Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानन्यायाधीश नियुक्तिबारे बल्ल सुरसार
प्रधानन्यायाधीश नियुक्तिबारे बल्ल सुरसार
मंगलबार, वैशाख ५, २०८०
prachanda oli deuba
Hardik health
– प्रधानन्यायाधीश नियुक्ति सिफारिस संवैधानिक परिषद्बाट – परिषद् बैठक शुक्रबारका लागि आह्वान – प्रधानमन्त्री, सभामुख, कांग्रेस सभापति र एमाले अध्यक्ष सकारात्मक – सर्वोच्चमा पाँच, उच्चमा छ मुख्यसहित ४१ न्यायाधीश र जिल्लामा ३२ न्यायाधीश रिक्त – संसदीय सुनुवाई समिति गठन हुनै बाँकी   काठमाडौं– १४ महिनादेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन छ । यति लामो समयदेखि सर्वोच्चको कमान्ड कायममुकायम प्रधानन्यायाधीशले चलाइरहेका छन् । राज्यका प्रमुख तीन अंगमध्येकै महत्वपूर्ण एउटा अंग न्यायापालिका नेतृत्वविहीन हुनुमा सरकार र प्रमुख विपक्षी दल जिम्मेवार छन् । कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोशिएसनले छिटो प्रधानन्यायाधीश नियुक्तिका लागि दबावसमेत दिइसकेको छ । नेतृत्वविहीन हुँदा न्यायालयको साख खस्किने चिन्ता बारको छ । बारको दबावबीच सोमबार प्रधानमन्त्री पुष्पकलम दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो । ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार छलफलमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सन्दर्भमा सहयोग गर्न प्रधानमन्त्री दाहाल र देउवाले ओलीलाई आग्रह गरेका छन् । त्यसका लागि संवैधानिक परिषद्को बैठक बोलाउने दाहालको प्रस्ताव पनि थियो । यसबारे ओलीको जवाफ उद्धृत गर्दै बजगाईंले प्रभावसँग भने,– ‘बैठक मैले बोलाउने होइन । तपाईंले हो । कहिले बोलाउने तपाईंकै हातमा छ । म सकारात्मक नै छु ।’ ओली प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे सकारात्मक भएसँगै प्रधानमन्त्री दाहालले यही शुक्रबार परिषद् बैठक आह्वान गरेका छन् । सोही दिनको परिषद् बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुन्छन् । प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दल (एमाले) को नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । तर, प्रधानन्यायाधीश नहुँदा परिषद् भने अपूर्ण छ । सोही परिषद्लाई नै प्रधानन्यायाधीश सिफारिस गर्ने अधिकार छ । सिफारिसपछि संसदीय सुनुवाई समितिले सुनुवाई गर्नुपर्छ । समितिबाट अनुमोदन भएको अवस्थामा मात्रै नियुक्त हुने प्रावधान छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९५ जना सांसदहरूले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव १ फागुन २०७८ मा दर्ता गराएका थिए । उक्त प्रस्तावका कारण उनी स्वतः निलम्बनमा परे । त्यसपछि जबरा सर्वोच्च फर्किन नपाई उमेर हदका कारण गत मंसिर अन्तिम साता सेवा निवृत्त भए । यद्यपि, सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सकेन । कारण–चित्रबहादुर केसी संयोजक रहेको प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिले छलफल गरेर पास गरेको नियमावली बल्लतल्ल १९ चैतमा पास भयो । नियमावली पास भएपछि संसदीय समितिहरू गठनको मार्ग प्रशस्त त भयो तर समितिहरू गठन भएकै छैन । सभामुख घिमिरेले दलहरूलाई कार्य व्यवस्था परामर्श समितिसँगै संसद्का विभिन्न विषयगत समितिहरूका लागि सांसदको नाम सिफारिस गर्न ताकेता गरेको पनि पटकपटक भइसक्यो । अझै पनि ठूला दलहरू कांग्रेस, एमाले, माओवादी र रास्वपाले नाम पठाइसकेका छैनन् । यसले गर्दा पनि संसदीय समितिहरू गठन हुनै सकेको छैन । र, यदि संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरे पनि संसदीय समिति नहुँदा सुनुवाई प्रभावित हुने नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । ‘दलहरूले चाहेको भए यसअघि नै प्रतिनिधिसभा नियमावली पास गरेर संसदीय समिति गठन गरिसक्थे । त्यसपछि प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सायद अघि बढ्थ्यो । तर, दलहरूको चाहना भएन’, उनले भने ‘यदि, परिषद् बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको अवस्थामा सुनुवाई हुने छैन ।’ प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर कम्तीमा तीन वर्ष न्याय सम्पादन गर्नुपर्ने मापदण्ड छ । सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभवलगायत पनि मापदण्ड हुन् । यी आधारमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नै प्रधानन्यायाधीश हुने सम्भावना उच्च छ । तर, परिषद्ले उनैलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ला कि नगर्ला ? टुंगो छैन । प्रधानन्यायाधीश न्याय परिषद् अध्यक्ष पनि हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुन्छन् । यसरी प्रधानन्यायाधीश र कानुनमन्त्री दुवै हाल छैनन् । नभएकै कारण उच्च र जिल्ला अदालतहरूमा न्यायाधीश नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाहीलगायत प्रभावित भएको छ । न्याय परिषद्का अनुसार हाल सर्वोच्चमा पाँच जना न्यायाधीशको पद रिक्त छ । उच्च अदालतमा ६ मुख्य न्यायाधीशसहित ४१ न्यायाधीश र जिल्ला अदालतमा ३२ जना न्यायाधीशको रिक्त पद छ । प्रधानन्यायाधीश र कानुनमन्त्री नियुक्त ढिला भए जिल्ला, उच्च र सर्वोच्चको न्याय सम्पादन कार्य थप प्रभावित हुने देखिएको छ । सोहीकारण, सरकारको चर्को आलोचना हुँदै आएको छ ।  
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP