काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।
बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेविरुद्ध लागेकाे मुद्दामाथि जिल्ला अदालत काठमाडौंले आइतबारका लागि पेसी तोकेको हो ।
मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाे मद्दा आजै सुनुवाइ हुने सम्भावना छ ।
अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुने जनाइकाे छ ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ ११:०७