Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नयाँ लडाइँ
सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नयाँ लडाइँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३१, २०८०
Narendra kc (1)
Hardik health
वर्तमान सरकार गठन भइसकेपछि केही समय जनताले आशा र आशंका दुवै हिसाबले नै हेरेका थिए । एकपछि अर्को गर्दै सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि पक्षमा जसरी प्रभावकारी काम थालेको छ, यसले विस्तारै जनतामा रहेको आशंका हट्दै र आशा बढ्दै गएको छ । लामो समयदेखि निराशा र आक्रोश बढ्दै गरेको नेपाली समाजमा जसरी आशावाद देखापर्न खोज्दै छ, यो निकै ठूलो परिवर्तन हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले २६ वैशाखमा काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै भनेका थिए, ‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको छ । यो लडाइँमा जनयुद्धको जस्तै साथ चाहिएको छ । विकास र समृद्धिविना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न सकिँदैन । त्यसमा पनि तपाईंहरुको हिजो (जनयुद्ध)को जस्तो साथ सहयोग आवश्यक छ । म तपाईंहरुसँग अपिल गर्न चाहन्छु ।’ साथै, उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीनवटा शब्दलाई बढी महŒव दिएको उल्लेख गर्दै भनेका थिए, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनीहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’ सामाजिक न्याय, सुशासन र समृद्धि अर्थात् यी ‘तीन स’लाई आफू सरकारमा आएदेखि नै प्राथमिकतामा राखेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले उद्घोष गरेका थिए । प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्धको अभियानलाई नयाँ जनयुद्धको संज्ञा किन दिए । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेर २०६३ मंसिर ५ को शान्ति सम्झौता नहुँदासम्म चलेको जनयुद्ध नेपाली इतिहासमै जनताले चलाएको नेपाली इतिहासकै लामो सशस्त्र संघर्ष थिए । यद्यपि, २००७ सालको आसपास वा २०२८ देखि २०३१ को आसपास तथा २०४२ को आसपासमा विभिन्न राजनीतिक शक्तिहरुले छोटो प्रकृतिका सशस्त्र संघर्ष सञ्चालन गरेका थिए । जनयुद्धको नेतृत्व गरेको, लडेको, देखेको, सुनेको वा भोगेको पुस्ताका लागि यो वर्णन नौलो नभए पनि नयाँ पुस्ताका लागि नयाँ हुनसक्छ किनकि जनयुद्ध सकिएपछि जन्मेको पुस्ता पनि अब युवाअस्थामा प्रवेश गर्ने समय भइसकेको छ ।देशको ८० प्रतिशत भूभागमा तत्कालीन पुरानो राज्यसत्ताको उपस्थिति शून्य बनाएर जनसत्ता चलाएको र त्यसमार्फत न्याय, समानता र सुशासनको अभ्यास सुरु भएको थियो । जनयुद्धको प्रमुख सफलता भनेको सामाजिक जागरण र राजनीतिक परिवर्तन नै हो । नेपालमा जनयुद्ध नभएको भए यति चाँडै नेपाली समाज जाग्ने थिएन । वर्ग, जाति, क्षेत्र, लिंग, भाषा आदिका नाममा जुन विभेद र बहिष्करणको अवस्था थिए, यसको एकमुष्ट अन्त्य गर्ने विगुल जनयुद्धले नै फुकेको हो । हो, यी क्षेत्रले अहिले जीवन व्यवहारमा पूर्णमुक्ति पाइसकेका छैनन् तर शोषणको सामन्ती स्वरुप र संरचनाको अन्त्य भने भएको छ ।