Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मन्त्रीको ‘ठेक्का’
मन्त्रीको ‘ठेक्का’
बिहीबार, वैशाख ७, २०८०
prachanda deuba madhab
Hardik health
‘म प्रधानमन्त्री छु । मन्त्री बनाउने मैले हो अहिले । यो प्राङ्गण लक्की छ ।’ पुष्पकमल दाहाल प्रधानमन्त्री ‘गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो ।’ शेरबहादुर देउवा सभापति, नेपाली कांग्रेस   काठमाडौं– प्रतिनिधिसभा उपनिर्वाचनको चुनावी संघारमामात्रै सत्ता गठबन्धनका शीर्ष नेताहरू मतदातासँग मत माग्न मैदानमा ओर्लिएका छन् । उनीहरू मतदाताहरूलाई आश्वासन बाँडेर मत प्रभावित पार्न उद्धत देखिएका छन् । उनीहरूको अर्जुनदृष्टि गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन छ । त्यही भएर बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपाल तनहुँ–१ स्थित डुम्रे पुगे । त्यहाँ गठबन्धनको तर्फबाट कांग्रेस नेता गोविन्द भट्टराई साझा उम्मेदवार छन् । उनलाई मत दिएर जिताउन प्रधानमन्त्री दाहालले मतदातासँग आग्रह गरे । जिताएको अवस्थामा मन्त्री बनाइदिने आश्वासन बाँड्न भ्याए । ‘तपाईंहरूले रामचन्द्रजीजस्तै गठबन्धनका साझा उम्‍मेदवार गोविन्द भट्टराईलाई रूख चिह्नमा मतदान गरेर विजयी गराउनुस् । बाँकी काम शेरबहादुर देउवाजीले जिम्मा लिइसक्नुभयो । म शेरबहादुर देउवाजीसँगै छु,’ दाहालले तनहुँको डुम्रे बजारमा आयोजित सभामा भने, ‘मन्त्री बनाउने जिम्‍मेवारी मेरो हो अहिले ।’ निर्वाचन क्षेत्रका मतदातालाई प्रभावित पार्न उनले मुग्लिन–पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो महसुस गरेको भन्दै तीव्रता दिइने बताए । यस्तो आश्वासन दिने प्रधानमन्त्री दाहाल मात्रै होइनन्, उम्मेदवार भट्टराईकै दल कांग्रेसका सभापति देउवा पनि छन् । उनले त अझ तनहुँको विकासको जिम्मा लिने कबोल नै गरे । ‘तनहुँ ऐतिहासिक महत्वपूर्ण बोकेको जिल्ला हो । राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला पनि हो । गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो,’ देउवाले भने । निर्वाचनमा मतदातालाई प्रभावित पार्न आश्वासन दिने यो पुरानो शैली हो । यस्ता आश्वासनले कतिपय मतदाता विश्वस्त पनि हुन्छन् र आशले मत दिन्छन् । यही बुझेका देउवाले भट्टराईलाई मत दिएर विजयी गरे तनहुँको विकासको ठेक्का लिएका हुन् । प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यसरी विकास र मन्त्रीको आश्वासन दिँदा सत्ता गठबन्धनकै एउटा घटक नेकपा एसका अध्यक्ष नेपालले भने राजनीतिक अभिव्यक्ति दिए । उनले भने, ‘गठबन्धनका उम्मेदवारलाई १० यही वैशाखमा जिताउनुहोस् । राजनीति सही दिशामा जान्छ ।’ गठबन्धनका शीर्ष नेताहरूले यसरी दिएको आश्वासन कति प्रभावी हुन्छ ? मतपेटिका खुलेपछि थाहा हुनेछ । तर, यहाँ गठबन्धनका उम्मेदवार भट्टराईलाई कडा टक्कर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले दिने ठानिएको छ । उसो त यहाँ नेकपा एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि उम्मेदवार छन् । खनाल भए पनि भट्टराई–वाग्ले चर्का प्रतिस्पर्धी हुनसक्ने अनुमानका विवरणहरू सार्वजनिक हुन थालेका छन् । अन्य दलका पनि यहाँ उम्मेदवार छन् । तर, पछिल्ला विकसित राजनीतिक घटनाक्रम र चुनावी माहोलले भट्टराई अप्ठेरोमा पर्न सक्ने अड्कलबीच प्रधानमन्त्री दाहाल, सभापति देउवा र अध्यक्ष नेपाल तनहुँ पुगेका हुन् । यसअघि महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासँगै उपसभापति धनराज गुरुङ, नेकपा एसका सांसद किसान श्रेष्ठसहितका नेताहरू पनि तनहुँ पुगेर भट्टराईलाई मत मागेका छन् । आफ्ना दलका उम्मेदवार भट्टराई नहारुन् भन्ने उनीहरूको चाहना छ । नेकपा एमालेबाट भने अध्यक्ष केपी शर्मा ओली भने खनाललाई मत माग्न तनहुँ गएका छैनन् । प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार ओली अस्वस्थ छन् । सोहीकारण उनी तनहुँ नगएका हुन् । पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, नेता किरण गुरुङलगायत भने ‘क्याम्प’ खडा गरेरै खनाललाई मत मागिरहेका छन् । डा. स्वर्णिमलाई मत माग्न भने रवि स्वयं तनहुँ गएका छन् । यसरी प्रधानमन्त्रीसहित दलहरूका शीर्ष नेता तनहुँ जाँदा चुनावी माहोल अझै तातेको छ । तर, कतिपयले भने यो प्रतिष्ठाको लडाइँ भन्दै आएका छन् । यदि, भट्टराई चुनावमा हारे गठबन्धन हारेको अर्थ लाग्ने बताइन्छ । यहाँ गत ४ मंसिरमा भएको निर्वाचनमा गठबन्धनको तर्फबाट कांग्रेसका पौडेल निर्वाचित भएका थिए । त्यसबेला पौडेलले २५ हजार ३६१ मत पाएका थिए । निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाउँदा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार ८८६ र रास्वपाका विकास सिग्देलले छ हजार ४४ मत पाएका थिए । उनै पौडेल गत २५ फागुनमा राष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । गठबन्धनलाई आफ्ना उम्मेदवार भट्टराईलाई जिताउन दबाब पनि छ । तर, भट्टराईलाई निर्वाचन जित्न सहज हुने छाँट भने देखिएको छैन ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP