Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कोरोना संक्रमण फैलन नदिऔं
कोरोना संक्रमण फैलन नदिऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ६, २०८०
Editorial_Prabhab
Hardik health
शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढ्दै गइरहेको छ । पछिल्लो समय संक्रमदर बढ्ने मात्रै होइन संक्रमितको मृत्युसमेत हुन थालेको छ । मंगलबार पनि कोरोना भाइरसको संक्रमणबाट दुई जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार संक्रमित दुई जनाको मृत्यु भएको हो । यसले कोरोनाको संक्रमणले फेरि खतराको संकेत गरेको छ । मन्त्रालयका अनुसार मंगलबार दुई हजार २९२ जनामा गरिएको परीक्षणमा १७१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा एक सयको हाराहारीमा संक्रमित थपिँदै आएका छन् । काठमाडौं उपत्यकामा २२ जना आइसोलेसन, आठ जना सघन उपचार कक्ष (आइसियू), चार जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयको भनाइ छ । छिमेकी मुलुक भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सबिबी १.१६’ नेपालमा पनि देखिएसँगै संक्रमित बढ्न थालेको हो । नेपाल–भारत खुला सीमा तथा ठूलो संख्यामा आउजाउ हुने भएकोले कोरोनाको नयाँ भेरियण्ट नेपालमा आइपुग्नु कुनै नौलो कुरा होइन । बरु, भारतमा नयाँ भेरियण्टको संक्रमण बढ्दै जाँदा सीमानाकामा सतर्कता नअपनाउनु नेपाल सरकारको कमजोरी हो । कोरोनाले मुलुकलाई थिलोथिलो बनाएको घट्ना ताजै छ । उक्त महामारीले थला पारेको मुलुकको अर्थतन्त्र अहिलेसम्म उठ्न सकेको छैन । मानवीय क्षतिको पक्ष अलग्गै छ । त्यसैले फेरि संक्रमण बढ्न नदिन सरकारले सचेतता अपनाउन सक्नुपथ्र्यो, त्यो देखिएन ।पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जानुले सरकारी बेवास्ता प्रस्ट हुन्छ । भारतमा देखिएको नयाँ भेरियण्ट तीव्र गतिमा संक्रमण हुने बताइएको छ । नेपालमा पनि यसको प्रवेश भइसकेकोले जनस्वास्थ्यका मापदण्डहरुको पूर्णपालना गराउनु सरकारको दायित्व हो । साथै, जनस्तरबाट पनि स्वयंले सतर्कता अपनाउन जरुरी छ । महामारीबाट बच्नु र महामारी फैलन नदिनु आमनागरिकको कर्तव्य हो ।पछिल्लो समय दैनिक संक्रमण बढ्दै गएको संक्रमणले सतर्कता अपनाउन ढिलाइ गर्न नहुने प्रस्ट पार्दछ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार अहिले देखापरेको भेरियन्ट संक्रामक रहेको छ । संक्रमण बढ्न थालेपछि मन्त्रालयले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । महामारी नियन्त्रण सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन । त्यसैले हरेक नागरिक यसमा जिम्मेवार बन्नुपर्छ । कोरोना संक्रमण फैलिन नदिन सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP