Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सिंहदरबारसँग हर्क र बालेनको हाँक
सिंहदरबारसँग हर्क र बालेनको हाँक
बुधबार, वैशाख ६, २०८०
balensampang
Hardik health
-चैत २० गते वीरगञ्जका मेयर राजेशमान सिंहले नेपाल टेलिकमको ध्यानाकर्षण गराउन टेलिकम परिसरमै फोहोर लगेर फालेका थिए - चैत २५ गते काठमाडौंका मेयर बालेनले पनि सिंहदरबारको फोहोर नउठाउने चेतावनी दिए र उठाएनन् पनि - बालेनको यो हाँकलाई धरानका मेयर हर्क साम्पाङको समर्थन काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह पुनः चर्चामा छन् । मेयरमा उम्मेदवारी दिएयता विविध कारण चर्चामा छाएका बालेन पछिल्लोपटक संघीय सरकारसँगको टकरावका कारण चर्चामा छन् । संघ सरकारले आफ्नो माग नसुनेको भन्दै चैत २५ गते बालेनले आफ्नो फेसबुक पेजमा लेखे, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ बालेनको यो पोस्टलाई धेरैले मन पराएका छन् । अझ केही समय फोहोरकै विषयले बालेनविरुद्ध खनिएका धरानका मेयर हर्क साम्पाङ पनि उनकै पक्षमा उभिएका छन् । आइतबार मेयर साम्पाङले फेसबुकबाटै उनलाई यसबारे हौस्याएका छन् । ‘विभिन्न जायज माग राखेर बालेनजीले सिंहदरबारभित्रको फोहोर उठाउँदैनौं भन्नु भो ! अब त्यहाँभित्र फोहोर सफा गर्ने श्रमदान हुन्छ होला ! हामी भीरमा ‘तान्यो–तान्यो’ भन्छौं, त्यहाँचाहिँ ‘सोह्र्यो सोह्र्यो’ भन्दा हुन् !,’ व्यंग्यात्मक शैलीमा साम्पाङले लेखेका छन् । जतिबेला सिसडोलमा फोहोरकै कारण आन्दोलन जारी थियो, त्यतिबेला साम्पाङ काठमाडौं आएर बालेनविरुद्ध घोचपेचमा उत्रिएका थिए । यो गत भदौको कुरा हो । त्यसपछि विस्तारै फोहोर व्यवस्थापन हुन थाल्यो । युवा संघसमेत फोहोर उठाउन तात्यो । लगत्तै मेयर साम्पाङले भनेका थिए, ‘सत्य स्वीकार्न गाह्रो हुन्छ, तर सत्य–सत्य नै हो ! अब विस्तारै काठमाडौं तात्तिएर फोहोर व्यवस्थापन गर्नेछ ! यी सब घोचपेच नभएको भए हुँदैन थियो ! धन्यवाद युवा संघका युवाहरु र सबैलाई !’ अहिले यही फोहोरको मुद्दामा दुई मेयर एकै ठाउँमा उभिएका छन् । त्यसो त दुई मेयरको यसअघि चैत २१ गते भेट भएको थियो । त्यतिबेला मेयर साम्पाङले राष्ट्रिय सभागृह पुगेर मेयर बालेनलाई ‘सिलाम साक्मा’ उपहार दिएका थिए । लगत्तै साम्पाङले भेटघाट रमाइलो भएको बताएका थिए । बालेनको झोँक केमा ? बालेन महानगरका विविध मागमा मन्त्रालयहरुसँग रुष्ट देखिन्छन् । उनले आफ्नो निर्णय लहडमा नभएको उल्लेख गर्दै १४ बुँदे असन्तुष्टि सामाजिक सञ्जालबाटै पोखेका छन् । बालेनले प्रस्तुत गरेको बुँदाहरुमा विशेषगरी आफ्ना माग सुनुवाइ नभएको विषय उल्लेख छ । १०–१० दिन देश चलाउने ठाउँको फोहोर नउठ्नु चानचुने विषय भने होइन । फोहोर उठाउने जिम्मा महानगरले पाएकोले फोहोर उठाउँदिन भन्न बालेनले नपाउने कतिपयको तर्क छ । जनस्वास्थ्यको विषयलाई लिएर जनताले मेयरमाथि क्षतिपूर्तिका हकदाबीसमेत गर्न सक्छन् । यसै विषयमा सर्वोच्चमा रिटसमेत परेको छ सोमबार । अधिवक्ता पदम श्रेष्ठले सर्वोच्चमा राष्ट्रपति कार्यालय, मन्त्री क्वार्टर र सिंहदरबारमा महानगरले फोहोर नउठाएकोले तत्काल फोहोर उठाउन आदेशको मागसहित रिट दायर गरेको हो । सिंहदरबारकै फोहोर नउठाउने भन्ने प्रश्नमा यसअघि नै चैत ३० गते बालेनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’ फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । ऐनको परिच्छेद (२) को धारा (३) मा भनिएको छ, ‘फोहोरमैला व्यवस्थापन गर्न स्थान्तरण केन्द्र, ल्याण्डफिल्ड साइट, प्रशोधन प्लान्ट, कम्पोस्ट प्लान्ट, बायोग्यास प्लान्टलगायत फोहोर मैलाको संकलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ,’ धारा (३) मा भनिएको छ । त्यसकारण काठमाडौं महानगरभित्रको फोहोर मैला व्यवस्थापनको जिम्मा पनि काठमाडौं महानगरकै हो । फोहोर नउठाएमा के सजाय हुन्छ भन्ने विषयमा भने यस ऐनमा प्रस्ट पारिएको छैन । राजेशमान शैलीको कपी ? चैत २१ गते वीरगञ्ज महानगरले वीरगञ्जमै रहेको नेपाल टेलिकमको कार्यालय प्रांगणमा फोहोर थुपारिदियो । टेलिकमले सडक खनेर अलपत्र छाडेको आरोप लगाउँदै महानगरले फोहोर टेलिकमको आँगनमा थुपारेको थियो । वीरगञ्जको बाइपास सडकमा अप्टिकल फाइबर तार बिछ्याउने क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेपछि महानगरले सहरबाट संकलित सात ट्र्याक्टर फोहोर श्रीपुरस्थित टेलिकमको प्रादेशिक निर्देशनालय कार्यालय परिसरभित्रै लगेर फालेको थियो । महानगरको उक्त कदमपछि दबाबमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ २२ गते बिहानैदेखि मर्मत गर्न थाल्यो । टेलिकम प्रादेशिक कार्यालयका प्रमुख अनन्त प्रकाश मल्लिकले महानगरको कार्यालयमै पुगेर सडक र फुटपाथको बाँकी रहेको मर्मत कार्य चैत २७ भित्रै पूरा गर्ने लिखित प्रतिबद्धता जनाए । मल्लिकले वीरगञ्जका मेयर राजेशमान सिंहसमक्ष उक्त प्रतिबद्धता जनाएका हुन् । टेलिकमले सडक र फुटपाथ मर्मतको काम सुरु गरेपछि टेलिकम परिसरभित्र थुपारेको फोहोर पनि महानगरले नै उठायो । कतिपयले मेयर बालेनले पनि वीरगञ्जकै मेयरको शैली अपनाएको बताएका छन् । यद्यपि, संघ सरकारले बालेनको यो शैलीलाई ठीक मानेको छैन । धरानका मेयरको उस्तै हाँक दिनमै कयौं स्टाटस लेखेर चर्चामा आउने मेयर हुन् धरानका साम्पाङ । उनले केही दिनअघि फेसबुकमा सांसदहरुलाई लक्षित गरेर स्टाटस लेखेका छन् । धरानबासीलाई पानी खुवाउने सपना बाँडेर मेयर जितेको हर्कले पानी ल्याउने प्रोजेक्ट यसपटक नपरे सांसदहरुलाई धरान पस्न निषेध गर्ने चेतावनी दिएका हुन् । यसपालीको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्युहरुलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुनेमै बोर्ड राखिनेछ फोटोसहितको ! ख्याल नठान्नुहोला ! यो फेसबुक चलाउने मान्छे धरानको नगरप्रमुख हो भन्ने नभुल्नु !’ मेयर साम्पाङले लेखेका छन् । आफैले खानेपानी खुवाउने सपना देखाए पनि प्रोजक्टको आश भने उनले संघीय र प्रदेशका सांसदहरुसँग राखेका छन् । उनले लेखेको स्टाटसमा काठमाडोंका मेयर बालेनले कमेन्ट गर्दै ‘गर्ने नै यस्तै भन्दै सर्मथन जनाएका छन् । उनको स्ट्याटसमा साहले लेखेका छन् –पूर्ण समर्थन, गर्ने नै यही हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP