काठमाडाैं - राष्ट्रपति कार्यालय महाराजगञ्मा शुक्रबार आयोजित विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेलले विभूषण प्रदान गरेका छन् ।शुक्रबार आयोजित विभूषण सुशोभन समारोहमा विभिन्न व्यतित्वलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विभूषण प्रदान गरिएकाे हाे ।
साे समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेकाे थियाे ।
आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति पौडेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सुकीर्तिमय राष्ट्रदीप विभूषण प्रदान गरेका छन् ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदीप विभूषण प्रदान गरेकाे छ ।

साे समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र अभिनेता राजेश हमाललाई सुकीर्तिमय राष्ट्रदीप विभूषण प्रदान गरेका छन् ।

तस्बिरः प्रदीपराज वन्त/रासस