Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पूर्वगृहमन्त्री खाण पक्राउपछिको तरंग
पूर्वगृहमन्त्री खाण पक्राउपछिको तरंग
बिहीबार, वैशाख २८, २०८०
Bal krishna khand arrest
Hardik health
काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार भएपछि सेलाउँदै गएको नक्कली शरणार्थी प्रकरण बुधबार पुनः गर्मायो । बिहानै काठमाडौंको मैजुबहालबाट पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि दिनभर यसैले गर्माएको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं ठगी गरेको प्रकरणमा मुछिएपछि रायमाझी फरार छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकै संरक्षण रहेको आरोप लागेको छ । प्रहरीमा आफैं आउने बताएका रायमाझी एकाएक फरार भएको हप्ता दिन बितेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष ओलीले भेटेलगत्तै रायमाझी फरार भएका थिए । त्यसलगत्तै ओलीमाथि रायमाझी जोगाउन लागिपरेको आरोप लागेको हो । विपक्षी नेता नै जोगिएपछि यो प्रकरणमा मुछिएका सत्तारुढ दलका शक्तिशाली नेतासमेत रहेका पूर्वगृहमन्त्री पक्राउ पर्नेमा धेरैले शंका व्यक्त गरेका थिए । तर, खाण बिहानै मैजुबहालबाट पक्राउ परे । उनी पक्राउ परेसँगै सनसनी फैलियो । प्रहरीमा चार घण्टा बयान खाणलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा प्रहरीले चार घण्टाभन्दा बढी समय खाणसँग घटनाबारे सोधपुछ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाणसँग सोधपुछ गरेको हो । नक्कली शरणार्थी प्रकरणमा रकम बुझेको बयान र केही प्रमाणसमेत भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी अधिकारीहरु बताउँछन् । पूर्वगृहमन्त्री खाणलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा राखेर प्रहरी कार्यालय पु¥याइएको थियो । स्कर्पियोमा चार÷पाँच जना प्रहरीसमेत राखेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो । अदालत लैजाँदा भने प्रहरीको भ्यानमा लगियो । उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । सरकारी वकिलको कार्यालयमा भने खाणले कसैलाई पनि नक्कली शरणार्थी बनाएर अमेरिका नपठाएको दाबी गरेका छन् । ‘नक्कली शरणार्थी बनाएर कसैलाई पनि अमेरिका पठाइएको छैन । कोही पनि अमेरिका नगएको घटनामा कसरी ठगी भयो?,’ खाणले प्रश्न गरेको प्रहरी स्रोतले जनायो ।
. बिहान ९ बजे पूर्वगृहमन्त्री बालकृष्ण खाण मैजुबहालबाट पक्राउ . पक्राउपछि काठमाडौं प्रहरी परिसरमा पाँच घण्टा केरकार .काठमाडौं जिल्ला अदालत लगिएका खाणविरुद्ध तीन दिन हिरासतमा राख्न अनुमति . सिंहदरबारमा प्रधानमन्त्रीसहित देउवा र ओलीको छलफल . फरार रहेका आफ्ना सचिव टोपबहादुर रायमाझीलाई एमालेले ग¥यो निलम्बन . आफू बिरामी रहेको भन्दै इमेलमार्फत संसद्मा रायमाझीको पत्र . आफ्नो नाम जोडेर आएको भिडियो फेक भन्दै साइबर ब्युरोमा कांग्रेस नेतृ आरजु राणाको निवेदन . साँझ देउवानिवास धुम्बाराहीमा कांग्रेसको आकस्मिक पदाधिकारी बैठक
तीन दिन हिरासतमा राख्न अनुमति नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार पक्राउ परेका खाण र केसीको हकमा तीन दिन र अन्यको हकमा चार दिन म्याद थपको सिफारिससहित अदालतमा पेस गरेको थियो । अदालतबाट माग भएबमोजिम नै म्याद थप भएको हकमा भने चार दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । खाणलाई जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । को–को पक्राउ परे ? नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । यसअघि मंगलबार काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ । सचिव पाण्डेलाई हाल निलम्बन गरिएको छ । उक्त घटनामा मुछिएका एमालेसचिव रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको जाहेरी दिएका छन् ।   आरजु साइबर ब्युरोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो ‘फेक’ भएको भन्दै छानबिन गरी दोषीलाई कारबाहीको मागसहित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । खाण पक्रिनसाथ उनले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन् । ‘विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् । उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कारबाही होस् भनी यो निवेदन पेस गरेको छु,’ डा. राणाले दर्ता गरेको निवेदनमा भनिएको छ । यस प्रकरणमा आरजु, बालकृष्णपत्नी मञ्जु र बालकृष्णको नाम मुछिएको छ । स्मरण रहोस्, पूर्वगृहमन्त्री खाण विज्ञप्तिमार्फत आफू घटनामा संलग्न नरहेको भन्दै शनिबारमात्र प्रस्टीकरण दिएका थिए ।   पार्टी सचिवबाट निलम्बित, बिरामी भएको पत्र संसद्मा वैशाख २० मै पक्राउ पुर्जी जारी गरिएका एमालेसचिव रायमाझीलाई जोगाउन ओलीले अनेक गरे । तर, कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि एमाले अप्ठेरोमा प¥यो । मंगलबार सचिवालय बैठक राखे पनि रायमाझीको विषयमा एमालेले निर्णय गरेको थिएन । खाण पक्राउ परेको केही समयमै एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरे । विज्ञप्तिमा उनको सचिव पद निलम्बनमा परेको र अनुसन्धानमा प्रहरीलाई सघाउन पार्टीको निर्देशन थियो । लगत्तै रायमाझी बिरामी भएको जानकारीसहितका पत्र संसद्मा आयो । रायमाझीले आफू बिरामी रहेकाले संसद्को बैठकमा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएका हुन् ।   संसद् अधिवेशन सुरु भएर प्रतिनिधिसभाको बैठक २४ वैशाखयता दैनिक बसिरहेको छ । फरार भएकाले उनी बैठकमा उपस्थित हुन सकेका छैनन् । त्यसैले बिरामी भएको दाबी गर्दै पत्र पठाएका हुन् । संसद् बैठकमा अनुपस्थित हुने सांसदको बिदा स्वीकृत हुनुपर्ने व्यवस्था छ । लगातार १० पटकसम्म बैठकमा अनुपस्थित भए कारवाही हुने व्यवस्थासमेत रहेको छ । गृहमन्त्रीसँग शीर्ष तीन नेताको भेट पूर्वगृहमन्त्री पक्राउ परेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रधानमन्त्रीसहित शीर्ष नेताले भेटे । सिंहदरबारमा गृहमन्त्री श्रेष्ठ, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको भेट भएको हो । प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी ठगीका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको जानकारी दिए । ‘हामीले प्रस्ट भाषामा भनेका छौं, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले आदेश दिएका छौं । प्रहरीले आफ्नो काम गरेको छ । यसकारण यो विषयमा द्विविधा हुनुपर्ने, आशंका गर्नुपर्ने कारण छैन,’ प्रधानमन्त्री दाहालले भने । गृहमन्त्री श्रेष्ठले शरणार्थी प्रकरणको अनुसन्धानमा दोषी देखिएकाहरूलाई प्रहरीले नछाड्ने बताए । ‘मैले प्रहरीलाई निर्देशन दिएको छु । त्यसको आधारमा प्रहरी निर्भिकतापूर्वक, निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अगाडि बढाउन र त्यसलाई निष्कर्षमा पु¥याउन लागिपरेको छ । जो अनुसन्धानले देखाउँछ, उनीहरुलाई प्रहरी प्रशासनले छोड्दैन,’ बैठकपछि श्रेष्ठले भने । के भयो कांग्रेस बैठकमा ? यता नेपाली कांग्रेस पनि पूर्वगृहमन्त्री खाण पक्राउबारे छलफल गर्न पदाधिकारी बैठकमा जुट्यो । पार्टी सभापति देउवाको निवास धुम्बाराहीमा बुधबार साँझ बसेको पदाधिकारी बैठकमा खाण पक्राउ प्रकरणबारे छलफल भएको थियो । यस प्रकरणमा मुछिएका खाण बिहान पक्राउ परेसँगै कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा राजधानीमा उपलब्ध पदाधिकारीहरु उपस्थित भएका थिए । यस प्रकरणमा खाणले सरकारलाई अनुसन्धानमा सघाएको कांग्रेसको ठम्याइ रहेको पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । ‘बालकृष्णजीको सन्दर्भमा उहाँ आफैंले सहयोग गर्छु भन्नुएको छ । पार्टीको आधिकारिक धारणा नै यो हो कि उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ,’ बैठकपछि प्रवक्ता डा. महतले भने । यस्तो छ खाणको राजनीतिक यात्रा २०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बनेका खाण २०४८ मा ३० वर्षकै उमेरमा सांसद भएका थिए । २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष भएका उनी २०५६ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्य बने । २०६१ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री बनेका खाण २०६६ मा सिँचाइमन्त्री भए । त्यस्तै, २०७३ मा रक्षामन्त्री भएका उनी २०७८ मा गृहमन्त्री बने । २०४८ सालमा रुपन्देही–३ बाट निर्वाचित भएका खाण २०५१ को मध्यावधि निर्वाचनमा भने पराजित भए । २०५६ मा चुनावी प्रतिस्पर्धा गरेका उनी २०६४ रुपन्देही–३ बाटै निर्वाचित भएका थिए । २०७० मा सोही क्षेत्रबाट विजयी भएका खाण २०७४ मा प्रत्यक्ष चुनाव लडेनन् । खाण समानुपातिकबाट सांसद बने । गत मंसिर ४ मा भएको निर्वाचनमा भने गृहमन्त्री रहेकै अवस्थामा खाण रुपन्देही–३ मा पराजित भए । खाणले यसपटक आफू प्रत्यक्षमा उम्मेदवार भएर श्रीमती मञ्जु खाणलाई समानुपातिक सांसद बनाउन सफल भए । त्यसैगरी श्रीमती मञ्जुलाई केन्द्रीय सदस्य जिताउन पनि सफल भए । त्यसो त खाणले आफ्नै भाइलाई जिल्ला सभापति बनाएपछि उनी विवाद तानिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP