Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कार्यक्रम कार्यान्वयनमा ध्यान देऊ
कार्यक्रम कार्यान्वयनमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २४, २०७९
Editorial_Prabhab
Hardik health
सरकार गठनको साढे तीन महिनासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीमण्डल अपूरै छ । सुरुमा नेकपा एमालेसँगको गठबन्धनमा सरकार बनाएका दाहालले पछि गठबन्धन तोडे । पछिल्लो प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि प्रतिपक्षमा बस्न बाध्य बनेको नेपाली कांग्रेस अहिले सरकारमा पुगेको छ । कांग्रेस सरकारमा पुग्नु प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेकैले हो । यद्यपि, कांग्रेसमा आन्तरिक किचलोले गर्दा आफूले पाएका आठ मन्त्रालयका लागि मन्त्री पठाउन सकेको छैन । संस्थापनइतरले ४० प्रतिशत भाग खोजेपछि कांग्रेसमा मन्त्री छनोट गर्ने कार्य ढिलाइ हुन पुगेको हो । कांग्रेसले मन्त्री नपठाउँदा दाहाल नेतृत्वको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । मन्त्रीमण्डलले पूर्णत पाउन नसक्दा सरकारले प्रभावकारीरुपमा काम गर्न सकिरहेको छैन । जनताबाट अपेक्षित नतिजा दिन सकिरहेको छैन । यहीबीचमा गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री दाहालले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त समारोहमा गठबन्धन दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो । मन्त्रीमण्डल अपूरै रहेको समयमा सरकारको न्यूनतम साझा कार्यक्रम आउने सकारात्मक हो तर यसको कार्यान्वयनमा चुनौती हुने निश्चित छ । साझा कार्यक्रममा संविधानको रक्षा, संसद्लाई पूर्ण कार्यकाल टिकाउने र राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाइएको छ । अघिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दा त्यसविरुद्ध उभिएको वर्तमान गठबन्धनका प्रमुख दलहरु अहिले सरकारमा हुँदा संसद्लाई पूर्ण कार्यकाल टिकाउने प्रतिबद्धता जनाएका हुन् । यस्तै साझा कार्यक्रममा राहातदेखि विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखिएको छ । मुलुकमा सुशासन, दिगो विकास र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने जनाइएको छ । त्यसो त प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने बेला नै आफू यसपटक काम गर्न आएको बताए थिए । अहिले पनि उनले सोही कुरा दोहो¥याउँदै आएका छन् । तर, उनी आफैं अस्थिर बनिँदिँदा उनको प्रतिबद्धता पूरा हुनेमा आशंका छ । यद्यपि, केही काम देखाउने हुटहुटी उनमा देखिन्छ । धेरैले वर्तमान गठबन्धन धेरै नटिक्ने टिप्पणी गरिरहेका छन् । यदि त्यस्तो अवस्था आयो भने मुलुकको लागि ठूलो दुर्घटना साबित हुनेछ । पटक–पटक सरकार परिवर्तन भइरहनु कुनै पनि एंगलबाट राम्रो हुँदैन । त्यसैले पाँच वर्षसम्म सरकार परिवर्तनको खेलमा नलाग्नु नै मुलुकको लागि हितकर हुने निश्चित छ ।सरकारको न्यूनतम साझा कार्यक्रम आइसकेकोले अब यसको कार्यान्वयनमा जोड दिन आवश्यक छ । यसका लागि प्रधानमन्त्री दाहालले चाँडोभन्दा चाँडो मन्त्रीमण्डललाई पूर्णता दिई कार्यक्रम कार्यान्वयनमा लाग्नुपर्छ । अन्यथा विभिन्न संकट निम्तिने र जनतामा निराशा बढ्दै जाने निश्चित छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०३:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP