Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पुराना दललाई सबक
पुराना दललाई सबक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १२, २०८०
343023026_911537330155359_8239497988386296769_n
Hardik health
उपनिर्वाचनमा १०–१० दल मिल्दा पनि साना दलले आच्छुआच्छु पार्दै छ । त्यो पनि नयाँ दलका नयाँ उम्मेदवारबाटै । तनहुँ–१ मा सबैभन्दा ठूलो दल मानिएको नेपाली कांग्रेसका उम्मेदवारलाई १० दलको साथ थियो । तर, सत्ता गठबन्धन नै लाग्दा पनि अस्तित्व जोगाउन सकेन कांग्रेसले । सत्तारुढ दल तनहुँमा टाउको टेकेर लागेको थियो नतिजा आफ्नो पोल्टामा पार्न । तर, दिलोज्यान लगाउँदा पनि नतिजा आफ्नो पक्षमा आएन । कांग्रेसका लागि यो ठूलो चोट हो । यसबाट नेताहरुले पाठ सिक्नुपर्ने हो तर शीर्ष नेताहरुको बानीचाहिँ पहिलेकै छ– मेरो गोरुको बाह्रै टक्क । यता चितवन–२ को हालत उस्तै छ । संसद्मा दोस्रो ठूलो दलको हैसियतमा ‘ग्रास रुट’ अभियान चलाएर आफूलाई बलियो देखाएको एमालेको हविगतको के कुरा गर्नु ? सरकारको लगाम समातेको माओवादीले कहीँकतै आफ्नो उम्मेदवार खडै गरेन । लुरुक्क कांग्रेस सभापतिको पछिपछि लागेर मन्त्रीको ललीपप बाँड्न भ्याए प्रधानमन्त्री पुष्पकमल दाहालले । यी तीन दलका नेतृत्व तहमा देखिएको समस्या भनेको कार्यकर्ताको कुरै नसुन्ने प्रवृत्ति हो । विकास गर्नुपर्छ भन्ने शुद्धि तिनमा छैन । जनतालाई खुसी पार्नुपर्ने कार्यक्रम तिनको योजनामा छैन । त्यसैले अमुक उम्मेदवारलाई मन्त्री बाकस दिने राणासाहेबको शैली अहिलेको शासकमा पुस्तान्तरण भएको छ । जसले गर्दा जनता चुरचुर भए र मत दिनेबेला हात साविक देखिरहेको चिह्नभन्दा अर्कैमा गयो । तीनै दलमा नेतृत्वको जाम त छ नै सही मान्छेलाई सही व्यवस्थापन गर्न नसक्नु नेतृत्वको कमजोरी हो । विकासका वाचा गर्ने तर सुधारका सिन्को नभाँच्ने परम्परागत नेताको पुरानै बानी । पहिले पो विकल्प थिएन । यसपटक घण्टी चुनाव चिह्न विकल्प बनेको छ । जुन चिह्न अरु दलबाट सँगालेको धोकाको बदला पोख्ने ठाउँ बनेको छ । ‘अच्छु खाए, बच्छु खाए, झुसे बारुलो’ भनेर दिनदहाडै आफू जित्छु भन्दै छाती ठोक्ने नेताहरु अहिले लुरुक्क परेर अब के भन्ने हुन् जनताले भन्दै कुना पसेका छन् । लोकतन्त्र दिवसका दिन आफूलाई लोकतन्त्रको मसिहा ठान्नेहरु लोकका सामू लाज पचाएर शुभकामना आदानप्रदान गर्दै गरेको पनि देखियो । उपनिर्वाचन सत्ताको झिनाझम्टीमा लाग्ने नेतालाई जनताले सबक सिकाउन खोजेको ‘ट्रेलर’ हो । अब पनि नसच्चिए सक्किने मेलोमेसोतर्फ लाग्दा नै वेश !
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP