काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको राप्रपा सांसद्हरुले उठेर विरोध गरेकाेले प्रतिनिध सभा बैठक स्थगित भएको छ।
बुधबार प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै राप्रपा सांसद्हरुले उठेर विरोध जनाएका थिए।
अमेरिका पठाउने भन्दै भुटानी शरणार्थी बनाएर नेपाली नागरिकबाट पैसा उठाएर ठगी गरेको प्रकरणमा संसद्मा आवाज उठाउन पाउनुपर्ने भन्दै राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सभामुखको ध्यानाकर्षण गराएका थिए।
संसद्मा अहिले अन्य विषय प्रवेश नगराउने सहमति भएको भन्दै सभामुख देवराज घिमिरेले प्रि–बजेट छलफल बाहेक निर्धारित कार्यसूचीअनुसार संसद् बैठक अगाडि बढाउन खोजेपछि राप्रपा सांसदहरुले अवरोध सिर्जना गरेका हुन्।
राप्रपाका सांसद्हरुले वेल घेराउसहित अवरोधपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।