Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बधाई नेपाली क्रिकेट टोली
बधाई नेपाली क्रिकेट टोली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २०, २०८०
Editorial_Prabhab
Hardik health
खेलमा प्रदर्शन जतिसुकै राम्रो भए पनि अन्तिम लक्ष्य जित हो । अन्तर्राष्ट्रिय खेलहरुमा देशले गरेको प्रतिनिधित्व अझ महŒवपूर्ण हुन्छ । मंगलबार एसिसी प्रिमियर कपको फाइनल खेल यस्तै महŒवको भयो । सोमबार वर्षाबाट प्रभावित भएपछि खेल मंगलबारसम्म लम्बिएको थियो । खेलमा नेपालले युएईलाई सात विकेटले हराउँदै सानदार जित निकाल्यो । योसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले त्यहाँ भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।केही समयअघि खस्किएको नेपाली क्रिकेटको लय फेरि लोभलाग्दो गरी उक्लिँदो छ । मोन्टी देसाई मुख्य प्रशिक्षक पाएसँगै क्रिकेटले सुधारको लय समातेको हो । यसअघि मनोज प्रभाकरको पालामा क्रिकेट लथालिंग भएको थियो । क्रिकेटको बेहाल पारा सम्हाल्न नसकेपछि प्रभाकर सम्झौता सकिनुअघि नै राजीनामा दिएर हिँडेका थिए । नेपाली खेलजगतमा अन्तर्राष्ट्रियस्तरको खेलमा ‘फ्यान फलोइङ’ धेरै भएको खेल क्रिकेट नै हो । तर, बेलाबखत विभिन्न कारण क्रिकेट पनि कमजोर बनेको थियो । कहिले खेलाडीले नियमित प्रशिक्षण नपाएर त कहिले नियमित अभ्यास गर्न नपाएर । पारस खड्का, करण केसी, ज्ञानेन्द्र मल्लहरु चम्केको समयमा नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०१६ देखि क्यानलाई राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै छ वर्ष निलम्बनमा राख्यो । एक वर्षअघि २०७९ जेठमा क्यानलाई आइसिसीले निलम्बन फुकुवा गरेको हो । क्यानबाट फुकुवा पाएयता नेपाली क्रिकेटले उत्कृष्ट लय समात्नु खेल क्षेत्रका लागि खुसीको कुरा हो । एसिसी प्रिमियर कपको फाइनल जित्नु अझ गर्वको विषय । अघिल्ला खेलहरुमा अमुक खेलाडीको भरमा खेलको भाग्य तय हुन्थ्यो । यसपटक खेलमा ‘टिम स्पिरिट’ मजबुद देखिएको छ । यसपटकको जितमा कुनै एक खेलाडीमाथि भर पर्नुभन्दा सबै खेलाडीको उत्तिकै योगदान देखियो । खेलमा सामूहिक भावना फर्काउनसक्नु नयाँ मुख्य प्रशिक्षकको सफलता मान्नुपर्छ । यसको प्रशंसा गर्नैपर्छ ।उसो त नेपालमा प्रशिक्षण सम्हाल्न आउने कतिपय ‘स्टन्ट’ गर्दै प्रशंसा बटुल्न पछि पर्दैनन् । प्रशंसापछि घमण्डले कतिपय यस्ता प्रशिक्षक असफल भएका उदाहरण छन् । तर, देसाई चुपचाप सफलतातिर अघि बढे पनि प्रचारमा उत्रिएका छैनन् । यसरी अघि बढेकै कारण टिमले फाइनल खेल जितेको छ । नेपाली टोलीलाई धेरै धेरै बधाई तथा एसिया कपका लागि शुभकामना ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP