Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • आज ‘गुड फ्राइडे’
आज ‘गुड फ्राइडे’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २४, २०७९
good friday
Hardik health
काठमाडाैं -  आज ‘गुड फ्राइडे’ । सामान्यतया साताको हरेक शुक्रबारलाई ‘गुड फ्राइडे’ भनेर उत्सव मनाउने चलन छ । नेपालमा पनि हप्ता भरीका कामकाजहरु सकेर विश्राम लिने दिनका रुपमा शुक्रबारलाई लिइने गरिन्छ । सहर बजारतिर रेस्टुरेन्ट, पप, बारहरू खचाखच भरिने दिन पनि शुक्रबारै हो । सबै कामहरु समयमै सकेर शुक्रबारका दिन साँझतिर साथीभाइ, आफन्त भेटघाट गर्ने खानपिन गर्दै रमाइलो गर्ने चलन रहेकाे छ र गुड फ्राइडे भनेर मनाउने नेपालीसमाजमा भिजेकाे छ । ख्रीष्टियन समुदायको महत्वपूर्ण पर्वमध्ये इष्टर सन्डे एक विशेष पर्व मानिन्छ ।  इसाई धर्मावलम्बीहरुले हरेक वर्षको मार्च महिनाको २१ तारिखका दिनपछि पर्ने पूर्णिमा पछिको आइतबार ‘इष्टर सन्डे’ मनाउने चलन छ । उक्त इष्टर सन्डेको ठ्याक्कै दुई दिन अघि पर्ने शुक्रबारलाई नै गुड फ्राइडे भनेर मनाइने चलन छ । ‘गुड फ्राइडे’ शब्द आज भन्दा करिब दुई हजार वर्ष पहिले अर्थात् पहिलो शताब्दीतिर चलाईएको थियो । अंग्रेजी शब्दबाट रुपान्तरण गरिएको उक्त शब्दलाई अंग्रेजीमा होली फ्राइडे वा ग्रेट फ्राइडे पनि भनिन्छ । जसलाई नेपालीमा असल शुक्रबार वा शुभ शुक्रबार भन्ने गरेको पाइन्छ । एक क्रिस्चियन समुदायहरुका लागि येशूको क्रुसिफिक्सन र कलभरीमा उनको मृत्युको सम्झना गर्ने दिनलाई गुड फ्राइडे भनेर चिन्ने गरिन्छ।  यसलाई होली फ्राइडे, ग्रेट फ्राइडे, ग्रेट एन्ड होली फ्राइडे ,पवित्र र ग्रेट फ्राइडे, र कालो शुक्रबार पनि भनिन्छ। क्याथोलिक, पूर्वी अर्थोडक्स, लुथरन, एङ्गलिकन, मेथोडिस्ट, ओरिएन्टल अर्थोडक्स, युनाइटेड प्रोटेस्टेन्ट र केही सुधार गरिएका परम्पराहरू , प्रेस्बिटेरियन र मण्डलीका चर्चहरू सहित, धेरै ईसाई सम्प्रदायका सदस्यहरूले उपवास र चर्च सेवाहरूसँग गुड फ्राइडे मनाउँछन्। यस वर्षको इष्टर सन्डे यही अप्रिल ९ तारिखमा परेकाे छ । त्यसैले त्यसको दुई दिन अघि अर्थात् आज अप्रिल ७ तारिखमा गुड फ्राइडे रहेको छ । सामान्यतया हरेक वर्षको अंग्रेजी महिनाको मार्च २१ पछि अप्रिल १५ तारिखको बीचमा गुड फ्राइडे पर्ने गर्छ । ‘गुड फ्राइडे’ इष्टर सन्डे पर्वसँगै जोडिएर आउने भएकोले यसलाई बुझ्न पहिले इष्टर सन्डेका बारेमा बुझ्नु पर्छ । इसाई धर्मावलम्बीहरुका अनुसार जिजस क्राइस्ट मृत्युबाट बौरिएर उठेको दिनको सम्झनामा इष्टर सन्डे मनाउने चलन रहिआएकाे छ ।  उक्त आइतबारको दुई दिन अघि शुक्रबार उनै जिजस क्राइस्ट क्रसमा निधन भएको थियो । त्यसैले, जिजस क्राइस्ट क्रसको निधन भएको उक्त दिनको सम्झनामा असल शुक्रबार अथवा ‘गुड फ्राइडे’ मनाउने चलन सुरु भएको हो । बाइबलका अनुसार इसाई धर्मावलम्बीहरुको ईश्वर जिसस क्राइस्ट एक निर्दाेष र पापरहित हुनुभए तापनि उहाँलाई दुई हजार वर्षअघ मानव जातिको पापको कारण क्रसमा टाँगिएर मारियो । जिसस क्राइस्ट शुक्रबार बिहान ३ बजेतिर आफ्ना चेलाहरुसँगै इजरायलको गेटसमनीको बगैचामा प्रार्थना गरिहँदा गिरफ्तारमा परे ,त्यसलगत्तै बिहान ९ बजे क्रसमा टाँगिनुभयो र ६ घण्टा क्रसमा बिताउनु भई दिउँसो ३ बजे उनले आफ्नो प्राण त्यागेका छन् । पश्चिमा देशमा गुड फ्राइडेको दिनअधिकांश देशमा सार्वजनिक बिदा दिइन्छ ।यस दिनलाई मानव जातिको इतिहासमा निकै गम्भीर मान्ने गरिन्छ । त्यसैले, यस दिनमा अधिकांश व्यापार, स्कुल र विश्वविद्यालय पनि बन्द गरिन्छन् । गुड फ्राइडेको दिनमा ख्रीष्टियनहरु उपवास बस्छन् । प्रभातफेरीमा सहभागी हुन्छन् । चर्चहरुमा विशेष सेवा सञ्चालन गरि जिससको मृत्युको वर्णन गर्ने भजन, लघु नाटकका साथै अमर वचन प्रस्तुत गर्ने चलन छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP