Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय – भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय बढी
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय – भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय बढी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २७, २०७६
Hardik health
सिङ्गापुर–संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकाङ्क्षी, करोडौँ डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसबाट ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् । दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन् । कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ र पशुहरूमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ तर विशेषज्ञहरूका धेरै टोलीहरू द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समर्थन प्राप्त हुने विश्वास छ । अष्ट्रेलियाली वैज्ञानिकहरू ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन् । ‘अहिले साँच्चिकै दबाबको स्थिति छ र हाम्रो काँधमा ठूलो जिम्मेवारी छ,’ अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका एकजना वरिष्ठ अनुसन्धानकर्ता किथ च्यापेलले बताउनुभयो । तर उहाँले विश्वका धेरै टोलीहरू एउटै अभियानमा जुटिसकेकाले आफूलाई खुशी लागेको बताउनुभयो । ‘आशा छ, यीमध्ये कुनै न कुनै एक सफल हुनेछ र यो प्रकोप साम्य हुनेछ,’ उहाँले बताउनुभयो । तर छ महिनाको समयावधि पनि कोरोनाको सङ्क्रमणका दृष्टिकोणबाट कष्टदायी र ढिलो देखिएको छ । जङ्गली जनावरहरू बेचबिखन गर्ने बजारबाट फैलिएको आशङ्का गरिएको कोरोना भाइरसका कारण चीनको मुख्य भूमिमा दैनिक १०० जनाको ज्यान गइरहेको छ । पश्चिम अफ्रिकामा करीब ११ हजारको ज्यान लिएको इबोला प्रकोप नियन्त्रणका लागि खोप निर्माण गर्न आर्थिक सहयोग जुटाउनका लागि सन् २०१७ मा गठन भएको ‘कोएलिशन फर इपिडेमिक प्रिपर्डनेस इनोभेसन्श’ (सेपी) पनि यसपटक कोरोना भाइरसको खोप निर्माणमा सक्रियतापूर्वक जुटेको छ । निकै महँगो बायोटेक्नोलजी अनुसन्धानका लागि यस संस्थाले वित्तीय सहायता जुटाउँछ । खोपको विकासको गति बढाउने लक्ष्यसहित सेपीले विश्वभरि चारवटा परियोजनामा करोडौँ अमेरिकी डलर लगानी गरिसकेको छ र थप प्रस्तावका लागि आह्वान गरिरहेको छ । यी परियोजनाहरूबाट नयाँ प्रविधि प्रयोग गरी निर्माण गरिने खोपहरू निकट भविष्यमा परीक्षण गर्न सकिने विश्वास लिइएको छ । सेपीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड ह्यासेटले १६ हप्ताभित्रै खोपको क्लिनिकल परीक्षण शुरु गर्ने लक्ष्य राखिएको बताउनुभयो । जर्मन बायोफर्मास्युटिकल कम्पनी क्युरभ्याक र अमेरिकी मोडर्ना थेराप्यूटिक्सले ‘मेसेन्जर–आरएनए’ (प्रोटिन उत्पादन गर्न शरीरलाई निर्देशन दिने औषधि) मा आधारित खोपहरू विकास गर्दैछन् । अर्को अमेरिकी कम्पनी इनोभियोले डिएनए–आधारित प्रविधि प्रयोग गरिरहेको छ । सिङ्गापुरस्थित ड्युक–एनयुएस मेडिकल स्कुलका सङ्क्रामक रोगसम्बन्धी कार्यक्रमका उपनिर्देशक ओई इङले डिएनए र आरएनए–आधारित भ्याक्सिन (खोप)हरूले भाइरसको आनुवांशिक पक्षलाई ध्यानमा राखेर त्यसलाई नियन्त्रणमा ल्याउने बताउनुभयो । प्रोटिनयुक्त खोपले शरीरको प्रतिरोधक प्रणालीलाई मजबुत बनाउने र त्यसले कोरोना भाइरसलाई पत्ता लगाउन र त्यसविरुद्ध आक्रमण गर्न सक्षम हुन्छ । अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले विश्वविद्यालयका वैज्ञानिकले आविश्कार गरेको ‘मोलिकुलर क्लाम्प’ प्रविधि प्रयोग गरिरहेका छन् । यस प्रविधिबाट डिएनए विधि अनुसरण गरी खोप निर्माण गरिन्छ । पाश्चर इन्स्टिच्युटका फ्रान्सेली वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्ध काम गर्न दादुरा खोपलाई परिमार्जन गर्दैछन् तर यो २० महिनायता तयार हुने आशा गर्न सकिन्न । यसैबीच, चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले पनि खोपहरू विकास गर्न थालेको छ । लाभ र जोखिम स्वास्थ्य अधिकारीहरूले खोप प्रयोगका सन्दर्भमा जोखिम र फाइदाहरूमाथि विचार गर्न सक्छन् । यदि सार्वजनिक स्वास्थ्य आपतकालीन स्थितिमा छ भने प्रक्रिया छोट्याउन सकिन्छ, ओईले बताउनुभयो । तर उहाँले ‘यदि स्थितिमा सुधार भयो भने खोप बनाउन पर्याप्त समय लिए हुन्छ,’ भन्नुभयो । कोरोना भाइरसका लागि कुनै खोप नभएको अवस्थामा केही चिकित्सकहरूले सङ्क्रमितहरूको उपचार गर्न एन्टि–रेट्रोभाइरल र फ्लू औषधीहरूको प्रयोग गरिरहेका छन्, तर यी औषधि प्रभावकारी छ कि छैन भन्ने थाहा हुन सकेको छैन । अन्ततः वैज्ञानिकहरू २००२–२००३ का बखत फैलिएको श्वासप्रश्वास रोग सार्सको प्रकोपको अवस्थामा पुग्न सक्छन् । त्यसबखत खोप विकास गर्नुअघि नै औषधिको प्रयोगबाट सार्स नियन्त्रणमा आइसकेको थियो । नयाँ कोरोना भाइरस जस्तै प्रकृतिको सार्सका कारण लगभग ८०० जनाको ज्यान गएको थियो । तर सिंगापुरको बायोटेक कम्पनी एक्युमेन रिसर्च लेबोरेटरीजकी निर्देशक ओङ सिउ ह्वाले नयाँ भाइरसको खोप विकास गर्ने प्रयास जारी नै राख्नुपर्ने बताउनुभयो । ‘मलाई लाग्छ खोप निश्चित रूपमा आवश्यक छ,’ उहाँले भन्नुभयो । ‘यस पटक यस्तो खोप काम नलागे पनि अर्को पटकका लागि अत्यावश्यक हुनेछ ।’ (रासस÷एएफपी) (अनुवादः सोमनाथ लामिछाने)
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP