Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रविको ‘कमब्याक’, एकको बदला दुई !
रविको ‘कमब्याक’, एकको बदला दुई !
बुधबार, वैशाख १३, २०८०
rabi lamichhane
Hardik health
- उपनिर्वाचनमा जाँदै गर्दा रास्वपाले नारा नै बनाएको थियो– एकको बदला तीन - रमेश खरेल निकैपछि पर्दा रास्वपा बारामा भने नारामा भने झैं हुन सकेन - मंसिरमा छाएका राजेन्द्र लिङ्देनको दल राप्रपालाई तनहुँमा २१८, चितवनमा ३७५   काठमाडौं– नागरिकता मुद्दामा दोषी ठहरपछि पुनः चुनावी मैदानमा उत्रेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘सानदार’ कमब्याक गरेका छन् । मंगलाबार सम्पन्न मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका जीतनारायण श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै पुनः संसदको यात्रा तय गरेका हुन् । लामिछानेले ५४ हजार एक सय ७६ मत कांग्रेसका जीतनारायणले ११ हजार दुई सय १४ मत प्राप्त गरे । यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गरे । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गरे । चितवन क्षेत्र नं –२ मा ७८ हजार छ सय ६४ मत खसेकोमा एक हजार एक सय ९८ बदर भयो । कुल एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका यस क्षेत्रमा गत मंसिरमा लामिछानेले ४९ हजार दुई सय ६४ मत प्राप्त गरेका थिए । गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गरेका थिए । उपनिर्वाचनमा जाँदै गर्दा रास्वपाले नारा नै बनाएको थियो – एकको बदला तीन । तीन क्षेत्रमा उपनिर्वाचन हुँदै गर्दा रास्वपाको अर्को नारा थियो – जनताको ह्वीप, रास्वपाको क्लिन स्विप । यो समाचार तयार पार्दासम्म बारा २ मा रास्वपाका उम्मेदवार रमेश खरेल निकै पछि परेका छन् । यहाँ गठबन्धनबाट उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम गरेका छन् । यद्यपि रास्वपाले एकको बदला दुई भने पक्का ग¥यो यो निर्वाचनमा । उपनिर्वाचनमा लामिछानेले तनुहँमा उभ्याएका डा स्वर्णिम वाग्लेले पनि सानदार जित निकालेका छन् । २४ दिनअघि कांग्रेस छाडेका स्वर्णिमले कांग्रेसकै गोविन्द भट्टराईलाई हराएका हुन् । मंगलवार सम्पन्न मतगणनाअनुसार वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दले २० हजार एक सय २२ मत प्राप्त गरे । नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरे । यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरे । निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त निर्वाचन भएको हो ।   सबै दलसँग सहकार्य गर्छु : स्वर्णिम तनहुँ १ बाट निर्वाचित भएसँगै डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे । तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने उल्लेख गर्दै उनले भने, ‘जनताका अपेक्षा न्याय गर्नेछु ।’ डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउनेसमेत उनको भनाई थियो । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको उल्लेख गर्दै उनले भने, ‘सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।’ मत बढ्दा जिम्मेवारी थपियो : रवि लामिछाने संसदमा कमब्याक गरेका रास्वपा सभापति लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको लमिछानेले बताए । ‘मेरो प्रमुख एजेन्डा सुशासन नै हो,’ यही अपेक्षालाई आफूले शिरोपर गरेको तर्क गर्दै उनले भने, ‘यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।’ पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उहाँले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए । ‘ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।’  
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP