Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भ्रष्टाचार जोगाउँदै सरकार
भ्रष्टाचार जोगाउँदै सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १७, २०८०
Editorial_Prabhab
Hardik health
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार यतिखेर भ्रष्टाचारी जोगाउने खेलमा जुटेको छ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा भ्रष्टाचारीलाई पाँच वर्षको मात्र समयसीमा राखेर भ्रष्टहरुलाई जोगाउने खेलमा सरकार लागेको आरोप लागेको छ । गठबन्धन सरकारमा सामेल नेपाली कांग्रेसकै सांसदहरु भ्रष्टाचारीको पाँच वर्षे अवधिका विपक्षमा देखिएका छन् । विशेषगरी सरकारी कर्मचारी एवं राजनीतिक नेताहरुलाई भ्रष्टाचारबाट जोगाउनका लागि यस्तो विधेयक ल्याएको देखिन्छ । मुलुकलाई खोक्रो पारेर राष्ट्रको ढुकुटी रित्याउने भ्रष्टहरुलाई सरकारले पाँच वर्षको अवधि तोक्न खोज्नु सरासर जनविरोधी कार्य हो भन्ने कुरा पुष्टि गर्न सकिन्छ । भ्रष्टाचारीलाई नै मृत्यु भएपश्चात् पनि निजको सन्तान वा जायजेथाबाट असुलउपर गर्नेगरी भ्रष्टाचार निवारण ऐन संशोधन हुनुपर्दछ नकि पाँच वर्षको अवधि तोक्ने काम । २०४६ सालयता नेपालमा भ्रष्टाचार मौलाउँदै गएको देखिन्छ । अझ नेपालमा गणतन्त्र स्थापित भएपश्चात् त भ्रष्टाचार ‘सिस्टम’को रुपमा परिभाषित हुन थालेको छ । सरकारी कार्यालयमा विनाघूस कुनै पनि कार्य असम्भवजस्तै छ । अझ रमाइलो कुरा त निजामती सेवामा नै देखिन्छ । लोकसेवा आयोग पास गरेपछि सरकारी सेवामा प्रवेश गर्दा जुन प्रण गरेको हुन्छ त्यो प्रण कर्मचारीले बिर्सन्छ । कर्मचारी राष्ट्रसेवक भएका नाताले सरकारले तलब भत्ता, अतिरिक्त भत्ता, सवारीसाधन सुविधामात्र दिएको छैन । महँगी भत्ता, सञ्चार सुविधादेखि घरका लागि आवश्यक सबै कुरा पूरा गरिदिँदा पनि कमिसन नभई काम नै नहुने संस्कार विकास भएको छ । कुनै पनि सरकारी निकायमा काम गर्ने हो भने विनाकमिसन काम भएको पाउन मुश्किलै पर्ला । सरकारी कर्मचारीलाई सारा सुविधा दिँदा पनि कमिसन चाहिने ? आफ्नो स्वार्थ पूरा गर्न र भ्रष्टाचारलाई बढावा दिने काम कर्मचारीबाट नै नेताहरुमा सरेको छ । हुन्छ हजुर र हस हजुरमा चल्ने ब्यूरोक्र्याटस्का कारण नै नेपालमा नेताहरु पनि भ्रष्ट हुन थालेको देखिन्छ । पछिल्लो समय त स्थानीय तहमा हुने गरेको लुट र भ्रष्टाचारको कुरा गरेर सम्भव नै छैन । हरेक काममा कमिसन । यस्तो अवस्थाले गर्दा नागरिकमा नैराश्यता उत्पन्न हुन थालेको हो । त्यसैले सरकारले संशोधन गरेर ल्याउन लागेको विधेयकमा भ्रष्टाचारीलाई मृत्युपछि पनि आरोप लाग्नेगरी सोधभर्ना छोराछोरीबाटसमेत लिनसक्ने गरी विधेयक आउनु आवश्यक छ । तीनै तहको सरकारी निकायमा देखिएको भ्रष्टाचारलाई नियाल्ने हो भने अधिकांश विदेश जाने बाध्यतामा परेका छन् । त्यसैले सरकारले भ्रष्टाचारीलाई पाँच वर्षको अवधिभित्र कारबाही गर्ने ऐन ल्याउने प्रयास केवल पानीको फोकाजस्तै हो । त्यसैले भ्रष्टलाई पाँच वर्षको सीमा तोकेर जोगाउने होइन हदैसम्मको कारवाही हुने मृत्युपश्चात् समेत खोजी गरी राष्ट्रियकरण गर्ने विधेयक ल्याउनु जरुरी छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP