Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • नयाँ दिल्लीमा विधानसभाको चुनाव – आम आदमीको अग्रता कायमै
नयाँ दिल्लीमा विधानसभाको चुनाव – आम आदमीको अग्रता कायमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
667190-01-02
Hardik health
नयाँ दिल्ली– भारतको नयाँ दिल्लीमा विधानसभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले यस पटक पनि विशाल जीत हासिल गर्ने पक्का देखिएको छ । साँझ ५ः३० बजेसम्मको मत गणनामा आपले कूल ७० सीटको विधानसभामा ३४ सीटमा जीत निकालेको छ भने २९ सीटमा अग्रता कायम गरेको छ । केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा यस पहिलेको तुलनामा जनमत जम्मा गरेको देखिए पनि निर्वाचनमा धेरै सीट विजय गर्न भने नसक्ने देखिएको छ । दिल्ली विधानसभामा भाजपाले साँझसम्म तीन सीटमा विजय निकालेको छ भने अन्य चार स्थानमा अग्रता कायम गरेको छ । दिल्ली विधानसभामा भारतीय कँग्रेसले प्रारम्भिक मतगणनामा एक दुई स्थानमा अग्रता कायम गरे पनि दिन ढल्दै जाँदा उसलाई अन्य दलले पछाडि पारिदिएका छन् । कँग्रेसले दिल्लीमा सन् २०१३ पूर्व लामो समयसम्म आफ्नो नेतृत्वमा सत्ता चलाएको थियो । आपले निर्वाचनमा दोहो¥याएर विशाल विजय निकाल्ने देखिएपछि देशका विभिन्न राजनीतिक नेताहरूले नेता अरविन्द केजरीवाललाई वधाई सन्देशहरू आउन थालेको छन् । केजरीवाललाई वधाई दिँदै पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन् ‘अरविन्द केजरीवाललाई धेरै धेरै वधाई ! अहिले भारतीय जनता रोटी, कपडा र बास (घर) चाहन्छन् । प्रवृत्ति एकदमै स्पष्ट छ कि राजनीतिमा छलकपटले काम गर्दैन ।’ त्यस्तै केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि केजरीवाललाई उनको पार्टीको शानदार विजयका लागि बधाई दिएको छ । ‘अरविन्द केजरीवाल र आमआदमी पार्टीलाई दिल्ली चुनावमा ठूलो जीतका लागि बधाई छ । यो जीत हाम्रो देशको जन–समर्थक र समावेशी राजनीतिको लागि आश्रयस्थल होस् ।’ द्रविदा मुन्नेत्र काझागम (डीएमके)का नेता एमके स्टालिनले ट्वीटर सन्देशमा मार्फत भनेका छन्, ‘अरविन्द केजरीवाल र आमआदमी पार्टीलाई पुनः दिल्लीमा सरकार गठन गर्न पाएको वृहत् जनादेशका लागि बधाई छ । विकासले साम्प्रदायिक राजनीतिलाई बिगार्न सक्छ भन्ने कुरा स्पष्ट छ । सङ्घीय अधिकार र क्षेत्रीय चाहनालाई हाम्रो देशको हितमा सुदृढ बनाउनुपर्दछ ।’ समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले दिल्ली निर्वाचन परिणामबारे पत्रकारहरूसँग कुराकानी गर्दै भने ‘दिल्ली चुनावको नतिजाले देशभर सन्देश पठाउनेछ कि किसान, गरिब र युवाले विकास र समृद्धिलाई मतदान गर्छन् । जनताले दिल्लीमा साम्प्रदायिक राजनीतिको विरूद्ध मतदान गरे ।’ कडा सुरक्षाका बीचमा शहर भरिका २१ केन्द्रहरूमा मतगणना भइसकेको छ । (रासस÷एएनआई)
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०७:४९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP