Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानन्यायाधीश नियुक्तिबारे बल्ल सुरसार
प्रधानन्यायाधीश नियुक्तिबारे बल्ल सुरसार
सम्झना राई
सम्झना राई मंगलबार, वैशाख ५, २०८०
prachanda oli deuba
RBB RBB
– प्रधानन्यायाधीश नियुक्ति सिफारिस संवैधानिक परिषद्बाट – परिषद् बैठक शुक्रबारका लागि आह्वान – प्रधानमन्त्री, सभामुख, कांग्रेस सभापति र एमाले अध्यक्ष सकारात्मक – सर्वोच्चमा पाँच, उच्चमा छ मुख्यसहित ४१ न्यायाधीश र जिल्लामा ३२ न्यायाधीश रिक्त – संसदीय सुनुवाई समिति गठन हुनै बाँकी   काठमाडौं– १४ महिनादेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन छ । यति लामो समयदेखि सर्वोच्चको कमान्ड कायममुकायम प्रधानन्यायाधीशले चलाइरहेका छन् । राज्यका प्रमुख तीन अंगमध्येकै महत्वपूर्ण एउटा अंग न्यायापालिका नेतृत्वविहीन हुनुमा सरकार र प्रमुख विपक्षी दल जिम्मेवार छन् । कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोशिएसनले छिटो प्रधानन्यायाधीश नियुक्तिका लागि दबावसमेत दिइसकेको छ । नेतृत्वविहीन हुँदा न्यायालयको साख खस्किने चिन्ता बारको छ । बारको दबावबीच सोमबार प्रधानमन्त्री पुष्पकलम दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो । ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार छलफलमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सन्दर्भमा सहयोग गर्न प्रधानमन्त्री दाहाल र देउवाले ओलीलाई आग्रह गरेका छन् । त्यसका लागि संवैधानिक परिषद्को बैठक बोलाउने दाहालको प्रस्ताव पनि थियो । यसबारे ओलीको जवाफ उद्धृत गर्दै बजगाईंले प्रभावसँग भने,– ‘बैठक मैले बोलाउने होइन । तपाईंले हो । कहिले बोलाउने तपाईंकै हातमा छ । म सकारात्मक नै छु ।’ ओली प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे सकारात्मक भएसँगै प्रधानमन्त्री दाहालले यही शुक्रबार परिषद् बैठक आह्वान गरेका छन् । सोही दिनको परिषद् बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुन्छन् । प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दल (एमाले) को नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । तर, प्रधानन्यायाधीश नहुँदा परिषद् भने अपूर्ण छ । सोही परिषद्लाई नै प्रधानन्यायाधीश सिफारिस गर्ने अधिकार छ । सिफारिसपछि संसदीय सुनुवाई समितिले सुनुवाई गर्नुपर्छ । समितिबाट अनुमोदन भएको अवस्थामा मात्रै नियुक्त हुने प्रावधान छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९५ जना सांसदहरूले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव १ फागुन २०७८ मा दर्ता गराएका थिए । उक्त प्रस्तावका कारण उनी स्वतः निलम्बनमा परे । त्यसपछि जबरा सर्वोच्च फर्किन नपाई उमेर हदका कारण गत मंसिर अन्तिम साता सेवा निवृत्त भए । यद्यपि, सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सकेन । कारण–चित्रबहादुर केसी संयोजक रहेको प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिले छलफल गरेर पास गरेको नियमावली बल्लतल्ल १९ चैतमा पास भयो । नियमावली पास भएपछि संसदीय समितिहरू गठनको मार्ग प्रशस्त त भयो तर समितिहरू गठन भएकै छैन । सभामुख घिमिरेले दलहरूलाई कार्य व्यवस्था परामर्श समितिसँगै संसद्का विभिन्न विषयगत समितिहरूका लागि सांसदको नाम सिफारिस गर्न ताकेता गरेको पनि पटकपटक भइसक्यो । अझै पनि ठूला दलहरू कांग्रेस, एमाले, माओवादी र रास्वपाले नाम पठाइसकेका छैनन् । यसले गर्दा पनि संसदीय समितिहरू गठन हुनै सकेको छैन । र, यदि संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरे पनि संसदीय समिति नहुँदा सुनुवाई प्रभावित हुने नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । ‘दलहरूले चाहेको भए यसअघि नै प्रतिनिधिसभा नियमावली पास गरेर संसदीय समिति गठन गरिसक्थे । त्यसपछि प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सायद अघि बढ्थ्यो । तर, दलहरूको चाहना भएन’, उनले भने ‘यदि, परिषद् बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको अवस्थामा सुनुवाई हुने छैन ।’ प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर कम्तीमा तीन वर्ष न्याय सम्पादन गर्नुपर्ने मापदण्ड छ । सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभवलगायत पनि मापदण्ड हुन् । यी आधारमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नै प्रधानन्यायाधीश हुने सम्भावना उच्च छ । तर, परिषद्ले उनैलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ला कि नगर्ला ? टुंगो छैन । प्रधानन्यायाधीश न्याय परिषद् अध्यक्ष पनि हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुन्छन् । यसरी प्रधानन्यायाधीश र कानुनमन्त्री दुवै हाल छैनन् । नभएकै कारण उच्च र जिल्ला अदालतहरूमा न्यायाधीश नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाहीलगायत प्रभावित भएको छ । न्याय परिषद्का अनुसार हाल सर्वोच्चमा पाँच जना न्यायाधीशको पद रिक्त छ । उच्च अदालतमा ६ मुख्य न्यायाधीशसहित ४१ न्यायाधीश र जिल्ला अदालतमा ३२ जना न्यायाधीशको रिक्त पद छ । प्रधानन्यायाधीश र कानुनमन्त्री नियुक्त ढिला भए जिल्ला, उच्च र सर्वोच्चको न्याय सम्पादन कार्य थप प्रभावित हुने देखिएको छ । सोहीकारण, सरकारको चर्को आलोचना हुँदै आएको छ ।  
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP