Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दलीय स्वार्थको भूमरीमा न्यायालय
दलीय स्वार्थको भूमरीमा न्यायालय
शनिबार, वैशाख २३, २०८०
sarbocha
Hardik health
काठमाडौं– दलीय स्वार्थका कारण प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थप गिजोलिएको छ । सत्तारूढ र विपक्षी दलको सीधा स्वार्थ संवैधानिक परिषद्सम्बन्धी विधेयकमा बाझिँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नै अन्योलमा परेको हो । परिषद् अध्यक्षसमेत रहने प्रधानमन्त्रीलाई धेरै अधिकार दिनेगरी विधेयक आएको भन्दै नेकपा एमालेले विमति जनाउँदै आएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले विधेयकमा परिषद्को सबै काम, कर्तव्य र अधिकार प्रधानमन्त्रीमा निहीत भएको दाबी गरे । यस्तो अधिकार एमालेलाई मान्य नहुने गिरीले बताए । ‘संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहितको बहुमतले निर्णय गर्न सकिने व्यवस्था छ । हाम्रो भनाइ के हो भने प्रधानमन्त्रीले नचाहने हो भने केही पनि निर्णय नहुने भयो,’ गिरीले प्रभावसँग भने, ‘प्रधानमन्त्रीले चाहेमात्रै निर्णय हुने देखियो । त्यसो भए व्यवस्थापिका र न्यायापालिका प्रमुखहरू सदस्य भएको परिषद्को अर्थै भएन ।’ एमालेले विधेयकमा प्रधानमन्त्रीको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव संसदीय समितिमा गरिसकेको छ । बहुमतको आधारमा परिषद् बैठकले निर्णय लिनुपर्ने पनि एमालेको मत छ । यस्तो अवस्थामा मात्रै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने पक्षमा एमाले छ । तर, यसप्रति सत्तारुढ दलहरू सहमत छैनन् । सत्ता नेतृत्व दलसमेत रहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बखेडा झिकेर एमालेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अवरुद्ध पारेको आरोप लगाए । उनले एमालेकै कारण विधेयक पास गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई अघि बढाउन नसकिएको बताएका छन् । ‘एमालेले विधेयकको प्रावधान मानेन । मानेको भए प्रधानन्यायाधीश सिफारिस भएर यतिबेला नियुक्त भइसक्थे । जबकि, शीर्ष तहमा प्रधानन्यायाधीश नियुक्त गर्न नेताहरू सहमत भइसकेका थिए,’ पाण्डेले भने । परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने प्रावधान छ । परिषद् सदस्यहरू भने विपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख हुन्छन् । हाल विपक्षी दलको नेता एमाले अध्यक्ष केपी शर्मा ओली छन् । एमालेकै सभामुख देवप्रसाद घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् । एमालेको मागअनुसार बहुमतको आधारमा प्रधानन्यायाधीश र अन्य संवैधानिक अंगमा नियुक्ति सिफारिस भए एमाले बोलवाला हुने भन्दै सत्तारुढ दलहरू झस्किएका हुन् । तर, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रभावित हुनुको कारण सत्तापक्षी र विपक्षी दलको स्वार्थ पूरा नहुने अवस्था भएकोले बताए । ‘सत्तारुढ र विपक्षीको एउटै चाहना छ कि न्यायालयलाई कब्जा गर्ने,’ ‘अहिलेको अवस्थामा उहाँहरू (परिषद् अध्यक्ष तथा सदस्य)को उद्देश्य पूरा हुँदैन । नहुँदासम्म झुलाएर राख्ने देखियो,’ घिमिरे भन्छन् । सर्वोच्च १ फागुन २०७८ देखि प्रधानन्यायाधीशविहीन छ । यति लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा सर्वोच्च चलेको छ । बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीशविहीन हुँदा न्यायालयको साख खस्किएको भन्दै चिन्ता व्यक्त गरे । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९५ जना सांसदले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव १ फागुन २०७८ मा दर्ता गराएका थिए । उक्त प्रस्तावका कारण उनी स्वतः निलम्बनमा परे । त्यसपछि जबरा सर्वोच्च फर्किन नपाई उमेर हदका कारण गत मंसिर अन्तिम साता सेवा निवृत्त भए । यद्यपि, हालसम्म प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया नै अघि बढेकै छैन । प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर कम्तीमा तीन वर्ष न्याय सम्पादन गर्नुपर्ने मापदण्ड छ । सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेसागत अनुभवलगायत पनि मापदण्ड हुन् । यी आधारमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नै प्रधानन्यायाधीश हुने सम्भावना उच्च छ । तर, परिषद्ले उनैलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ला कि नगर्ला ? टुंगो छैन । नियुक्ति प्रभावित प्रधानन्यायाधीश न्याय परिषद् अध्यक्ष हुने प्रावधान छ । सदस्यहरू कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुन्छन् । कानुनमन्त्रीको जिम्मेवारी बिहीबार मात्रै धनराज गुरुङले सम्हालेका छन् । तर, प्रधानन्यायाधीश छैन । नभएकै कारण उच्च र जिल्ला अदालतहरूमा न्यायाधीश नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाहीलगायत प्रभावित भएको छ । न्याय परिषद्का अनुसार हाल सर्वोच्चमा पाँच जना न्यायाधीशको पद रिक्त छ । उच्च अदालतमा छ मुख्य न्यायाधीशसहित ४१ न्यायाधीश र जिल्ला अदालतमा ३२ जना न्यायाधीशको रिक्त पद छ । प्रधानन्यायाधीश नियुक्त ढिला भए जिल्ला, उच्च र सर्वोच्चको न्याय सम्पादन कार्य थप प्रभावित हुँदै आएको छ । सोही कारण, बारले छिटो प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP