Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #राष्ट्रिय अपांग महिला संघ
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त हो- मन्त्री शर्मा
प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त हो- मन्त्री शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २०, २०८०
Rekha sharma23
Hardik health
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा यस दिवसले दिन सकोस् भन्ने अपेक्षा रहेको छ । आधुनिक विश्वमा नागरिकलाई सुुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ । राज्यको चौथो अङ्ग प्रभावकारी हुँदा नै लोकतन्त्र बलियो हुन्छ । मिडिया क्षेत्रका विभिन्न सरोकारवालालाई आ–आफ्नो दायित्व स्मरण गराउने दिवसका रूपमा यो दिनलाई औंँल्याउन सकिन्छ । प्रेसको भूमिका स¬ङ्कुुचित हुने अवस्था आउन नदिन विश्वव्यापीरूपमा यो दिवस मनाउन थालिनु प्रेसप्रति विश्वव्यापी प्रतिबद्धतासमेत हो । सूचना तथा सञ्चार प्रविधिको उपयोग विश्वसनीय, सुरक्षित र पहुँचयोग्य तुल्याउन सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको छ । पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग रोक्नका लागि नयाँ ऐन तथा कानुनसमेत निर्माण भइरहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको छ । प्रस्तुत छ, विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा भएको कुराकानीमा सम्पादित अंश : आज विश्व प्रेस स्वतन्त्रता दिवस, यस दिवसलाई सरकारले कसरी हेरेको छ ? सर्वप्रथम, विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार जगत्का साथै स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपाङ्गता भएका व्यक्तिलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गर्नेहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगत्ले खेलेको भूमिका प्रशंसनीय छ । प्राप्त अधिकारको उपयोगका लागि सञ्चार जगत् सधैँजस्तै निर्भिकतापूर्वक लागिरहने छ भन्ने विश्वास लिएको छु । हामीले जसरी आजको दिनसम्म प्रेस स्वतन्त्रताको उपभोग गर्दै आयौँ, यो उपभोगको स्थितिमा कमी नहोस् । प्रेस स्वतन्त्रता विगतदेखि नै उठाउँदै आएको विषय हो । नेपालको राजनीतिक आन्दोलनमा धेरै प्रकारका आरोह–अवरोहबाट गुज्रियौँ । निरङ्कुशताका अवधि पनि हामीले भोगेका छौँ । प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यका निम्ति पहिलो शर्त हो । नेपाल सरकार, राष्ट्र र संविधान प्रेस स्वतन्त्राप्रति चनाखो छ । सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ । प्रेस स्वतन्त्रा मौलिक हकका रूपमा स्थापित भइसकेको छ । प्रेस स्वतन्त्रताको पक्षमा सरकार जहिले पनि साथमा छ र फेरि पनि रहिरहनेछ । प्रेस स्वतन्त्रताबिना सुदृढ लोकतन्त्रको परिकल्पना गर्नु असम्भवप्रायः हुन्छ । स्वतन्त्र प्रेस नै लोकतन्त्रको मर्म तथा मेरुदण्ड हो । लोकतन्त्र तथा स्वतन्त्र प्रेसलाई एकै सिक्काका दुई पाटाका रूपमा पनि लिन सकिन्छ । लोकतन्त्रलाई सही दिशामा डोर्‍याउन स्वतन्त्र प्रेसको निकै महत्वपूर्ण भूमिका रहिआएको कुरामा कुनै विवाद छैैन । मुलुकमा सुशासन प्रवद्र्धन प्रेसको प्रभावकारी भूमिकामा मात्र सम्भव छ । संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ, यसलाई कार्यान्वयनमा ल्याउन सरकारको तर्फबाट के–कस्ता प्रयास भएका छन् ? लोकतन्त्रको आधारभूत तत्व प्रेस स्वतन्त्रता जनताको सुसूचित हुने अधिकारसँग जोडिएको मौलिक हक हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जीवनरेखा हो । त्यसैले लोकतन्त्रलाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रतालाई हामीले संविधानको प्रस्तावनामै उल्लेख गरेका छौँ । प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर छ । प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको व्यवस्थालाई कानुनमा र कानुनलाई कार्यान्वयनमा बदल्न वर्तमान सरकार दृढ र प्रतिबद्ध छ । यसकै लागि सरकार सञ्चारसँग सम्बिन्धित कानुन निर्माण तथा पुनरावलोकनमा जुटेको छ । प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा पनि सरकार दृढ छ । प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरूको चासोलाई सरकारले नजिकबाट हेरिरहेको छ । पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा सरकारले कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहो¥याउन चाहन्छौँ । प्रेस स्वतन्त्रताविरुद्ध हुने घटनामा दोषीलाई उन्मुक्ति दिनु हुँदैन भन्ने कुरामा सरकार स्पष्ट र प्रतिबद्ध छ । साथै निराशाभाव दिने प्रस्तुतिभन्दा आशा, उत्साहका साथ समाज र मुलुकलाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने सामग्री उत्पादन तथा प्रकाशन÷प्रसारणमा ध्यान दिन पनि म यस अवसरमा सञ्चार जगत्सँग आग्रह गर्दछु । संविधान कार्यान्वयन भएको आठ वर्ष हुन लाग्यो भने सञ्चार नीति तर्जुमा भएको पनि झन्डै सात वर्ष बित्यो । त्यसअनुसार अझै सञ्चारसम्बन्धी कानुन तर्जुमा हुनसकेका छैनन् । मन्त्रालयले आवश्यक सञ्चार ऐन ल्याउने तयारी कसरी गरिरहेको छ ? सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको राय सुझावका आधारमा कानुन निर्माण गर्न कार्यदल निर्माण तथा सरोकारवालासँगको विषयगत छलफललाई प्राथमिकता दिइएको छ । कानुन निर्माणको प्रक्रियालाई पारदर्शी बनाउँदै आम सरोकारवालाको राय सुझाव सुनिश्चित गर्न विधेयकका मस्यौदा वेबसाइटबाट सार्वजनिक गर्ने परिपाटी मिलाइएको छ । सञ्चारसँग सम्बन्धित सार्वजनिक प्रसारण ऐन विधेयक प्रतिनिधिसभामा गइसकेको छ । ऐनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई मर्ज गरेर लैजाने विषय अगाडि बढेको छ । दुवै सञ्चारमाध्यमलाई अझ बढी प्रभावकारी, जनपक्षीय बनाउने विधेयकमा उल्लेख छ । आमसञ्चारसँग सम्बन्धित विधेयकको मस्यौदा तयार भइरहेको छ । यसमा मन्त्रालयले काम गरिरहेको छ । यससँगै मिडिया काउन्सिल विधेयक पनि अगाडि बढाएका छौँ । पछिल्लो समय विकास भएका अनलाइन मिडियालाई प्रवद्र्धन गर्ने, नियमन गर्ने र करको दायरामा ल्याउने विषयमा आवश्यक कानुन निर्माण गर्ने तयारी गरिरहेका छौँ । सञ्चारसँग सम्बन्धित नीतिगत व्यवस्थाको विषयमा मन्त्रालयमा गम्भीरताका साथ छलफल भइरहेको छ । सरकारले प्रेस स्वतन्त्रताको सुनिश्चितता कसरी गर्छ ? प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको सुन्दर पक्ष हो । यससँगसँगै संविधानले गोपनीयताको हकको पनि व्यवस्था गरेको छ । संविधानमा एकातिर स्वतन्त्रताको हक र अर्कातिर गोपनीयताको हकको व्यवस्था छ । दुवै मौलिक हकलाई सन्तुलित ढङ्गले अगाडि बढाउनुपर्छ । प्रेस स्वतन्त्र हुनुपर्छ यो हाम्रो मान्यता हो । सँगसँगै प्रेसले मर्यादा र कर्तव्य पनि बिर्सन हुँदैन । त्यसप्रति जागरुक हुँदै स्वतन्त्रताको उपयोग गर्नुपर्छ । कानुन निर्माण गर्दा कहीँकतै त्यस्तो विषय समेटिएको भए पनि त्यसलाई संसद्बाट संशोधन गरेर जान सकिन्छ । नेपालमा कतिपय अवस्थामा प्रेस स्वतन्त्रतामाथि समस्या पैदा भए पनि सामूहिक पहल र प्रयत्नबाट त्यस्ता समस्यालाई निराकरण गरिएको छ । राज्यको दृष्टिकोणले प्रेसमाथि अङ्कुश लगाउने कुनै पनि आशय छैन । नेपालमा लोकतन्त्र स्थापनाका लागि प्रेसले निर्वाह गरेको भूमिका उच्च छ । असहज अवस्थामा प्रेसले उच्च भूमिका निर्वाह गरेको तथ्यलाई राजनीतिक पार्टी र तिनका नेताहरूले बिर्सेका छैनन् र बिर्सन पनि हुँदैन । प्रेस स्वतन्त्रता रक्षा गर्नु सरकारको प्रमुख दायित्व पनि हो र यसप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध छ । कहीँकतै कसैले कुनै परिवेशमा प्रेसमा अङ्कुश लगाइएको भए त्यो फरक पाटो रह्यो । तर हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ । प्रेस स्वतन्त्रा दिवसका अवसरमा प्रेस स्वतन्त्र हुँदाहुँदै पनि मर्यादा पनि कायम गर्न सक्नुपर्छ भन्नेमा सचेत बनाउनुपर्छ भन्ने अर्को कुरा रह्यो । तर मुलतः सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ । राजनीतिक परिवर्तनमा पनि प्रेसको ठूलो भूमिका रहेको छ । तर राजनीतिक पार्टी र तिनका नेताहरू प्रेसप्रति अनुदार छन् भनिन्छ नि ? प्रेस स्वतन्त्रता भन्नेबित्तिकै अन्य स्वतन्त्रता पनि जोडिने भइहाले । हामी धेरै लामो उतारचढावयुक्त राजनीतिबाट अगाडि बढ्यौँ । राजनीति र प्रेस सँगसँगै जोडिएर आएको छ । राजनीतिकरूपमा भएका आन्दोलनले ल्याएका उपलब्धि यदि प्रेस हुँदैनथ्यो भने त्यसबारे जनता कसरी सुसूचित हुन्थे र ? त्यो सम्भव पनि थिएन । हामीसँग भएको संवैधानिक र कानुनी व्यवस्थाका सन्दर्भमा हामीले तिनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषय महत्वपूर्ण छ । सबैले आ–आफ्नो मर्यादामा बसेर तथा सरकार पनि जनपक्षीय भएर काम गर्नुपर्छ । प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा यस वर्षकाे नारा महत्वपूर्ण छ र यो कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ । आ–आफ्ना अधिकार र कर्तव्य कसैले पनि भुल्नु हुँदैन । प्रेस स्वतन्त्रताको बारेमा विभिन्न समयमा उठेका विषयमा सरकारको ध्यान गएको छ । स्वतन्त्रता भनेको स्वच्छन्दता पनि होइन, स्वतन्त्रताको परिपालना सबैले गरौँ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
७७ सिडिओ खारेज गरेर प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा नगएसम्म जेन–जीको माग पुरा हुँदैन
७७ सिडिओ खारेज गरेर प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा नगएसम्म जेन–जीको माग पुरा हुँदैन सोमबार, मंसिर १५, २०८२
‘कम्युनिस्टले देशलाई भड्खालोमा हाले’
‘कम्युनिस्टले देशलाई भड्खालोमा हाले’ शुक्रबार, मंसिर ५, २०८२
‘प्रधानमन्त्रीले प्रमुख दलहरुका नेतृत्वसँग संवाद नगरेसम्म चुनाव हुँदैन’
‘प्रधानमन्त्रीले प्रमुख दलहरुका नेतृत्वसँग संवाद नगरेसम्म चुनाव हुँदैन’ बुधबार, मंसिर ३, २०८२
‘मलेसिया सिण्डिकेट रोक्ने कूटनीतिक प्रयास विश्वसनीय भएन’
‘मलेसिया सिण्डिकेट रोक्ने कूटनीतिक प्रयास विश्वसनीय भएन’ सोमबार, कात्तिक २४, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
चुनौतीभित्र अवसर पनि छ महान्यायाधिवक्ता भण्डारी
चुनौतीभित्र अवसर पनि छ महान्यायाधिवक्ता भण्डारी बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP