Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रम मै च्यातियो...
राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रम मै च्यातियो...
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २३, २०७६
b9ee6f7643184fbea4515593cdc4f99b-b9ee6f7643184fbea4515593cdc4f99b-2f71d5730dee4cca919b8a3958dc727c
Hardik health
वासिङ्टन– अमेरिकी इतिहासमा संसद्को सभामुखले कुनै राष्ट्रपतिले संसद्मा गरेको वार्षिक सम्बोधन भाषण संसद्कै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न तर यस पटक अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले सबैलाई आश्चर्य पार्दै राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रम मै च्यातिदिइन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसमा ‘स्टेट अफ दी यूनियन’ नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रतिलाई दुई टुक्रा पारेकी थिइन । यो घटना राष्ट्रपति ट्रम्पकै सामुन्ने भएको थियो । राष्ट्रपतिले भाषण समाप्त गरेर हिँड्न लाग्दा पेलोसीले उक्त कागज अरु तीन चार टुक्रा पारेको टेलिभिजन फुटेजमा देखिएको छ । उक्त घटनापछि संसद् भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भनिन् ‘राष्ट्रपतिको भाषण झुठको पुलिन्दा हो ।’ सभामुखले राष्ट्रपतिको सम्बोधन भाषणको कपी च्यात्ने कुनै पूर्व योजना नरहेको पेलोसीका निकटवर्तीले नाम नभन्ने शर्तमा बताएका छन् । रिपब्लीकन पार्टीका सांसदले भने सभामुखको रबैया निन्दनीय रहेको आरोप लगाएका छन् । ‘अबको राष्ट्रपति चुनावमा पनि सभामुख पेलोसीले स्वतन्त्र मतदातालाई त्यसैगरी तोड्दै छन्,’ राष्ट्रपति ट्रम्पका चुनावी प्रचारका प्रवक्ता टिम मर्टागले बताए । ‘पेलोसी र डेमोक्र्याटले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताका लागि गरेका राम्रा कामलाई पनि अस्वीकार गरेको यसैबाट पुष्टी हुन्छ ।’ लुजियानाका रिपब्लीकन मतगणक स्टिभ स्कालिजले ट्वीट गर्दै आक्रोश पोखे, ‘राष्ट्रपतिको भाषणले अमेरिकी नागरिकलाई समान व्यवहार गरेको थियो । तर पेलोसीले त्यसलाई च्यातचुत पार्ने निर्णय गरिन् ।’ केही महिना अघिमात्र अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति ट्रम्पले कङ्ग्रेसलाई बेवास्ता गरेको र न्यायमा अवरोध गरेको भन्दै महाभियोग प्रस्ताव पारित गरेको थियो । महाभियोग प्रस्ताव अहिले माथिल्लो सदन सिनेटमा विचाराधीन अवस्थामा छ । सिनेटमा रिपब्लीकन पार्टीको बहुमत रहेकाले राष्ट्रपति विरुद्धको महाभियोग प्रस्ताव पारित नहुने पक्का भइसकेको छ, र रिपब्लीकन पार्टीले राष्ट्रपतिलाई पूर्णसमर्थन गर्ने जनाइसकेका छन् । महाभियोगको प्रस्तावका सन्दर्भमा बुधवार वा बिहीवार सिनेटमा मतदान हुँदैछ । महाभियोग पारित हुन संसद्को दुई तिहाई मत आवश्यक पर्दछ । राष्ट्रपति ट्रम्पले संसद्मार्फत राष्ट्रका नाममा गरेको सम्बोधनमा अमेरिकाले आफ्नो शासनकालमा व्यापक प्रगति गरेको, आर्थिक सुधार भएको, विदेश नीति सफल रहेको, आतङ्कवाद विरुद्धका कैयौँ अभियानमा सफलता हासिल भएको, अमेरिकी सेनाको क्षमता बढेको, स्वास्थ्य र शिक्षाका क्षेत्रमा प्रगति भएको, अनधिकृत आप्रवासन घटेकोलगायतका दाबी गरेको थियो । करिब ७८ मिनेटको सम्बोधन भाषणमा राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा आफू पुनःविजयी हुने विश्वासका साथ अमेरिकालाई थप प्रगतितर्फ अगाडि लैजाने दृढता व्यक्त गरेको थियो । राष्ट्रपतिको सम्भाषणका क्रममा अमेरिकी विशिष्ट व्यक्तिका साथै भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदो पनि दर्शक दिर्घामा सहभागी थिए । राष्ट्रपति ट्रम्पले गुएइदोलाई अमेरिकाले राष्ट्रपतिका रूपमा स्वीकार गरेको भन्दै ‘राष्ट्रपति’ भन्दै सम्बोधन गरेको थियो । राष्ट्रपति ट्रम्पले विश्वभर नै समाजवादी आन्दोलनले गरिबी बढाएको र अर्थव्यवस्थालाई कमजोर बनाएको बताउँदै त्यस्तो व्यवस्था रुचाउने अमेरिकामा पनि पराजित हुने विश्वास व्यक्त गरे । राष्ट्रपति ट्रम्पको सम्बोधनका क्रममा केही डेमोक्र्याट सांसद संसद् भवनमा उपस्थित भएका थिएनन् । (रासस÷एपी)
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP