काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमालेले बुधबार एक विज्ञप्ति जारी गरी जनाएकाे हो ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
[caption id="attachment_64084" align="alignnone" width="676"]

uml[/caption]