Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • दिल्ली विधानसभा निर्वाचन – नयाँ दिल्ली विधानसभाको मतदान जारी
दिल्ली विधानसभा निर्वाचन – नयाँ दिल्ली विधानसभाको मतदान जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २६, २०७६
Hardik health
नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि शुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ७० विधानसभा सदस्यका लागि मतदान भइरहेको हो । मतदानका लागि मतदाताहरू बिहानदेखि मतदान केन्द्रमा लाइन लागेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । निर्वाचनमा विशेष गरेर दिल्ली प्रदेशको सत्तारूढ दल आम आद्मी पार्टी (आप), भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस अघिको निर्वाचनमा अत्यधिक बहुमतका साथ आम आद्मी पार्टी विजयी भएको थियो । कूल ७० सिटमा आम आद्मीले ६७ सिट जितेको थियो भने भारतीय जनता पार्टीले तीन सिट मात्रै जितेको थियो । अर्को प्रमुख दल मानिने भारतीय काँग्रेसले त एक सिट पनि नजितेर चित्त बुझाउनु परेको थियो । भ्रष्टाचार विरोधी आन्दोलनकारीले स्थापना गरेको नयाँ दल भएकाले उसप्रतिको आशा र भरोसाका कारण आम आद्मी पार्टीले त्यतिबेला दिल्ली विधानसभामा अत्याधिक मत हासिल गरेको थियो । अहिले भएको मतदानको नतिजा दुई दिनपछि आउनेछ । एक करोड ४० लाखभन्दा बढी मतदाता रहेको दिल्लीमा यस पटकको चुनावका लागि कूल ६७२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । आम आद्मी पार्टी दोस्रोपटक पनि सत्तालाई निरन्तरता दिने कोसिसमा छ भने लगातार तीनपटक दिल्लीको सत्तामा रहेको काँग्रेस आम आद्मीबाट सत्ता खोस्ने दाउमा रहेको छ । केन्द्रीय सत्ताको नेतृत्व गरेको भाजपाले पनि सत्ता हत्याउन सम्पूर्ण शक्ति लगाएको देखिन्छ । दिल्लीमा यसअघि सन् २०१३ को डिसेम्बरमा भएको विधानसभामा भने कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन् तर आम आद्मी पार्टी नै सबैभन्दा ठूलो दल बनेको थियो । शुरुमा काँग्रेससँग मिलेर सरकार बनाएको आम आद्मीले ४९ दिनपछि सरकारबाट बाहिरिएर नयाँ चुनावको माग गरेको थियो । राम्रा काम गर्न पूर्ण बहुमत सहितको सरकारको आवश्यकता पर्ने भएकाले साथ दिन आह्वान गरेको आम आद्मी पार्टीलाई जनताले अपेक्षा गरेभन्दा बढी साथ दिए । ऐतिहासिक सफलतासहित पार्टीका नेता अरविन्द केजरिवालको नेतृत्वमा बनेको दिल्ली सरकारको कार्यकाल यही फेब्रुअरी २२ तारिखमा सकिँदैछ । नयाँ सरकारमा फेरि केजरिवालले मौका पाउनु हुनेछ कि अन्य पार्टीको भाग्य खुल्ने छ भन्ने कुराको फैसला शनिबार हुने भएको हो । प्रमुख प्रतिस्पर्धी दलहरूका बीचमा चुनाव प्रचारप्रसारका क्रममा एक अर्काप्रति चर्को आरोप प्रत्यारोप चलिरहेको थियो । उनीहरूले विवादास्पद अभिव्यक्ति पनि दिएका थिए । केही नेताहरूलाई त निर्वाचन आयोगले केही समयका लागि निलम्बन र प्रतिबन्ध लगाउनु परेको थियो । (रासस÷एएनआई)
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP