Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशीमा पहिचानवादीको परेड
कोशीमा पहिचानवादीको परेड
सम्झना राई
सम्झना राई आइतबार, वैशाख १७, २०८०
koshi
काठमाडौं– कोशी प्रदेश नामकरणको विरोधमा यतिबेला पूर्वी नेपालमा विभिन्न दस्ता निर्माणले तरंग पैदा गराएको छ । लिम्बुवान भोलेन्टियर्सदेखि किरात फोर्स लेखिएको कालो टिसर्टधारीले परेड खेलेको दृश्यहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् । उनीहरुले लगाएका टिसर्टमा नामकरणको विरोधकै क्रममा सहादत प्राप्त गरेका पदम लिम्बू लाजेहाङको तस्बिर देखिन्छ । नामकरणको विरोधमा उत्रन परेड खेल्दै गरेका भिडियोहरु सार्वजनिक भएपछि राष्ट्रिय सुरक्षामा चुनौती पुग्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीले मन्त्रालय मातहतका सुरक्षा संयन्त्रहरूबाट लिम्बुवान भोलेन्टियर्सबारे सूचनाहरू प्राप्त भइरहेको र यो दस्ता कति खतरनाक हो ? विश्लेषण भइरहेको बताएका छन् । ती अधिकारीकाअनुसार यस्ता लडाकु दस्ताले राष्ट्रिय सुरक्षामा चुनौती दिनसक्छ । तर, गृहले यो दस्ताबारे के गर्ने भन्ने सोचेको छैन । ‘कोशीमा उठेको राजनीतिक मुद्दा हो । यसको हल राजनीतिक रूपमै हुँदा राम्रो । किनभने देशको सुरक्षा चुनौती हुनसक्ने यो दस्ताको गठन नै राजनीतिक उद्देश्य प्राप्ति खातिर देखिन्छ,’ ती अधिकारीले प्रभावसँग भने, ‘तर, प्राप्त सूचनाहरूको गहिरो विश्लेषण गर्दै छौं । र, हामीले अहिले नै केही सोचिएको छैन ।’ दस्ता भने आन्दोलनरत पहिचान पक्षधरमध्येको एउटा दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निकट छ । पहिले नै गठन भएको यो दस्तालाई हतियार चलाउन र दुष्मनविरुद्ध लड्न हाल आएर भूतपूर्व सुरक्षाकर्मीहरू सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तालिम दिइरहेको उक्त दलका एक नेताले बताए । ती नेताको भनाइमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कोशी भ्रमणपछि भने पूर्वमाओवादी लडाकुहरू पनि लडाकु दस्तामा आउन थालेका छन् । एलभीबाहेक पहिचानवादीहरूले लडाकु दस्ताकै रुपमा ‘किरात फोर्स’ र ‘काङ्सोरे फोर्स’ गठन गरेको विवरणहरू पनि सार्वजनिक भएका छन् । यी दुई लडाकु दस्ताबारे भने आधिकारिक धारणा पहिचान पक्षधरहरूबाट सार्वजनिक भएको छैन । तर, यी दुई दस्ता भने गत १७ फागुनयता गठन भएको ठानिएको छ । नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल कुनै पनि लडाकु दस्ता देशको राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती हुने बताउँछन् । उनले यस्ता दस्तामाथि नियन्त्रण गर्नु सरकारको दायित्व हुने बताए । तर, कोशीमा देखिएको आन्दोलनप्रति ठूला राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने उनलाई लाग्छ । यदि, आन्दोलनलाई खेलाँची ठानिए आन्दोलनरत पक्षले दस्तालाई मजबुत बनाउँदै जाने र त्यसलाई नियन्त्रण गर्न मुस्किल पर्न सक्छ । उनी थप भन्छन्, ‘शीर्ष नेताहरू आन्दोलनलाई व्यवस्थापन गर्नुको सट्टा भड्काउन लागेको देखिन्छ । यो राम्रो होइन ।’ एमाले अध्यक्ष ओली एक सातादेखि कोशी प्रदेशका जिल्लाहरूको दौडाहामा रहँदा पहिचान पक्षधरहरू उनीविरुद्ध उत्रिएका छन् । उनलाई कालो झण्डा देखाउँदै प्रदर्शन गरिरहेका छन् । तर, ओलीले पहिचान पक्षधर आन्दोलनकारीहरूलाई आतंककारी र आन्दोलनलाई आतंकको संज्ञा दिएका छन् । आन्दोलनकारीहरूलाई भड्काउने खालका अभिव्यक्ति लगातार दिँदै आएका छन् । शनिबार पाँचथरको फिदिम पुगेका ओलीले चुनौती दिँदै भने, ‘दुई–चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको पुनःनामकरण हुँदैन, सक्छौ भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ ।’ पहिचान पक्षधरहरू १७ फागुनदेखि लगातार आन्दोलनमा छन् । उनीहरूले पदम लिम्बु (लाजेहाङ)लाई गुमाएका छन् । केही आन्दोलनकारी घाइते छन् । केहीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमै रहेकी एक जना नेतृ निरन्ती तुम्बापोले प्रहरीले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्दै आएको बताएकी छन् । यसबीच तिनै पहिचान पक्षधर आन्दोलनकारीहरूले लडाकु दस्ता गठन गरेको विवरणहरू सार्वजनिक भएको हो । उनीहरू सशस्त्र हुन्छन् कि हुँदैनन् ? त्यो खुलेको छैन । यसअघि नेकपा माओवादी पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग ४० बुँदे माग राखेर सशस्त्र दस्ताको रूपमा जनमुक्ति सेना गठन गर्दै युद्धमा गएको थियो । त्यसरी नै लिम्बुवान भोलेन्टियर्स, किरात फोर्स र काङ्सोरे फोर्स पनि युद्धमा गए कोशीले देशको राष्ट्रिय सुरक्षामा गम्भीर खलल पु¥याउने विश्लेषण हुँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP