चितवन -आगलागी नियन्त्रण सम्बन्धि डेमोस्ट्रेशन सशस्त्र प्रहरी बलले अभ्यास प्रर्दशन गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म छरछरे (विओपी छरछरे)ले चितवन जिल्लाको माडी नगरपालिकास्थित सशस्त्र प्रहरी बल, नेपालका बि.ओ.पि.हरु, ईलाका प्रशासन कार्यालय, स्थानीय प्रहरी लगायत अन्य सरोकारवाला निकायहरुको सहभागितामा मंगलबार सोही नगरपालिकाको संयोजकत्वमा आगलागी नियन्त्रण सम्बन्धी व्यवहारीक अभ्यास प्रर्दशन गरेको हाे ।
ग्यास सिलिण्डर विष्फोटन र कुनै पनि स्थानमा आगलागी भएमा सो को नियन्त्रणका साथै धनजनको क्षति न्यूनिकरणको सम्बन्धमा सशस्त्र प्रहरी बल
नेपालका कर्मचारीहरुले डेमोन्स्ट्रेशन गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका सदस्य माननीय ठाकुर ढकाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरको उपस्थिति रहेको थियो ।