Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशीमा पहिचानवादीको परेड
कोशीमा पहिचानवादीको परेड
आइतबार, वैशाख १७, २०८०
koshi
Hardik health
काठमाडौं– कोशी प्रदेश नामकरणको विरोधमा यतिबेला पूर्वी नेपालमा विभिन्न दस्ता निर्माणले तरंग पैदा गराएको छ । लिम्बुवान भोलेन्टियर्सदेखि किरात फोर्स लेखिएको कालो टिसर्टधारीले परेड खेलेको दृश्यहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् । उनीहरुले लगाएका टिसर्टमा नामकरणको विरोधकै क्रममा सहादत प्राप्त गरेका पदम लिम्बू लाजेहाङको तस्बिर देखिन्छ । नामकरणको विरोधमा उत्रन परेड खेल्दै गरेका भिडियोहरु सार्वजनिक भएपछि राष्ट्रिय सुरक्षामा चुनौती पुग्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीले मन्त्रालय मातहतका सुरक्षा संयन्त्रहरूबाट लिम्बुवान भोलेन्टियर्सबारे सूचनाहरू प्राप्त भइरहेको र यो दस्ता कति खतरनाक हो ? विश्लेषण भइरहेको बताएका छन् । ती अधिकारीकाअनुसार यस्ता लडाकु दस्ताले राष्ट्रिय सुरक्षामा चुनौती दिनसक्छ । तर, गृहले यो दस्ताबारे के गर्ने भन्ने सोचेको छैन । ‘कोशीमा उठेको राजनीतिक मुद्दा हो । यसको हल राजनीतिक रूपमै हुँदा राम्रो । किनभने देशको सुरक्षा चुनौती हुनसक्ने यो दस्ताको गठन नै राजनीतिक उद्देश्य प्राप्ति खातिर देखिन्छ,’ ती अधिकारीले प्रभावसँग भने, ‘तर, प्राप्त सूचनाहरूको गहिरो विश्लेषण गर्दै छौं । र, हामीले अहिले नै केही सोचिएको छैन ।’ दस्ता भने आन्दोलनरत पहिचान पक्षधरमध्येको एउटा दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निकट छ । पहिले नै गठन भएको यो दस्तालाई हतियार चलाउन र दुष्मनविरुद्ध लड्न हाल आएर भूतपूर्व सुरक्षाकर्मीहरू सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तालिम दिइरहेको उक्त दलका एक नेताले बताए । ती नेताको भनाइमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कोशी भ्रमणपछि भने पूर्वमाओवादी लडाकुहरू पनि लडाकु दस्तामा आउन थालेका छन् । एलभीबाहेक पहिचानवादीहरूले लडाकु दस्ताकै रुपमा ‘किरात फोर्स’ र ‘काङ्सोरे फोर्स’ गठन गरेको विवरणहरू पनि सार्वजनिक भएका छन् । यी दुई लडाकु दस्ताबारे भने आधिकारिक धारणा पहिचान पक्षधरहरूबाट सार्वजनिक भएको छैन । तर, यी दुई दस्ता भने गत १७ फागुनयता गठन भएको ठानिएको छ । नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल कुनै पनि लडाकु दस्ता देशको राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती हुने बताउँछन् । उनले यस्ता दस्तामाथि नियन्त्रण गर्नु सरकारको दायित्व हुने बताए । तर, कोशीमा देखिएको आन्दोलनप्रति ठूला राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने उनलाई लाग्छ । यदि, आन्दोलनलाई खेलाँची ठानिए आन्दोलनरत पक्षले दस्तालाई मजबुत बनाउँदै जाने र त्यसलाई नियन्त्रण गर्न मुस्किल पर्न सक्छ । उनी थप भन्छन्, ‘शीर्ष नेताहरू आन्दोलनलाई व्यवस्थापन गर्नुको सट्टा भड्काउन लागेको देखिन्छ । यो राम्रो होइन ।’ एमाले अध्यक्ष ओली एक सातादेखि कोशी प्रदेशका जिल्लाहरूको दौडाहामा रहँदा पहिचान पक्षधरहरू उनीविरुद्ध उत्रिएका छन् । उनलाई कालो झण्डा देखाउँदै प्रदर्शन गरिरहेका छन् । तर, ओलीले पहिचान पक्षधर आन्दोलनकारीहरूलाई आतंककारी र आन्दोलनलाई आतंकको संज्ञा दिएका छन् । आन्दोलनकारीहरूलाई भड्काउने खालका अभिव्यक्ति लगातार दिँदै आएका छन् । शनिबार पाँचथरको फिदिम पुगेका ओलीले चुनौती दिँदै भने, ‘दुई–चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको पुनःनामकरण हुँदैन, सक्छौ भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ ।’ पहिचान पक्षधरहरू १७ फागुनदेखि लगातार आन्दोलनमा छन् । उनीहरूले पदम लिम्बु (लाजेहाङ)लाई गुमाएका छन् । केही आन्दोलनकारी घाइते छन् । केहीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमै रहेकी एक जना नेतृ निरन्ती तुम्बापोले प्रहरीले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्दै आएको बताएकी छन् । यसबीच तिनै पहिचान पक्षधर आन्दोलनकारीहरूले लडाकु दस्ता गठन गरेको विवरणहरू सार्वजनिक भएको हो । उनीहरू सशस्त्र हुन्छन् कि हुँदैनन् ? त्यो खुलेको छैन । यसअघि नेकपा माओवादी पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग ४० बुँदे माग राखेर सशस्त्र दस्ताको रूपमा जनमुक्ति सेना गठन गर्दै युद्धमा गएको थियो । त्यसरी नै लिम्बुवान भोलेन्टियर्स, किरात फोर्स र काङ्सोरे फोर्स पनि युद्धमा गए कोशीले देशको राष्ट्रिय सुरक्षामा गम्भीर खलल पु¥याउने विश्लेषण हुँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP