Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शिक्षामा ब्रह्मलुट
शिक्षामा ब्रह्मलुट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १४, २०८०
Editorial_Prabhab
Hardik health
शैक्षिक सत्र २०८० का लागि यतिखेर देशैभरि भर्ना अभियान चलिरहेको छ । सामुदायिक अर्थात् सरकारी विद्यालयको शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्कँदै गएपछि अभिभावकहरुले एक पेट खाएर भए पनि आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्न बाध्य भएका छन् । अहिलेको अवस्था र शैक्षिक सत्रको कुरा गर्ने हो भने कुनै पनि अभिभावकहरुले खुसीका साथ आफ्ना बालबालिकालाई पढाउन सक्ने अवस्था छैन । कर्मचारी हुन् या जनताले सबैको हालत उस्तै देखिन्छ । शिक्षामा व्यापार यसरी फस्टाएको छ कि त्यहाँ कुनै मोलतोल नै हुँदैन । विद्यालयले चाहे जति शुल्क असुल्न सक्छ र असुलिरहेकै छ । यसले आम विपन्न एवं मध्यम परिवारका नेपालीहरुको पहुँच क्रमश खुम्चँदै गइरहेको छ । निजी विद्यालयले प्रतिस्पर्धात्मकरुपमा आफूहरुलाई सक्रिय पनि गराइरहेका छन् । तर, सरकारी भवन, सुविधा लिएर सञ्चालन भइरहेका सामुदायिक विद्यालयमा राजनीतिकरण, शिक्षकहरु राजनीतिक दलका कट्टर कार्यकर्ता एवं नेता नै बनेका कारण गुणस्तरीय शिक्षा दिनुको सट्टा कतिपय जिल्लामा त खेताला शिक्षक नै खडा गरेर पनि जागिर खाइरहेका छन् । यही मौकाको फाइदा उठाउँदै राजनीतिक दलनिकट नेताहरुले नै शिक्षालाई व्यापारीकरण गर्दै छन् । अधिकांश निजी विद्यालयहरु दलका नेताहरुकै छ । नेतामात्र होइन अहिलेका शिक्षामन्त्री स्वयं विद्यालयका सञ्चालक हुन् । विगतमा शिक्षालाई सेवामूलक मानिन्थ्यो तर अहिले शिक्षा व्यापार बन्न थालेको छ, बनाइएको छ । सामुदायिक विद्यालय भनेको घरेलु श्रमिकका बालबालिका वा घरेलु श्रमिक अध्ययन गर्ने विद्यालयका रुपमा चिनाउने काम गरियो । र, निजी विद्यालयमा शिक्षाको गुणस्तर प्रशस्त छ भन्ने भ्रम पारेर अभिभावक दिग्भ्रमित बनाउने काम सरकारी निकाय, राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट नै भएको देखिन्छ । किनकि, नेपालमा निजी विद्यालयका सञ्चालक भनेकै कांग्रेस, एमालेका नेता छन् । सरकारमा रहेका दलहरुले सामुदायिक विद्यालयको गुणस्तर जसरी हुन्छ कमजोर बनाउने र निजी विद्यालयप्रतिको आकर्षण बढाउने गरेका कारण नै अहिलेको अवस्था आएको हो । हरेक वर्षको शैक्षिक सत्र सुरु हुने समयमा मुलुकमा सरकार छ र भन्ने भान हुन्छ । सरकारले शिक्षा क्षेत्रलाई नियन्त्रणमा राख्न नसकेका कारण पनि आमनागरिकमा सरकार भएको महसुस हुन सकिरहेको छैन । शिक्षा वस्तु किनेको जस्तो व्यापार हुनु हुँदैनथ्यो तर भइरहेको छ । अझ पछिल्लो समय आधुनिक शिक्षाका नाममा विद्यायलमा नै कापी कलम, पोसाक, जुत्तामात्र खरिद गर्नुपर्ने होइन विद्यायलमा नै खाजा र खाना अनिवार्य हुने गरेका कारण पनि विद्यालय व्यापार बन्दै गएको छ । शिक्षामा ब्रह्मलुट भइरहेको छ । शिक्षा क्षेत्रमा देखिएको यस खाले विकृतिका कारण यसलाई नियन्त्रण गर्न जरुरी भइसकेको छ । त्यसैले सरकार छ भन्ने अनुभूति दिलाउनका लागि पनि शिक्षा क्षेत्र सरकारी नियन्त्रणमा राख्नु जरुरी छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP