Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • फोहोरमा राजनीति
फोहोरमा राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ८, २०८०
editorial
Hardik health
फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय सरकारले स्थानीय तहलाई दिएको छ । कंक्रिटका संरचना बढ्दै गएसँगै फोहोर व्यवस्थापन असजिलो बन्दा यही बाध्यतालाई नेतृत्व तहले भने ‘बार्गेनिङ टुल’ बनाउन थालेका छन् । केही दिनअघि काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहले यसरी नै फोहोरलाई ‘बार्गेनिङ टुल’ बनाए । जनस्वास्थ्यजस्तो गम्भीर विषयलाई असर पर्ने गरी मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अड्डी कस्दा उनले बिर्सनै नहुने कुरा हो गएको जेठमा सिसडोलमा स्थानीयलाई नमस्ते गर्दै विन्ती बिसाएको विषय । मेयरमा निर्वाचित हुनसाथ मेयर बालेन बञ्चरेडाँडा र सिसडोलको ल्याण्डफिल्ड साइट कुद्नुप¥यो किनकि तीन महिनादेखि काठमाडौंको फोहोर उठ्न सकेको थिएन । विभिन्न माग राख्दै ल्याण्डफिल्ड साइटका स्थानीय आन्दोलित भएपछि काठमाडौंको फोहोर चोकचोकमा थन्क्याइयो । काठमाडौं डुङ्डुङ गन्हाउन थालेपछि बालेन त्यता कुदे । हरतरहका हारगुहार गरे र जेठको दोस्रो हप्तादेखिको प्रयास बल्ल तेस्रो हप्तामा सफल भयो । धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र काठमाडौं महानगरपालिकाबीच १८ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापन हुन थाल्यो । फोहोर थुपार्दा कतिको सकस हुन्छ भन्ने कुरा सायद बुझेरै होला बालेनले सिंहदरबारसँग आफ्नो माग सम्झाउँदै एक्सनमा उत्रिए फोहोर नउठाउने भन्दै । बालेनले यो थ्योरी दुई साता नबित्दै डम्पिङ साइटका स्थानीयले ‘क्यारी अन’ गरिसकेका छन् । मंगलबार बञ्चरेडाँडा र सिसडोल ल्याण्डफिल्ड साइटका स्थानीयले सरकारले महानगरलगायत १८ स्थानीय तहले सम्झौताहरु पूरा नगरेको भन्दै छ बुँदे माग राखेका छन् । ती माग पूरा गर्न धुनिवेसीका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले प्रेस विज्ञप्ति जारी गर्र्दै १५ दिने अल्टिमेटम दिइसकेका छन् ।हुन पनि ल्याण्डफिल्ड साइटका बासिन्दाले नाक थुन्दै, आँखा थुन्दै काठमाडौं महानगरसँग १७० पटकभन्दा बढी सम्झौता गरिसकेको रहेछ । फोहोर निष्कासनमा पहिलो नम्बरमा पर्छ काठमाडौं महानगर । त्यसैले यो मामलामा महानगरमाथि नै प्रश्न उठ्दै आएको छ । ल्याण्डफिल्ड साइटबासीले २०७९ जेठ २६ गते भएको सम्झौताका बुँदाहरु कार्यान्वयन गर्न जोडदार माग गरेको छ । आफू सम्झौताबाट भाग्ने अनि अरुको शैली पछ्याएर बार्गेनिङ गर्ने जोसुकै शासक जनताका सेवक हुन सक्दैनन् । कामै नगर्ने, आफ्नै बोलीमात्र ठूलो गर्ने जनप्रतिनिधि ककनीका होस् या काठमाडौंका त्यो काम छैन । अझ फोहोर देखाएर आफ्नो पावर एक्सरसाइज गर्ने शासकलाई सबैले नो भन्न सक्नुपर्छ । अझैबाट सबैले भनौं– जनस्वास्थ्यमा गम्भीर असर पुग्ने फोहोरमा गरिने राजनीति बन्द गर ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP