Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद्‍मा ‘अमर्यादित’ यात्रा
संसद्‍मा ‘अमर्यादित’ यात्रा
मंगलबार, वैशाख २६, २०८०
Amresh-stunt
Hardik health
- सभामुखले आकस्मिक समयमा बोल्न नदिँदा सांसद अमरेशकुमार सिंहले कपडा फुकाले - भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियारमा परेलगत्तै सिंहको अश्लील हर्कत - २०५१ पछिको संसद्मा हालका राष्ट्रपतिमाथि हातपात - ३ मंसिर २०६७ मा बजेटको ब्रिफकेस खोसाखोस -२०७१ को माघमा ओली, भण्डारी र नेम्बाङलक्षित संसद्मै कुर्सी प्रहार - गत वर्षको भदौ अन्तिममा एमाले सांसदहरू मर्यादापालकको टाउकाटाउकामा
काठमाडौं– नीति निर्माण गर्ने थलो संघीय संसद्मा सांसदहरू घरिघरी अनेक ताण्डव देखाउँछन् । कहिले सरकार त कहिले सभामुखको विरोध गर्ने नाममा कतिपय सांसदहरू अश्लील, असभ्य र अमर्यादित व्यवहार प्रदर्शन गर्न गर्दछन् । जुन सोमबार पनि संसद्मा दोहोरियो । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अश्लीलता र असभ्यता दुवै झल्किनेगरी संसद् बैठकको सुरुमै कपडा फुकालेर अर्धनग्नता प्रदर्शन गरे । कारण– सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्न नदिनु । उनले कपडा फुकालेर अर्धनग्नता प्रदर्शन गर्दा छेउमै रहेका जनमत पार्टीका सांसद डा. चन्द्रकान्त (सिके) राउत भने मुसुमुसु हाँसे । अन्य सांसदहरू भने मुखामुख गरे । यस्तो हर्कत देशको संसदीय इतिहासमा पहिलो हो । ठ्याक्कै यस्तै खालको विरोध शैली कुनै पनि सांसदले यसअघि अपनाएका थिएनन् । संसद्मा सांसद सिंहले भ्रष्टाचारबारे बोल्न आकस्मिक समय सभामुख घिमिरेसँग माग गरेका थिए । सभामुख घिमिरेले समय नदिँदा विरोधमा उनले स्टकोट, सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । लगत्तै सभामुख घिमिरले संसदीय मर्यादाको ख्याल गर्न चेतावनी दिए । प्रतिनिधिसभा नियमावलीको नियम २१ मा संसद्मा हुने छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमसम्बन्धी व्यवस्था छ । जहाँ सभामुखको ध्यानाकर्षण गर्न उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममाबाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ । तर, सांसद सिंहले आकस्मिक समय नपाएको झोंकमा असन्तुष्ट हुँदै कपडा खोलेका हुन् । आइतबारमात्रै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसबारे बोल्न सभामुखलाई आग्रह गरेको उनले बताएका छन् । ‘सभामुखलाई आग्रह गरें । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु । दुई मिनेट पाउने हो त्यो समय पाऊँ । सभामुखलाई पहिल्यै भनेको थिएँ, समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु,’ कपडा खोलेपछि सामाजिक सञ्जालमा लेखेका छन् । संसदीय मर्यादाअनुसार संसद्मा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न पाइँदैन । नियमावलीको यही व्यवस्था उल्लंघन गरेको भन्दै सभामुख घिमिरेले अन्यथा कारबाही हुने चेतावनी दिएका थिए । ‘तपाईंलाई म चेतावनी दिन चाहन्छु । तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नूस्,’ घिमिरेले आक्रोशित हुँदै भने । त्यसपछि अमरेशले फुकालेका कपडा लगाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद डा. धवलशमशेर जबराले भने दाहाल सरकार र अहिलेको राजनीतिक व्यवस्थाको नांगोपनलाई डा. सिंहले नांगिएर विरोध गर्नु ठीक भएको बताए । ‘भर्खरै एक जना माननीय नांगिनुभयो । उहाँ नांगिनुको अर्थ अहिलेको सरकार भ्रष्टाचारले नांगिसकेको छ । व्यवस्था नांगिएको छ,’ डा. जबराले संसद् बैठकमा भने । संसद्मा फरक–फरक हर्कत संसद्मा यस्तो हर्कत गर्ने डा. सिंहमात्रै होइनन्, थुप्रै छन् । गत वर्षको भदौ अन्तिम साता सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउन लाग्दा एमाले सांसदहरू मर्यादापालकको टाउकाटाउकामा चढे । तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको टाउको फुटाउने अभिव्यक्ति उनीहरूले दिए । नेकपा सरकार हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तँ’ जस्तो शब्द संसद्मै प्रयोग गरे । जुन शब्द सभामुख कृष्णबहादुर महराले हटाउन निर्देशन दिनुप¥यो । त्यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा ६ माघ २०७१ मा माओवादीबाट सिँचाइमन्त्री भएका उमेशकुमार यादवले कुर्सी उचालेर तोडफोड गरेका थिए । त्यसबेला संसद्मा ओली, विद्यादेवी भण्डारी र सभामुख सुवास नेम्बाङमाथि हातपातको प्रयाससमेत भएको थियो । त्यसअघि ३ मंसिर २०६७ मा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसद्मा बजेट पेस गर्नेबारे विवाद भएको अवस्थाबीच माओवादी सांसदहरूले ब्रिफकेस खोसेर दुव्र्यहार गरेका थिए । त्यसबेला सांसदहरूबीच हात हालाहालको स्थिति नै सिर्जना भएको थियो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले त सभामुख हुँदा एमालेका राष्ट्रियसभा सदस्य गोल्छे सार्कीको कुटाइ नै खानुप¥यो । पौडेलले त्यसबेला आफूलाई जिस्क्याएको सार्कीको भनाइ थियो । सहन नसकेर सभामुख पौडेलमाथि हातपात गरेको उनले भनेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP