नियमित गरी गैंडा छाप सिमेन्ट उद्योग सञ्चालनको वातावरण बनाइदिनुहुन विनम्र अनुरोध गर्दछौं,’ उदयपुर सिमेन्टको अनुरोधपत्रमा भनिएको छ । तर, प्राधिकरणबाट उद्योगको उक्त अनुरोधको कुनै सुनुवाइ भएको छैन । कति छ बक्यौता ? उदयपुर सिमेन्टले २४ करोड रुपैयाँ विद्युत् प्रधिकरणलाई तिर्न बाँकी छ । ‘२४ करोडको हिसाब मिलानबाहेक अरु हामीले नियमितरुपमा तिरेका छौं,’ शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।निजी सिमेन्ट उद्योगले अर्ब तिर्न बाँकी हुँदा बत्ती नकाटिने तर सरकारी उद्योगको बत्ती काटिनु शंकास्पद विषय भएकोसमेत एक कर्मचारीले दाबी गरे । ‘निजीले डेढ अर्ब अझै तिरेका छैनन् । तर सरकारी उद्योगले २४ करोड नतिर्दा बत्ती काटिएको छ,’ ती कर्मचारीले भने, ‘पक्कै पनि यसमा निजी क्षेत्रको षड्यन्त्र छ ।’ ती कर्मचारीको भनाइ शाहले जारी गरेको विज्ञप्तिमासमेत समेटिएको छ ।‘स्मरणीय के छ भने डेडिकेटेड फिडरको यस्तै रकम दशौं अर्ब निजीसँग उठाउन बाँकी छ । ती उद्योगहरु मुद्दामा छन् । तर, एउटा सरकारी संस्थाले अर्को सरकारी संस्थाविरुद्ध मुद्दा मामिला गर्न नैतिक रुपले बेठीक हुने विचार गरी हामी मुद्दा मामिलामा गएनौं र प्राधिकरणबाट पनि सोही किसिमको आश्वासन प्राप्त भएको थियो,’ शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उद्योग बचाऊ अभियानमा आन्दोलन सुरु उदयपुर सिमेन्टमा हाल करिब २९० कर्मचारी छन् । यहाँ कर्मचारी युनियनहरु पनि रहेका छन् । कर्मचारी युनियनहरुले पनि आ–आफ्नो तर्फबाट बत्ती नियमित गर्न पहल थाले पनि केही पार नलागेको बताइएको छ । यतिमात्र हैन, केही कर्मचारी भने उदयपुरको पहिचान र सरकारी उद्योग बचाऊ अभियानमासमेत लागेका छन् । उनीहरु सोमबारबाट दबाब अभियानमासमेत लागेका छन् । अभियानमा लागेकाहरुले महाप्रबन्धक घिमिरेमाथि भ्रष्टाचारको आरोपसमेत लगाएका छन् । महाप्रबन्धक न्यौपाने र सञ्चालक समिति कमिसनको खेलमा लागेको अभियानकर्ताहरुको आरोप छ । उदयपुर सिमेन्ट र निजी सिमेन्ट उद्योग दुवैमा काम गर्ने कर्मचारी समेत रहेका छन् । उनीहरुलाई हटाउन माग गर्दै अभियानकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । महाप्रबन्धक काठमाडौं बसेर उद्योग धराशायी बनाएको उनीहरुको आरोप छ । मन्त्री र महाप्रबन्धकको आ–आफ्नै दाबी महाप्रबन्धक न्यौपानेले भने आफू उद्योग जोगाउनकै लागि काठमाडौंमा रहेको प्रभाव दैनिकलाई बताए । आफू भ्रष्टाचारमा संलग्न नरहेको दाबी गर्दै तुलामा जोखिन तयार रहेको प्रस्ट पारे । तपार्इंलाई भ्रष्टाचारको आरोप पनि छ नि ? प्रभावको प्रश्नमा न्यौपानेको जवाफ थियो, ‘साथीहरुले नबुझेर गर्नुभएको होला । त्यो म भन्दा पहिलेकै कुरा हो । जिएमबाट हटाउन लागेकाहरुले त्यस्तो भनेका होलान्,’ न्यौपानेले भने । आफू बत्ती प्रवाह नियमित गर्नका लागि प्रयासरत रहेकोसमेत उनले दाबी गरे । ‘सबैभन्दा ठूलो ग्राहक हौं हामी । हामीलाई यस्तो अवस्थामा काट्न नहुने हो । बत्तीको महसुल सरकारको एउटा खल्तीबाट अर्को खल्तीमा जाने हो,’ न्यौपानेले भने, ‘विद्युत् प्राधिकरणले त्यसरी पनि हेर्नुपर्छ जस्तो लाग्छ । मन्त्रीज्यू पनि लागिरहनुभएको छ । संसद्मा पनि कुरा उठेको छ ।’उद्योगमन्त्री रिजालले पनि यस विषयमा आफूले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग कुराकानी गरिसकेको प्रभावसँग बताए । ‘दुईचोटि मन्त्रीजीलाई भनें । मन्त्रीजीले जोडाइदिन्छु भने पनि अहिलेसम्म जोडेको छैन । बिदामा गएपछि निमित्त पनि कोही छैन । चेक कसले काट्ने ? म लागिरहेको छु । क्याबिनेटमै पनि मन्त्रीज्यूसँग कुरा राखें,’ मन्त्री रिजालले भने । महाप्रबन्धक गायब हुँदा सबै समस्या निम्तिएको मन्त्री रिजालको आरोप छ । ‘बदमास रहेछ जिएम । मेरो स्वकीय सचिवले फोन गर्दा पटकपटक आउँछु । आज पनि आउँछु भोलि पनि आउँछु भनेको छ । तर आउँदै आउँदैन,’ उनले भने ।यसबारेमा विद्युत् प्रधिकरण केन्द्रसँग कुरा भएपछि मात्र विवाद सल्टिने गाइघाटस्थित उदयपुर विद्युत् केन्द्रले जनाएको छ । प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने बंगलादेशमा छन् । घिसिङ आज नेपाल फर्कने कार्यक्रम रहेको छ । यसपछि आफूले विस्तृत बुझेर निर्णय लिने प्रभावसँग बताए । महाप्रबन्धक बदमास रहेछन् ! -रमेश रिजाल
[caption id="attachment_64673" align="alignleft" width="240"] रमेश रिजाल ,मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति[/caption]
मन्त्रीज्यू उदयपुर सिमेन्ट पुग्नु, बत्ती काटिनु एकैचोटि भएछ नि ? अस्ति पुग्या थिएँ । साधारणसभा पनि भयो । जिएमको बदमासी हेर्नुस्, जिएमले के ग¥यो भने तीन दिनअघि नै खबर पाएको रहेछ । हामीलाई भन्दा पनि भनेनन् । काट्नुभन्दा अघि जिएम १० मिनेट अगाडि त्यहाँबाट भाग्यो । जिएम त बिरामी भएर अस्पताल आउनुभएको रे नि ? कहाँ बिरामी हुनु । त्यहाँबाट भागेको मान्छे । सबै उहाँविरुद्ध लागेको भन्ने छ नि ? बदमास रहेछ जिएम । मेरो स्वकीय सचिवले फोन गर्दा पटकपटक आउँछु भन्छन् । आज पनि आउँछु, भोलि पनि आउँछु भन्छन् त्यो आउँदै आउँदैन । अब कहिले जोडिन्छ त त्यहाँको बत्ती ? दुईचोटि ऊर्जामन्त्रीजी(शक्तिबहादुर बस्नेत)लाई भनें । मन्त्रीजीले जोडाइदिन्छु भने पनि अहिलेसम्म जोडेको छैन । महाप्रबन्धक न्यौपाने बिदामा गएपछि निमित्त पनि कोही छैन । चेक कसले काट्ने ? म लागिरहेको छु । क्याबिनेटमै पनि मन्त्रीज्यूसँग कुरा राखें । त्यहाँको कार्मचारीले २५ प्रतिशत त बुझाउनुपर्छ भन्छ रे । चेक काट्ने मान्छे गायब छ । सरकारी उद्योग धराशायी बन्दै रहेछ यसरी, अब के गर्नुहुन्छ ? बोर्डलाई भन्या छु । राष्ट्रको सार्वजनिक सम्पत्तिलाई हानि नपु¥याउनु भनेर भनेको छु । अब उनीहरु पनि अन्योलमा छन् । मैले सहसचिवलाई जिम्मा लगाएको छु यसबारे बुझ्न । यो जोगाउन लागिपरेको छु । केही नलागे प्रधानमन्त्रीज्यूसँगै भेट्छु ।
[caption id="attachment_64675" align="alignright" width="300"] गोपीकृष्ण न्यौपाने महाप्रबन्धक, उदयपुर सिमेन्ट उद्योग लिमिटेड[/caption] तुलामा जोखिन तयार छु । -गोपीकृष्ण न्यौपाने उद्योगको बत्ती काटिएछ, तपाईंलाई जानकारी छ कि छैन ? यो सिमेन्ट उद्योग सरकारी संस्था हो । अहिले धराशायी पनि हुँदै गएको छ । अप्ठेरो पनि हुँदै गएको छ । हाम्रो कस्ट हाइ भएको छ । त्यसलाई मिलाएर जाउँभन्दा हुन्छ भन्नुभएको थियो विद्युत्का हाकिमले । पत्रचार गर्न नपाउँदै अस्ति साधारणसभा सकिएर म हिँडे । अलि सञ्चो पनि भएन । म अध्यक्षज्यूलाई भनेर हिँडेको । म हिँडेपछि लाइन काटेछ । लाइन काटेपछि हामीले विज्ञप्ति जारी गरेका छौं । अहिले कस्तो छ उद्योगमा ? अहिले हाम्रा स्टाफलाई बत्ती छैन । पानी छैन । पानी पम्पिङ गरेर तान्नुपर्छ । कमसेकम बत्ती पानी छाडे त अरु के हुन्थ्यो ? हाम्रो सरकारी संस्था हो हामी कहाँ जान्थ्यौ र ? कुलमान घिसिङसँग बसिन्थ्यो । भड्याङभुडुङ गर्नुपर्ने अवस्था थिएन । कुलमान सर पनि बाहिर हुनुहुँदो रहेछ । तपाईं भागेर काठमाडौं आउनुभएको हो ? म प्रेसरले यहाँ आएँ । खासै डराउनुपर्ने त रहेनछ । अब उता गएपछि स्टेप चाल्छु । एकपटक बसेर निर्णय लिन्छु । उद्योगमन्त्रीलाई पनि जाहेरी गरिसकेका छौं । यति हो कुरा । मन्त्री पुग्नेबित्तिकै बत्ती काटिनुको कारण के होला ? यो चाहिँ खोज पत्रकारितालाई छोड्दिउँ कि ? केही कतै न कतै उद्योग बन्द गराउँदा केही हुन्छ कि भनेर लागेका हुन् कि ? निजी क्षेत्रका कारण त हैन ? त्यतिमात्र हैन । निजी क्षेत्रको ढुंगामा आश होला । अरु के–के मा आश होला नि, विभिन्न । तपाईं काठमाडौंमा भाग्ने, अनि पार लाग्ला त ? म दुईटा योजनाले यता छु । पुरानो चिजहरुको बेथितिले पनि केही साथीहरुले असहयोग गर्ने काम भएको छ । तपाईंमाथि भ्रष्टाचारको आरोप पनि लागेको रहेछ ? त्यो साथीहरुले नबुझेर गर्नुभएको होला । जिएमबाट हटाउन लागेकाहरुले त्यस्तो भनेका होलान् । म तुलामा जोखिन तयार छु ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उखु किसानलाई अनुदान रकम प्राप्त 
उखु किसानलाई अनुदान रकम प्राप्त  बिहीबार, भदौ १९, २०८२
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप बुधबार, भदौ ११, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत मंगलबार, असार ३१, २०८२
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि बुधबार, असार १८, २०८२
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी शुक्रबार, असार १३, २०८२
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट बुधबार, असार ११, २०८२
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो बुधबार, असार ११, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP