Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नक्कली शरणार्थी प्रकरण
नक्कली शरणार्थी प्रकरण
आइतबार, वैशाख २४, २०८०
prachanda top kp
Hardik health
काठमाडौं– नेपालीलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका लैजाने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि एमालेका सचिव टोपबहादुर रायमाझी ‘फरार’ छन् । बुधबार सांसदसमेत रहेका रायमाझी सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीमा एक विद्यालयको हीरक महोत्सवमा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै रायमाझीले भनेका थिए– प्रहरीलाई अनुसन्धानमा सघाउँछु । भोलिपल्ट दिउँसो २ बजे प्रहरीको सम्पर्कमा आउने बताएका उनी शनिबार यो समाचार तयार पार्दासम्म सम्पर्कमा आएका छैनन् । दाहाल–ओली भेटपछि गायब ! आफ्नो पार्टीका सचिवलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि एमाले अध्यक्ष ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेटे । भेटपछि ओलीले पक्राउ पुर्जी काटिनुलाई ‘रहस्यमयी’ भनेका थिए । ओलीले यसलाई षड्यन्त्र भएकोतर्फ संकेत गरेका थिए । प्रधानमन्त्रीसँग ओलीको भेटपछि रायमाझी गायब भएका हुन् । रायमाझी कहाँ छन् त अहिले ? अहिले सर्वाधिक चासोको विषय बनेको छ । अनुसन्धानमा सघाउने वचन दिएका रायमाझी फरार हुनुले घटना अझ रहस्यमयी बन्न थालेको छ । कतै ओली नै ठगी प्रकरणमा जोडिएका व्यक्तिलाई जोगाउन लागिपरेका त हैनन् ? धेरैले यही प्रश्न गर्न थालेका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग ओलीको सवालजवाफ -उपप्रधानमन्त्री भइसक्नुभएको मान्छे हराउनुहुन्न भन्नुभएको थियो, कहाँ हुनहुन्छ उहाँ ? यो तपाईंहरुले खोज्ने कुरा हो । -तपाईंहरुको त सम्पर्कमा हुनुहुन्छ होला नि ? मेरो सम्पर्कमा हुनुहुन्न । -कहिले आउनुहुन्छ उहाँ अब ? सोध्नुस् न उहाँलाई । -तपाईं अभियुक्तलाई बचाउन लाग्नुभयो भन्ने कुरा आरोप छ नि ? (हाँस्दै) तपाईंहरुलाई विश्वास लाग्यो त्यस्तो कुरा ?
यही मेसोमा ओलीले शनिबार पनि प्रधानमन्त्री दाहालसँग भेटेका छन् । भेटमा प्रधानमन्त्रीसँग ओलीले यस विषयमा कुराकानी गरे । ओलीको सोधनीमा आफूले सामान्य कुराकानी गरेको दाहालको भनाइ थियो । ‘उहाँले अस्ति कुरा गर्नुभएन भन्नुभएको थियो सञ्चारकर्मीसँग । अस्ति पनि कन्सर्न थियो यही विषयमा । मैले जेनेरल कुरा गरें,’ भेटपछि दाहालले भने । कतिपयले ओलीकै संरक्षणमा रायमाझी बालकोटमा रहेको बताएका छन् । यस विषयमा प्रश्न सोध्दा ओली भने पत्रकारसँग झोक्किए । ‘उपप्रधानमन्त्री भइसक्नुभएको मान्छे हराउनुहुन्न भन्नुभएको थियो, कहाँ हुनहुन्छ उहाँ ?’ पत्रकारको प्रश्न खस्न नपाउँदै झोक्किएर ओलीले भने, ‘यो तपाईंहरुले खोज्ने कुरा हो ।’ ओलीसँगको भेटपछि खरो दाहाल एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्री दाहाल खरो सुनिएका छन् । भेटलगत्तै ओलीले आरोपीलाई बचाउन भन्नुभएको हो ? दबाब दिनुभएको हो ? भनी पत्रकारले प्रश्न सोधेका थिए । जवाफमा दाहालले भने– प्रधानमन्त्रीलाई सीधै त्यसरी भन्न सक्छन् होला त ? म दबाबमा पर्दिनँ । तर, केहीबेरमै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको प्रकरणमा दोषीहरु पक्राउ पर्नु ‘ट्रेलर’मात्र भएको दाबी गरे । ‘यो ट्रेलरमात्रै हो, हेर्दै जानुस् सिंगै फिल्म देखिन्छ,’ दाहालले भने । भ्रष्टाचार प्रकरणको छानबिन थालेकाले आफूलाई घेराबन्दीको प्रयास हुन सक्नेसमेत दाहालको भनाइ थियो । जस्तोसुकै दबाब आए पनि आफू पछि नहट्ने प्रतिबद्धता उनले जनाए । ‘पक्कै पनि ठूलठूला घेराबन्दी होलान् । दबाबहरु आउलान् । धम्कीहरु होलान् । धेरै चिज हुन सक्छन् यो बीचमा । जतिसुकै ठूला धम्की र घेराबन्दीको अवस्था आए पनि सामना गरिनेछ,’ प्रधानमन्त्री दाहालले भने । पूर्वगृहमन्त्री खाणको आपत्ति नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत मुछिएका छन् । तर, उनले शनिबार वक्तव्य निकालेर आफ्नो बचाऊ गरेका छन् । वक्तव्यमार्फत खाणले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न गराएको खाणको भनाइ छ । ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेषित नगरी दिनुहुन अनुरोध छ,’ खाणले भनेका छन् । यो प्रकरणमा खाणकी श्रीमती मञ्जु खाणको नामसमेत मुछिएको छ । गत बुधबार प्रहरीले पक्राउ गरेका सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेको बयानका आधारमा पूर्वगृहमन्त्री खाणको नाम पनि अगाडि आएको हो । रायमाझीका छोरासहित को–को परे पक्राउ यस प्रकरणमा संलग्नता भएको आरोपमा एमालेसचिव रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । उनलाई बिहीबार नै जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सन्दीपलाई प्रहरीले बुधबार राति बुटवलबाट पक्राउ गरी बिहीबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेस गरेको थियो । बुधबार पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । उनीमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । गएको मंगलबार इन्द्रजित राई पक्राउ परे । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो । केही दिनयता उनी प्रहरीको हिरासतमा छन् । प्रहरीले उनका छोरा निरजलाई पनि खोजीको सूचीमा राखेको छ । चैत १२ गते ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्यबाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । विभिन्न व्यक्तिबाट पैसा असुल गरेको आरोप लगाउँदै काठमाडौं प्रहरी परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन् । उनीहरूले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गिरोहले वि.सं. २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको प्रहरी अनुसन्धानमा खुलेको छ । गत जेठमा पहिलोपटक अपराध अनुसन्धान कार्यालयमा यसबारे उजुरी परेको थियो । कतै रायमाझी पक्राउ परिसकेका त छैनन् ? आफैं सम्पर्कमा आउँछु भनेका एमालेसचिव रायमाझी सम्पर्कविहीन भएसँगै कतै उनी प्रहरीको नियन्त्रणमा त छैनन् ? भन्ने प्रश्न उठेको छ । कतिपयले उनी पक्राउ परिसकेको आशंकासमेत गर्न थालेका छन् । अन्तिम लोकेट बुटवल भएकाले उनलाई प्रहरीले हिरासतमा राखेको हुनसक्ने भन्दै एमालेकै नेताले शंका व्यक्त गरेका छन् । शनिबार एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले यसबारे प्रश्न गरे । ‘सरकारलाई नै प्रश्न छ– टोपबहादुरजी कहाँ हुनुहुन्छ ? हामीले पनि टोपबहादुरजी कतै गैरन्यायिक हिरासतमा पो छ कि भनेर खोजी गर्नुपर्ने बेला आएको छ । हाम्रो त नेता नै हो । पार्टीको सचिव हो । म सरकारलाई प्रश्न गर्न चाहन्छु,’ शनिबार रिपोर्टर्स क्लव बोल्दै तामाङले भने । एमाले वृत्तमा रायमाझी बुधबार नै पक्राउ परिसकेको हल्ला चलेको थियो । यद्यपि, एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग भेटेर पक्राउको घटनालाई गुपचुप राखी उनलाई उम्काउन खोजिएको कतिपयले आशंका गरेका छन् ।  
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP