Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कोशीको आन्दोलनमा ध्यान देऊ
कोशीको आन्दोलनमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १८, २०८०
Editorial_Prabhab
Hardik health
कोशी प्रदेश आन्दोलित छ । संघीयतापछि विकास हुनुपर्ने हो, तर यहाँ नामकरणकै कारण जनता सडकमा ओर्लिएका छन् । सडकमा नेताहरु पुग्दा कालो झण्डाको सामना गर्नुपर्ने परिस्थिति निर्माण भइसकेको छ । यसबारे वातावरण कसले बनाए ? सत्तासीन शीर्ष दलका नेताहरु सत्ताको छिनाझम्टीमा लाग्दा प्रमुख प्रतिपक्षी दलका नेता पूर्वराजामाथि जाइलागिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वतिर पुगेर ‘फायरिङ’ खोल्दा पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालगञ्जतिर महिना दिने ‘रिल्याक्स होलिडे’ मनाइरहेका छन् । कहिलेकहीँ त आन्दोलनकारी पनि छक्क पर्दा हुन् आन्दोलन भइरहेको छ एकातिर नेताहरुको ध्याउन्न छ अर्कोतिर । खासमा कोशीमा पहिचानवादीहरुको आन्दोलनलाई सरकारले ध्यानै दिइरहेका छैनन् । आन्दोलनकारी भने दिनहुँ दस्ता बलियो बनाउँदै छ । पर्खालभित्र परेड खेल्दै आफूलाई दैनिक सशक्त बनाउँदै गर्दा नेताहरुको बोलीको ठेगान छैन । ओलीशैली हेर्दा ‘छोरी कुटेर बुहारी तर्साउने’झैं गर्न लागेका हुन् वा धमिलो पानीमा माछा मार्ने कुनै कुत्सित योजना हो बुझ्न कठिन छ । तर, ओलीको पछिल्लो गतिविधि शंकास्पद देखिन्छ । सत्ताबाट बाहिरिएपछि बोली फेरिरहेका छन् ओली । सत्तासीन माओवादी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार हेर्दा देश शान्त छ । तर, सरकारले यसलाई राजनीतिक आन्दोलनकै रुपमा हेरेको छ । गृह मन्त्रालयकै उच्च अधिकारीको भनाइ मान्ने हो भने यस्ता लडाकु दस्ताले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती दिनसक्छ । गृहले यो दस्ताबारे के गर्ने भन्नेबारे अझै सोचेको छैन । राजनीतिक दलहरु आ–आफ्नै फाइदाको दाउ हेरिरहेको छ । पूर्व पुगेर ओलीले अन्धाधुन्धा ‘फायरिङ’ खोल्दा पूर्वमाओवादी लडाकुहरू पनि दस्तामा थपिन थालेका छन् । लिम्बुवान भोलिन्टियर्स, किरात फोर्स, काङ्सोरे फोर्सजस्ता दस्ता गठन गरेका विवरणहरू पनि सार्वजनिक भएका छन् । प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले कुनै पनि लडाकु दस्ता देशको राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती हुने बताएका छन् । यस्ता दस्तामाथि नियन्त्रण गर्नु सरकारको दायित्व हुने उनको धारणा छ । कोशीमा देखिएको आन्दोलनप्रति ठूला राजनीतिक दल नै जिम्मेवार हुनुपर्ने उनलाई लाग्छ । यस्ता अवस्थामा ठूला दलको सुस्ताइ गज्जबको देखिन्छ । आन्दोलनलाई खेलाँची ठानेर नजरअन्दाज गर्दा भोलिको नोक्सानी नियन्त्रण गर्न मुस्किल पर्नसक्छ । बेलैमा ध्यान देऊ दलहरु !
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP