रुपन्देही - चोरीपैठारीको लत्ताकपडा र चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चिनी बिहीबार सशस्त्र प्रहरीले बरामद गरेको हाे ।
भारतबाट नेपालतर्फ अवैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा) रुपन्देहीले बरामद गरेको हो ।
बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० १७:४६