के अब पनि कोही जमिन्दारले किसानमाथि शोषण गर्ने आँट गर्ला ? पुरुषले महिलामाथि शोषण गर्दा हिजोको जस्तै महिलाहरु अब चुप लागेर बस्लान् ? हिजोको जस्तो आज कथित उच्च जातिले दलित वा अन्य उत्पीडित समुदायमाथि खुलेआम अत्याचार गर्ने आँट किन गर्दैन ? आफ्नो अधिकारका लागि कर्णाली वा मधेसलाई संघर्ष गर्ने प्रेरणा र शक्ति कहाँबाट पैदा भयो ? नेपाली समाजलाई वस्तुनिष्ठ ढंगले अध्ययन गर्ने जो कोहीले पनि ढुक्कसँग भन्नसक्छ– यो अभूतपूर्व चेतना । जनयुद्धको पहल र प्रेरणाबाट स्थापित सामाजिक जागरणको जगमा जुन राजनीतिक परिवर्तन सम्भव भयो, त्यसकै उत्कर्ष हो– संघीय लोकतान्त्रिक गणतन्त्र । नेपालमा तमामखाले राजनीतिक आन्दोलन भए सबै सम्झौतामै टुंगिए । यद्यपि, जनयुद्ध पनि सम्झौतामै टुंगिएको हो । तर, सारमा बृहत् शान्ति सम्झौतामार्फत जसरी जनयुद्धको शान्ति प्रक्रियामा रुपान्तरण भयो, त्यसको मूल उद्देश्य नै राज्यको पुनर्संरचना र शासकीय रुपान्तरण हो । २०६२ मंसिरमा भएको १२ बुँदे समझदारीको अन्तरनिहीत दुई बुँदाको सार थिए, तत्कालीन सात दल संविधानमार्फत गणतन्त्रमा जान तयार हुनु र तत्कालीन माओवादी युद्ध छाडेर शान्ति प्रक्रियामा आउन तयार हुनु । जनयुद्धको स्मरण गर्दा दुई शब्दमै यसको उपलब्धिको संश्लेषण गर्न सकिन्छ कि सामाजिक जागरण र राजनीतिक परिवर्तन । आज नेपाली समाज अधिकारका लागि संघर्ष गर्नुपर्छ भन्ने जुन चेतना जागृत भएको छ, यसको प्रेरणा जनयुद्धकै हो । त्यस्तै आज राजनीतिकरुपमा मुलुक जसरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको रुपमा स्थापित छ, त्यसमा प्रेरणा मात्र होइन, जनयुद्धकै पहलकदमीको परिणाम हो । जनयुद्धको मुख्य उद्देश्य राजनीतिक परिवर्तनमार्फत जनताको जीवनमा रुपान्तरण ल्याउनु थियो । वि.सं. २०५२ मा जनयुद्ध सुरु गर्दा तत्कालीन नेकपा माओवादीले प्रष्टरुपमा भनेको थियो– आन्तरिकरुपमा सामन्तवादको अन्त्य र बाह्यरुपमा साम्राज्यवादसँग संघर्ष गर्दै जनताको जीवनमा रुपान्तरण ल्याइनेछ । आन्तरिकरुपमा सामन्तवादको राजनीतिक प्रतिनिधि राजतन्त्रको अन्त्य भएको छ भने सामन्तवादका आर्थिक, सामाजिक र सांस्कृतिक आयामहरु पनि कमजोर बन्दै छन् । तर, पनि जनताले आफ्नो जीवनमा परिवर्तनको अनुभूति गर्न नसकेको साँचो हो, अबको कार्यभार पनि यही बाँकी एजेण्डा पूरा गर्नु हो । ‘तीन स’ मा आधारित समाजवादको यात्रा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले उद्घोष गरिसकेका छन्– सामाजिक न्याय, सुशासन र समृद्धि अर्थात् यी ‘तीन स’ अब समाजवादी आन्दोलनका मुख्य एजेण्डा हुनेछन् । सामाजिक न्यायको क्षेत्रमा हामी प्रगतिउन्मुख अवस्थामै छौं । हिजो जे जति कारणले समाजमा पछाडि पारिएका तप्का थिए, उनीहरुको चेतना र जागरणमा ठूलो परिवर्तन आएको छ । भनिन्छ– गौतम बुद्धले चार आर्यसत्य पत्ता लगाउनुअघि धेरै मानिसमा दुःखको पनि कारण हुन्छ भन्ने चेतना थिएन । जब कार्लमाक्र्सले शोषणको कारण हुन्छ र त्यसको अन्त्यका लागि शोषित वर्गले वर्ग संघर्ष गर्नुपर्छ भन्ने नयाँ वैज्ञानिक मान्यता स्थापित गरे त्यसले मानव जातिमा मुक्तिको नयाँ मार्ग पहिल्याइदियो । जनयुद्धको माध्यमबाट नेपालमा सयौं वर्षदेखि शोषण दमनमा परेका वर्ग, जाति, समुदाय, भाषा, संस्कृतिका मानिहरुले शोषणबाट मुक्ति पाउन संघर्षको बाटो अपनाए । आज यो चेतनास्तरको स्तर कसैले खोस्न नसक्ने गरी विस्तार भइसकेको छ । सामाजिक न्यायको क्षेत्रमा यो ठूलो पुँजी हो, अब समाजमा विस्तार भएको चेतनाको स्तरबाटै राज्यले पनि कार्यक्रम बनाउँदै लैजान सके नेपालमा सामाजिक न्यायको सम्भावना धेरै टाढा छैन । नेपालमा सबैभन्दा ठूलो समस्या हो– सुशासन । सीमित स्रोत साधन हुनु हाम्रो बाध्यता छ भने त्यही सीमित स्रोत साधनको पनि न्यायोचित वितरण नहुनु बरु शक्ति र पहुँचको आधारमा सीमित मानिसले राज्यको स्रोत साधनमा लुट मच्चाउनु यथार्थ बनेको छ । राज्यसत्ता वा स्रोतमा पहुँच हुनेहरुले खाएर अघाएर डकारेको गन्ध मात्रै जनताको भागमा पर्ने जुन अवस्था छ, यसको अन्त्य नगरी हिजोको जनयुद्धको बाँकी कार्यभार पूरा हुँदैन । राज्यको नीति निर्माण तहमा पुगेकाहरुले कतिसम्म अत्याचार गर्दा रहेछन् भन्ने बुझ्न नक्कली भुटानी शरणार्थी प्रकरण नै काफी बनिदिएको छ । आफ्नै नागरिकबाट ठूलो परिमाणमा पैसा लिएर उनीहरुलाई नै अनागरिक घोषणा गरी अर्को देशमा पठाउन तयार हुनु भ्रष्टाचार मात्र होइन, गम्भीर जनघात र राष्ट्रघात हो । यदि यो प्रकरणमा दोषीमाथि कारबाही हुनसक्यो भने नेपालमा सुशासनको जग यहीँबाट सुरु हुनेछ । सुशासन एउटा भनिने शब्दमात्र होइन, गरिने व्यवहार पनि हो भनेर पुष्टि हुनेछ । सुशासनको आधार तयार बन्दै गयो भने नेपालमा आफ्नै मौलिकताको समाजवादको आधार खडा हुनेछ । नक्कली शरणार्थी प्रकरणको कारबाहीमा जसरी सरकारले सफलता प्राप्त गरेको छ र जनस्तरबाट व्यापक समर्थन प्राप्त भएको छ, अन्तिमसम्म पनि यो स्थिति कायम रह्यो भने नेपालमा सुशासनको क्षेत्रमा यो कोशेढुंगा हुनेछ ।सुशासनले नै नेपालमा समृद्धिको आधार तयार गर्नेछ । अहिले नेपाल आर्थिकरुपमा विपन्न हुनुको प्रमुख कारण भ्रष्टाचार हो । देशभित्रै केही गरौं भन्ने ठूलो पंक्ति उपयुक्त वातावरणको अभावमा विदेशिन बाध्य छ । सानो काम गर्दा पनि घूस, भनसुन, पहुँच आदि नभई नहुने र आमजनताको सत्ता र शक्तिसँग पहुँच नहुने कारणले निरासा र आक्रोश बढ्दै गएको छ । पछिल्ला निर्वाचनमार्फत जनताले गरेको ब्यालेट विद्रोहको सामान्य अर्थ छैन । जनताले सामाजिक न्याय, सुशासन र समृद्धि चाहेका छन्, त्यसको नेतृत्व कसले गर्छ भन्ने उनीहरुका लागि गौण हुँदोरहेछ । वर्तमान सरकार गठन भइसकेपछि केही समय जनताले आशा र आशंका दुवै हिसाबले नै हेरेका थिए । एकपछि अर्को गर्दै सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि पक्षमा जसरी प्रभावकारी काम थालेको छ, यसले विस्तारै जनतामा रहेको आशंका हट्दै र आशा बढ्दै गएको छ । लामो समयदेखि निराशा र आक्रोश बढ्दै गरेको नेपाली समाजमा जसरी आशावाद देखापर्न खोज्दै छ, यो निकै ठूलो परिवर्तन हो । यसलाई जोगाउन सके यहीँबाट सुरु गर्न सकिनेछ समाजवादको नयाँ यात्रा । त्यसैले प्रधानमन्त्री दाहालले उद्घोष गरेजस्तै जनयुद्धको बाँकी कार्यभारको रुपमा रहेको सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ लडाइँ पूरा गर्न पनि एकपटक जनयुद्धमा जस्तै जनताको साथ सहयोग आवश्यक छ । -नरेन्द्र केसी  
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP